जनकपुरधाम- मधेश प्रदेशको सभामुखमा रामअशिष यादव निर्वाचित भएका छन्। जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रमुख सचेतक रहेका यादव आइतबार सभामुखमा निर्वाचित भएका हुन्। उनी ७२ मत प्राप्त गरेर सभामुखमा निर्वाचित भएका हुन्। त्यस्तै नेकपा एमालेका तर्फबाट सभामुखमा उम्मेदवारी दिएका त्रिलोकी प्रसादले २४ मत प्राप्त गरे। प्रदेशसभामा एमालेका २४ सांसद छन्।
जनकपुर। मधेस प्रदेशको सभामुखमा जसपा नेपालका प्रमुख सचेतक रामअशिष यादव निर्वाचित भएका छन्। प्रदेश सभामा मत विभाजन एवं हस्ताक्षरमार्फत आइतबार भएको निर्वाचनमा यादवको पक्षमा ७२ मत र विपक्षमा २४ मत परेको छ। प्रदेश सभामा ९६ सांसद उपस्थिति थिए। यादव निर्वाचित भएको सभाको अध्यक्षता गरिरहेकी उपसभामुख बबिता राउत ईशरले घोषणा गरिन्।
काठमाडौँ । सहरी विकास मन्त्रालयअन्तर्गतको अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले काठमाडौँका नदीहरूमा तैरिने फोहर संकलन गर्न ‘ट्रास बेरियर’ जडान गरेको छ ।
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले संसद् पुनर्स्थापनाका लागि दौडधुप भइरहेको भन्ने सूचना आफूले पाएको भन्दै षड्यन्त्रको आँखा बन्द गर्न आग्रह गरेका छन् । आइतबार पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा पुगेका उनले यस्तो बताएका हुन् । ‘म सुनिरहेको छु, संसद् पुनर्स्थापनाका लागि दौडधुप गर्न थाले रे ।
‘म सुनिरहेको छु, संसद् पुनर्स्थापनाका लागि दौडधुप गर्न थाले रे । कुन संसद् पुनर्स्थापनाको कुरा गर्न लाग्नुभएको ? कुन संसद् ब्युँझाउन खोज्नुभएको ? ‘षड्यन्त्रको आँखा बन्द गर्नुहोला । धेरै आँखा नचम्काउनुहोला ।’ The post घण्टीघरबाट रविले भने-‘संसद् पुनर्स्थापना भन्दै षड्यन्त्रको दौडधुप बन्द गर्नूस्’ appeared first on RONB post.
काठमाडौं । क्रम्प्टनले यस चिसो याममा ग्राहकहरूका लागि रोमाञ्चको नयाँ आयोजना लिएर आएको छ। द अल्टिमेट विंटर ब्रेक अभियान अन्तर्गत अब ग्राहकहरूले क्रम्प्टनको उत्पादन खरिद गर्दै मुम्बईको वानखेडे स्टेडियममा आइसीसी टि २० विश्वकप २०२६ को नेपाली टिमको खेल प्रत्यक्ष हेर्न पाउने ठूलो अवसर पाउनेछन्।
काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०८१।८२ का लागि लाभांश घोषणा गरेको छ। संस्थाको सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापुँजी १२ करोड २४ लाख ४३ हजार ४४८.९९ रुपैयाँको कुल १० प्रतिशतले हुन आउने १ करोड २२ लाख ४४ हजार ३४४.९० रुपैयाँबराबरको लाभांश वितरण गर्ने निर्णय गरेको हो।
काठमाडौं । हामी नेपाल एनजिओका संयोजक सुधन गुरुङ गृहमन्त्री ओमप्रकाश अर्यालविरुद्ध खनिएका छन् । अहिलेसम्म जेनजीका माग पूरा नगरेको भन्दै रुष्ट उनले आइतबार गृहमन्त्री अर्यालकै फोन नम्बर उनले सामाजिक सञ्जालमा सार्वजनिक गरिदिएका छन् । गुरुङले पीडित परिवारहरुलाई अब न्यायका लागि सोझै गृहमन्त्री र उनको सचिवालयमा सम्पर्क गर्न आग्रह गरेका छन् ।
काठमाडौं । गत मंसिर १९ गते एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेट भएपछि त्यसको पर्सिपल्ट मङ्सिर २१ गते ८ जना सांसदको हस्ताक्षर कांग्रेस पनि सर्वोच्च पुग्यो। त्यही रिट निवेदनमा पक्ष कायम गरी पाऊँ भनेर पूरक निवेदन दिने तयारी कांग्रेसको छ। रिटमा पक्ष कायम गर्न अहिलेसम्म कांग्रेसका ८८ जना निवर्तमान सांसदमध्ये ६६ जनाले हस्ताक्षर गरेको निवर्तमान प्रमुख सचेतक श्यामकुमार घिमिरेले बताए। तर उक्त रिटमा सभापति देउवासहितले हस्ताक्षर गरेका छैनन्। घिमिरे र सचेतक सुशीला थिङसहितका सांसदहरूले सर्वोच्च अदालतमा प्रतिनिधि सभा पुनर्स्थापनाका लागि रिट दिएका थिए।
