काठमाडौँ। नेकपा एमालेले गत २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनको तल्लो तहबाट समीक्षा गर्न थालेको छ। एमाले केन्द्रीय कार्यालयका सचिव भीष्म अधिकारीले निर्वाचनमा बेहोर्नुपरेको पराजयको समीक्षाका लागि वडा कमिटी, पालिका कमिटी र जिल्ला कमिटीमा काम सञ्चालन भइरहेका बताए। उनले ती तीनै तहले समीक्षा प्रतिवेदन प्रदेश कमिटीलाई पठाउने र प्रदेश कमिटीले केन्द्रीय सचिवाललाई पठाउने जानकारी दिए।
काठमाडौँ- नेपाली कांग्रेसले उच्च तहका व्यक्तिहरूको सम्पत्ति छानबिनको दायरा बढाउन सरकारलाई ध्यानाकर्षण गराएको छ। बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले २०६३ अघिका अवधिसम्म समेत छानबिनको दायरा विस्तार गर्न सरकारलाई ध्यानाकर्षण गराएको हो।
काठमाडौं – नेपाली कांग्रेसले पेट्रोलियम पदार्थको बढ्दो मूल्यका कारण जनजीवनमा परेको असरलाई मध्यनजर गर्दै करका दर घटाएर पेट्रोलियम पदार्थको मूल्य नियन्त्रण गर्न सरकारसँग माग गरेको छ । पार्टी सभापति गगन कुमार थापाको अध्यक्षतामा बसेको कार्यसम्पादन समितिको बैठकले यस्तो निष्कर्ष निकाल्दै तत्काल हस्तक्षेप आवश्यक रहेको जनाएको हो ।
काठमाडौं — सर्वोच्च अदालतले सम्पत्ति शुद्धीकरण र राजस्व चुहावट सम्बन्धी अनुसन्धानका क्रममा हिरासतमा रहेका पूर्वमन्त्री दीपक खड्कालाई तत्काल थुनामुक्त गर्न आदेश दिएको छ । कायम मुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश श्रीकान्त पौडेलको संयुक्त इजलासले खड्काको पक्राउ र म्याद थप गर्दा आवश्यक कानुनी प्रक्रिया पालना नभएको ठहर गर्दै बन्दीप्रत्यक्षीकरणको आदेश जारी गरेको हो ।
काठमाडौं । नेपाली कांग्रेसले पेट्रोलियम पदार्थको बढ्दो मूल्यका कारण जनजीवनमा परेको असरलाई मध्यनजर गर्दै करका दर घटाएर पेट्रोलियम पदार्थको मूल्य नियन्त्रण गर्न सरकारसँग माग गरेको छ । पार्टी सभापति गगन कुमार थापाको अध्यक्षतामा बसेको कार्यसम्पादन समितिको बैठकले यस्तो निष्कर्ष निकाल्दै तत्काल हस्तक्षेप आवश्यक रहेको जनाएको हो ।
काठमाडौं- निजी सञ्चार माध्यमलाई सरकारी विज्ञापनबाट वञ्चित गर्ने बालेन्द्र शाह नेतृत्व सरकारको निर्णयप्रति नेपाली कांग्रेसले आपत्ति जनाएको छ । सरकारको यस्तो निर्णयले संविधानले प्रत्याभूत गरेको अभिव्यक्ति स्वतन्त्रता तथा प्रेस स्वतन्त्रतामाथि प्रत्यक्ष आघात पुग्ने जनाएको छ ।
काठमाडौं। कृषि तथा पशुपन्छी विकास र वन तथा वातावरण मन्त्री गीता चौधरीको निर्देशनमा त्रिपुरेश्वरस्थित बागमती स्विट्स प्रालिमा शिलबन्दी गरिएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र जिल्ला प्रशासन कार्यालय काठमाडौंको संयुक्त टोलीले चैत ३० मा अनुगमनका क्रममा सरसफाइ तथा गुणस्तरसम्बन्धी कमजोरी भेटिएकाले शिलबन्दी गरिएको हो।
काठमाडौं । निजी सञ्चार माध्यमलाई सरकारी विज्ञापनबाट वञ्चित गर्ने बालेन्द्र शाह नेतृत्व सरकारको निर्णयप्रति नेपाली कांग्रेसले आपत्ति जनाएको छ । सरकारको यस्तो निर्णयले संविधानले प्रत्याभूत गरेको अभिव्यक्ति स्वतन्त्रता तथा प्रेस स्वतन्त्रतामाथि प्रत्यक्ष आघात पुग्ने जनाएको छ ।
काठमाडौँ- आगामी मनसुनलाई लक्षित गर्दै जल तथा मौसम विज्ञान विभागले सम्भावित विपदबाट हुन सक्ने जनधनको क्षति न्यूनीकरण गर्न विस्तृत आपतकालीन कार्ययोजना सार्वजनिक गरेको छ। विभागले मनसुन अवधिभर मौसम पूर्वानुमान, बाढी पूर्वानुमान र पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउँदै चौबिसै घण्टा सेवा सञ्चालन गर्ने जनाएको छ।
काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाह र प्रदेशका मुख्यमन्त्रीहरूबीच आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तीन घण्टा लामो संवाद भएको छ। संघीयता कार्यान्वयनका जटिलता सुल्झाउने उद्देश्यले आयोजना गरिएको छलफल केवल बैठकमा मात्र सीमित रहेन, बरु यो एक जीवन्त र साझा समाधान खोज्ने ‘थलो’ बनेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
नेकपा (एमाले) र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)बीच एकताको विषयमा अनौपचारिक छलफल हुन थालेको छ। २३ फागुन २०७७ मा सर्वोच्च अदालतको फैसलापछि तत्कालीन नेपाल कम्युनिष्ट पार्टी विभाजित भएर बनेका दुई घटकबीच पुन: एकताको विषयमा कुराकानी हुन थालेको हो।
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलले प्रधानमन्त्री बालेन्द्र शाह ‘टाइम्स म्यागाजिन’ को विश्वका १०० प्रभावशाली व्यक्तिको सूचीमा सूचीकृत भएकोमा बधाई ज्ञापन गरेको छ। बिहीबार बसेको संसदीय दलको बैठकले प्रधानमन्त्री शाहको यस उपलब्धि ऐतिहासिक भन्दै उच्च सम्मान व्यक्त गर्ने प्रस्ताव सर्वसम्मत रूपमा पारित गरेको हो।
काठमाडौँ — काठमाडौँ महानगरपालिकाले सहरी सुरक्षा, सडक व्यवस्थापन र सार्वजनिक सम्पत्तिको संरक्षणलाई प्रभावकारी बनाउन नेपाल प्रहरीसँग सहकार्य सुदृढ गर्ने भएको छ । यसै सन्दर्भमा महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोल र प्रहरी महानिरीक्षक दानबहादुर कार्की बीच आज भएको भेटवार्तामा काठमाडौँका सडक, सहरी सुरक्षा तथा व्यवस्थापनका विषयमा विस्तृत छलफल भएको हो।
काठमाडौँ- सर्वोच्च अदालतले नेपाली कांग्रेसका नेता दीपक खड्कालाई थुनामुक्त गर्न आदेश दिएको छ। सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश श्रीकान्त पौडेलको संयुक्त इजलासले बन्दीप्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गदै थुनामुक्त गर्न आदेश दिएको हो। पूर्वऊर्जामन्त्रीसमेत रहेका खड्कालाई प्रहरी सम्पत्ति शुद्धिकरणको आरोपमा पक्राउ गरेर हिरासतमा लिएको थियो।
राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)
मुम्बई। कृत्रिम बौद्धिकता (एआई) ले फिल्म उद्योगमा जोखिम र अवसर दुवै सिर्जना गरिरहेको छ। भारतमा एआई प्रविधिबाट पूर्ण रूपमा बनेको पहिलो सफल बलिउड फिल्म निर्माण गर्ने प्रतिस्पर्धा तीव्र बन्दै गएको छ। यही दौडमा देखिएको परियोजना ‘महाराजा इन डेनिम्स’ अहिले विशेष चासोको केन्द्र बनेको छ।
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह र प्रदेशका मुख्यमन्त्रीहरूबीच आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा करिब तीन घण्टा लामो छलफल भएको छ। संघीयता कार्यान्वयनका क्रममा देखिएका जटिलता समाधान गर्ने उद्देश्यले आयोजित बैठक सामान्य औपचारिकताभन्दा फरक, खुला र अन्तरक्रियात्मक शैलीमा सञ्चालन भएको बताइएको छ। छलफलका क्रममा मुख्यमन्त्रीहरूले आफ्ना क्षेत्रका समस्या तथा चुनौतीहरू प्रस्तुत गरेका थिए।
दाङ — सरकारी छाप दुरुपयोग तथा कीर्ते हस्ताक्षरमार्फत चोरीका मोटरसाइकल बिक्री वितरण गर्दै आएको आरोपमा प्रहरीले तुलसीपुरबाट तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सल्यानको बागचौर नगरपालिका–२ का २० वर्षीय दीपक भण्डारी, १९ वर्षीय सरोज घर्ती मगर र १९ वर्षीय राजन बिष्ट रहेका छन्।