टुरिजमफेस काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी निर्वाचनका लागि आवश्यक सम्पूर्ण सुरक्षाको प्रबन्ध मिलाइ सकिएकाले मतदातालाई निर्धक्क भएर यही फागुन २१ गते मतदान प्रक्रियामा भाग लिन आह्वान गरेका छन् ।
काठमाडौं । आज विराटनगरमा नेपाल–भारत सीमा जिल्ला समन्वय समितिको बैठक बसेको छ। सो बैठकले आसन्न प्रतिनिधिसभा निर्वाचनका समयमा सुरक्षा व्यवस्था प्रभावकारी बनाउने निर्णय गरेको छ।
पोखरा । घान्द्रुकमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले चारदिने महोत्सव सुरु भएको छ। घान्द्रुक पर्यटन व्यवस्थापन समिति र रोधीं क्लब कोँड (घान्द्रुक) को संयुक्त आयोजनामा कार्यक्रम प्रारम्भ गरिएको हो।
काठमाडौं । नेपाली कांग्रेसले राजस्व नीति र दरमा फेरबदल गर्दै लगानीमैत्री नीति लिने प्रतिज्ञा गरेको छ। चुनावी घोषणापत्रमार्फत कांग्रेसले संस्थागत आयकरलाई क्रमशः २० प्रतिशतमा झार्ने प्रतिबद्धता जनाएको छ। कांग्रेसले वस्तु र सेवाको निर्यातमा १० प्रतिशत, सूचना प्रविधि निर्यात व्यवसायमा ५ प्रतिशत र उत्पादनमुखी उद्योगहरूमा १५ प्रतिशत आयकर कायम गर्ने उल्लेख गरेको छ।
काठमाडौं । नेपालको अग्रणी आतिथ्य समूह सोल्टी होटल्स एन्ड रिसोर्ट्स ले गोरखाको प्रसिद्ध धार्मिक गन्तव्य मनकामना मन्दिर नजिक अत्याधुनिक सुविधा सम्पन्न नयाँ लक्जरी रिसोर्ट सञ्चालनमा ल्याएको छ।
काठमाडौं । नेपाली कांग्रेसले सानो आकार र मितव्ययी सरकारको परिकल्पना गर्दै घोषणापत्र सार्वजनिक गरेको छ। बिहीबार आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गर्दै संघमा प्रधानमन्त्रीको कार्यालयसहित बढीमा १६ र प्रदेशमा मुख्यमन्त्रीको कार्यालयसहित ७ मन्त्रालयको व्यवस्था गर्ने जनाएको छ।
काठमाडौं। नेपाली कांग्रेसले निजी क्षेत्रलाई अर्थतन्त्रको बलियो इन्जिनको रुपमा व्याख्या गरी चुनावी घोषणापत्र सार्वजनिक गरेको छ। कांग्रेसले आगामी पाँच वर्षलाई ‘आर्थिक पुनरुत्थानको अर्धदशक’ घोषणा गर्दै दोस्रो पुस्ताको आर्थिक सुधार गर्ने प्रतिज्ञा गरेको छ। जसमार्फत ५ वर्षमा अर्थतन्त्रलाई ११५ खर्ब रुपैयाँ र प्रति व्यक्ति आय २५०० अमेरिकी डलर पुर्याउने सङ्कल्प गरिएको छ। यसका लागि कुल १३७.
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बिहीबार सार्वजनिक गरेको घोषणापत्रमा सूचना प्रविधि क्षेत्रलाई ‘राष्ट्रिय रणनीतिक उद्योग’ घोषणा गर्नेदेखि आयकरमा पूर्ण छुटको व्यवस्था सम्मको विषयहरु समेटिएका छन्। घोषणापत्रमा नेपालको अर्थतन्त्रमा रेमिट्यान्स पछिको दोस्रो ठूलो खम्बा बन्ने सम्भावना बोकेको सूचना प्रविधि क्षेत्रलाई ‘राष्ट्रिय रणनीतिक उद्योग’ घोषणा गर्ने उल्लेख गरिएको छ। हालको १.
काठमाडौं । नेकपा एमालेले आज आसन्न प्रतिनिधिसभा लक्षित घोषणा पत्र सार्वजनिक गरेको छ। एमालेले युवा, विशेष गरेर जेनजी लक्षित डिजिटल कार्यक्रमहरु ल्याएको छ। एमालेले जेनजी पुस्तालाई लक्षित गर्दै इन्टरनेट सेवा विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।