काठमाडौं । जेनजी आन्दोलनका अभियन्ता मिराज ढुंगानाले प्रधानमन्त्री सुशीला कार्कीको गतिविधिको चर्को आलोचना गरेका छन् । आइतबार संयुक्त जेनजी आन्दोलन घोषणा सभामा उनले सरकार पूर्ण रूपमा असफल भएको आरोप लगाए । उनले भने, ‘सुशीलाजीले के गर्नुभयो र ? केही पनि गर्नुभएको छैन । समस्या के हो सरकारले कहिल्यै राम्रोसँग हेरेन । सुरुमा उदाहरणीय देखिएको भएपनि अहिले सरकार कामचोर हो कि जस्तो लाग्छ । यस्तो सरकार देखिएको थिएन ।’ उनले सरकारले गरेको कामको चित्त नबुझेर नै आन्दोलनका उत्रिन लागेको बताए ।
जुम्ला। तातोपानी गाउँपालिकामा हालसम्म रु सात करोड २४ लाख ९० हजार खर्च भएको छ । चालु आर्थिक वर्ष २०८२÷८३ का लागि रु ५३ करोड ५९ लाख ८२ हजारको बजेट विनियोजन भएकामा अहिलेसम्म करिब रु सात करोड २५ लाख मात्र खर्च भएको पालिकाले जनाएको छ ।
ताप्लेजुङ। जिल्लाको फुङलिङ नगरपालिका-९ हाङ्देवामा भालुले पशुचौपायामाथि आक्रमण गरी क्षति पुर्याएको छ । फुङलिङ-९ का वडाध्यक्ष लक्ष्मण गुरुङले पछिल्ला केही दिनयता स्थानीय किसानका चारवटा खसी र एउटा भेँडा भालुको आक्रमणबाट मरेका जानकारी दिए । अध्यक्ष गुरुङका अनुसार नारायणप्रसाद गुरुङको एउटा भेँडा र एउटा खसी तथा भगीमान गुरुङका तीनवटा खसी भालुको आक्रमणमा मरेका हुन् ।
काठमाडौँ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)ले नेपालका लागि ‘रिपोर्ट अन द अब्जरभेन्स अफ स्ट्यान्डड्र्स एन्ड कोड्स (आरओएससी) लेखांकन तथा लेखापरीक्षण (ए एन्ड ए) मूल्यांकनमा प्रमुख राष्ट्रिय समकक्षीका रूपमा मान्यता पाएको छ । नेपाल सरकारको अनुरोधमा विश्व बैंक समूह र एसियाली विकास बैंकले आइक्यानसँगको सहकार्यमा उक्त मूल्यांकन गरिरहेका छन् ।
काठमाडौं । मधेस प्रदेशसभाको सभामुखमा रामआशिष यादव विजयी भएका छन् । आज भएको निर्वाचनमा सत्तारुढ दलबाट उठेका जसपा नेपालका सांसद यादव विजयी भएका हुन् । नेकपा एमालेबाट त्रिलोकी प्रसाद चौधरी उठेका थिए । मधेश प्रदेशको बदलिँदो राजनीतिमा यसअघि एमालेका तर्फबाट सभामुख बनेका रामचन्द्र मण्डल पदमुक्त भएपछि नयाँ सभामुख चयनकाे प्रक्रिया अगाडि बढेको थियो ।
काठमाडौं । द काउन्सिल अफ जेनजीका संयोजक तथा हामी नेपालका संस्थापक सुधन गुरुङले गृहमन्त्री ओमप्रकाश अर्यालमाथि गम्भीर आरोप लगाउँदै मोबाइल नम्बर सार्वजनिक गरेका छन् । सरकार र जेनजीबिच भएको सहमतिअनुसार भ्रष्टाचारी र हत्यारालाई कारबाहीको दायरामा ल्याउने कार्यबाट गृहमन्त्री अर्याल पछाडि हटेको गुरुङको आरोप छ । उल्टै पीडितलाई रिहा नगरेर थुनामै राखेको भन्दै उनले गृहमन्त्री अर्यालको मोबाइल नम्बर सार्वजनिक गरेर पीडितलाई उतै सम्पर्क गर्न भनेका हुन् ।
काठमाडौँ– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको गिरावट देखिएको छ। आज नेप्से परिसूचक १९ दशमलव ९२ अंकले घटेर दुई हजार ५९५ दशमलव १० को बिन्दुमा कायम भएको हो।
अत्तरिया। कैलालीको धनगढी उपमहानगरपालिकाले पछिल्लो समय नागरिकलाई स्वास्थ्य सेवाको पहुँच बढाउँदै यस क्षेत्रमा उल्लेख्य सुधार गर्दै गएको छ । उपमहानगरले विशेषज्ञ वडा स्वास्थ्य क्लिनिकललगायत कार्यक्रम सञ्चालन गर्दै नागरिकका घरदैलोमा निःशुल्क विशेषज्ञ स्वास्थ्य सेवा दिने अभियानको सुरुवात गरेको हो ।
काठमाडौं। मन्त्रालय र मातहतका कार्यालयले गर्ने नियमित कामलाई आफ्नो उपलब्धिका रुपमा सुनाउने प्रवृत्तिलाई विगतका मन्त्रीलेजस्तै यसपालि सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पनि निरन्तरता दिएका छन्। उनले मन्त्रालय, नेपाल टेलिकम लगायत निकायले गरेका नियमित कामलाई उपलब्धिका रुपमा सार्वजनिक गरेका छन्। उनले आइतबार पत्रकार सम्मेलन गरी आफूले तीन महिनामा गरेका मुख्य ३० काम सार्वजनिक गरेका हुन्।
तनहुँ- व्यास नगरपालिका-८ बर्लाचीको एक घरको आँगनमा डोरीमा बाँधिएर जीवन बिताउन बाध्य छन् झलक विक। २६ वर्षीय उनका लागि हिँडडुल गर्नु, मनका भावनालाई साटासाट गर्नु र अन्य दैनिकी काम गर्नु अकल्पनीय कुरा हुन्। उनी आफ्नो शरीरलाई आफैँ नियन्त्रण गर्न सक्दैनन्। घिस्रिएर अर्को स्थानमा पुग्नुपर्छ। लगाएकै कपडामा सौच हुन्छ।