npl.977 Nepal News Stream

Sutra News logo Sutra News

गृहमन्त्री अर्यालमाथि सुधन गुरुङको गम्भीर आरोप, सार्वजनिक गरिदिए मोबाइल नम्बर

सुत्र न्युज 4 hours ago

काठमाडौं । द काउन्सिल अफ जेनजीका संयोजक तथा हामी नेपालका संस्थापक सुधन गुरुङले गृहमन्त्री ओमप्रकाश अर्यालमाथि गम्भीर आरोप लगाउँदै मोबाइल नम्बर सार्वजनिक गरेका छन् ।

सरकार र जेनजीबिच भएको सहमतिअनुसार भ्रष्टाचारी र हत्यारालाई कारबाहीको दायरामा ल्याउने कार्यबाट गृहमन्त्री अर्याल पछाडि हटेको गुरुङको आरोप छ । उल्टै पीडितलाई रिहा नगरेर थुनामै राखेको भन्दै उनले गृहमन्त्री अर्यालको मोबाइल नम्बर सार्वजनिक गरेर पीडितलाई उतै सम्पर्क गर्न भनेका हुन् ।

जेनजी आन्दोलनमा सहभागी भएकै कारण पक्राउ परेका व्यक्तिहरूका परिवारले सोझै गृहमन्त्रीलाई सम्पर्क गर्नू भन्दै उनले गृहमन्त्री अर्याल, उनका स्वकीय सचिव धीरज जोशी र गृह सचिव रामेश्वर दंगालको मोबाइल नम्बर सार्वजनिक गरेका हुन् ।

उनीहरुको मोबाइल नम्बरससहित उनले फेसबुकमा लेखेका छन् :

जेनजी जनादेश सम्माननीय प्रधानमन्त्रीबाट हस्ताक्षर पश्चात् राजपत्रमा अंकित भएर सार्वजनिक भएता पनि, सम्माननीय राष्ट्रपतिबाट हस्ताक्षरमा भईरहेको आनाकानीका कारण, जेनजी र सरकारपक्षबिच भएको सम्झौता बमोजिम भ्रष्टाचारीलाई र हत्यारालाई छानबिन र कार्वाहीको दायरामा ल्याउनबाट पछाडि हट्दै उल्टै, भाद्र २३/२४ का आधारमा झुठा अभद्र मुद्वामा फसाएर पक्राउ गर्ने र बारम्बार हामीले रिहाईका निम्ति पिडित पक्षका परिवारलाई सघाउदा पनि, मुद्वा र धरौटिका कारणले रिहाई हुन नसेका पिडित पक्षका परिवारले अबदेखि रिहाईका निम्ति जेनजीका रगतमा उभिएर शासन गर्दै गरेका सरकारका सुरक्षा निकायका गृहमन्त्री ज्यू र स्वकिय सचिवलाई सम्पर्क गर्नुहोला ।

Read more news from Sutra News

Explore by Source or Category