npl.977 Nepal News Stream

#रास्वपा

Contents
Himal Press logo Himal Press

रास्वपाले टुंग्यायो १२ संसदीय समिति सभापति, शिक्षामा डा.ओजस्वी शेरचन

Ramesh Dawadi 11 hours ago

काठमाडौँ- सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सिंहदरबारमा आज बसेको संसदीय दलको बैठकले प्रतिनिधिसभाअन्तर्गत विभिन्न संसदीय समितिहरूका सभापतिहरू टुंगो लगाएको छ।

बैठकले १२ वटा समितिका सभापति छान्दै आजै मनोनयन दर्ता गर्ने निर्णय गरेको हो। निर्णयअनुसार कानुन, न्याय तथा मानवअधिकार समितिको सभापतिमा समीक्षा बास्कोटा, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको नेतृत्वमा अशोक चौधरीलाई छानेको छ।

पूर्वाधार विकास समितिको सभापतिमा आशिष गजुरेल, महिला तथा सामाजिक मामिला समितिको सभापतिमा आकृति अवस्थी, राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा हरि ढकाल र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिमा डा.ओजस्वी शेरचनलाई चयन गरिएको छ।

सार्वजनिक लेखा समितिको सभापति प्रमुख प्रतिपक्षी दललाई दिने सहमति भएको छ भने संसदीय सुनुवाइ समितिको सभापतिमा बाेधनारायण श्रेष्ठ चयन भएका छन्।

राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकनसम्बन्धी संयुक्त समितिको सभापतिमा गणेश कार्की चयन भएका छन्।

यस्तै, अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको सभापतिमा सुम्निमा उदास, अर्थ समितिको सभापतिमा कृष्णहरि बुढाथोकी र उद्योग, वाणिज्य तथा श्रम तथा उपभोक्ता हित समितिको सभापतिमा रहवर अन्सारी चयन भएका छन्।

यसैगरी, प्रमुख सचेतकमा कविन्द्र बुर्लाकोटी, सचेतकमा प्रकाशचन्द्र परियार र क्रान्तिशिखा धिताल चयन भएका छन्।

Himal Press logo Himal Press

लेखा समितिको सभापति कांग्रेसलाई

Ramesh Dawadi 11 hours ago

काठमाडौँ- सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सार्वजनिक लेखा समितिको सभापति नेपाली कांग्रेसलाई दिने निर्णय गरेको छ।

आज सिंहदरबारमा बसेको संसदीय दलको बैठकले उक्त निर्णय गरेको हो। प्रतिनिधिसभाका संसदीय समितिका सभापतिका लागि आज मनोनयन दर्ता हुँदैछ।

उता कांग्रेसले लेखा समितिको सभापतिमा मोहन आचार्यलाई अघि सार्ने तयारी गरेको छ।

 

Explore by Source or Category