सामसङ नेपालले आयोजना गर्यो विशेष माइक्रोवेभ मास्टरक्लास
सामसङ नेपालले आफ्नो माइक्रोवेभ लाइनअपसँग विशेष माइक्रोवेभ मास्टरक्लास आयोजना गरेको छ। सामसङ नेपालले स्मार्ट रअझ रमाइलो होम कुकिङलाई प्रोत्साहनदिने उद्देश्यले विशेष माइक्रोवेभ मास्टरक्ला आयोजना गरेको हो।
यो मास्टर क्लास कार्यक्रममा १७ वर्षभन्दा बढी अनुभव भएका व्यावसायिक सेफ निमेश उलकको सहभागिता रहेकोथियो। सहभागीहरुले सामसङको माइक्रोवेभ रेन्जको बहुउपयोगिता प्रत्यक्ष रुपमा अनुभव गरेका थिए।
कार्यक्रममा मोडर्न माइक्रोवेभ प्रविधिद्वारा घरमै खाना बनाउँदा स्वाद र पोषण कसरी कायम राख्ने तथा पकाउने प्रक्रियालाई कसरी सजिलो बनाउने भन्ने प्रदर्शन गरिएको थियो। सहभागीहरुले माइक्रोवेभ मोडलहरु प्रयोग गरेर व्यवहारिक कुकिङ सीप र सिर्जनात्मक परिकारहरू सिक्ने मौका पाएका थिए।
सामसङका माइक्रोवेभमार्फत खाना छिटो तताउने र ग्रील गर्ने देखि बेकिङ गर्ने तथा मल्टि स्टेज कुकिङसम्म, विभिन्न परिकारहरू तयार गर्न सकिने तरिकाहरु सेफ उलकले प्रस्तुत गरेका थिए।
यस कार्यक्रमले खाना पकाउने उत्साही, गृहिणी र प्रविधिप्रेमी उपभोक्ताहरूलाई आकर्षित गरेको कम्पनीले जनाएको छ। कार्यक्रममा सामसङ स्मार्टथिंग्स एपको प्रत्यक्ष प्रदर्शन पनि गरिएको थियो। जसमा सहभागीहरूले स्मार्ट कनेक्टिभिटीका फाइदाहरूबारे जानकारी लिएका थिए।
The post सामसङ नेपालले आयोजना गर्यो विशेष माइक्रोवेभ मास्टरक्लास appeared first on BIZMANDU.