npl.977 Nepal News Stream

BIZMANDU logo

BIZMANDU

#1 website for business news of Nepal & biggest and reliable news portal of nepal. It is the most trusted source of business news of nepal from across the world.

बागमती स्विट्स प्रालिमा विभागले गर्योो शिलबन्दी, अनुगमनका भेटिएको थियो कैफियत

Narayan | 1 hour ago
काठमाडौं। कृषि तथा पशुपन्छी विकास र वन तथा वातावरण मन्त्री गीता चौधरीको निर्देशनमा त्रिपुरेश्वरस्थित बागमती स्विट्स प्रालिमा शिलबन्दी गरिएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र जिल्ला प्रशासन कार्यालय काठमाडौंको संयुक्त टोलीले चैत ३० मा अनुगमनका क्रममा सरसफाइ तथा गुणस्तरसम्बन्धी कमजोरी भेटिएकाले शिलबन्दी गरिएको हो।

नेपाल विद्युत प्राधिकरणले भन्यो- हाइड्रोलोजी पेनाल्टी हटाउने निर्णय भएको छैन

Bigyan Adhikari | 1 hour ago
काठमाडौं। नेपाल विद्युत प्राधिकरणले हाइड्रोलोजी पेनाल्टी हटाउने निर्णय नभएको जिकिर गरेको छ। प्राधिकरणले बिहीबार विज्ञप्ति जारी गर्दै स्वतन्त्र ऊर्जा उत्पादकको संस्था(इप्पान)को माग अनुसार नदी प्रवाहमा आएको परिवर्तन तथा अनिश्चितताले विद्युत उत्पादनमा परेको प्रभावलाई सम्बोधन गर्न इनर्जी टेबललाई घटाएर तीन वर्षमा झार्न सकिने व्यवस्था गरिएको बताएको हो।

सूर्य नेपाल एनपिजिए म्याच प्ले: निरज र टंक फाइनलमा, कति छ पुरस्कार?

Mukunda Ghimire | 1 hour ago
काठमाडौं। साबिक विजेता निरज तामाङ र टंकबहादुर कार्की सूर्य नेपाल गल्फ टुर २०२५-२६ अन्तर्गत छैटौं प्रतियोगिता, सूर्य नेपाल एनपिजिए म्याच प्लेकोको फाइनलमा प्रवेश गरेका छन्। रोयल नेपाल गल्फ क्लबमा आज भएको सेमिफाइनलमा नेपाल नम्बर एक निरजले चौथो वरियताका सञ्जय लामालाई सहजै ६/५ ले हराए। नवौं होलको समाप्तिमा निरजसँग दुई होलको अग्रता थियो।

सिप्रदीको ‘स्विच टु टियागो इभी’ योजना, जुनसुकै ब्रान्डका बाइक/स्कुटर गाडीसँग साटिने

Basudev Timalsina | 2 hours ago
काठमाडौं। नेपालका लागि टाटा मोर्टसको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले विशेष एक्सचेन्ज योजना सार्वजनिक गरेको छ। सिप्रदी ट्रेडिङले ‘स्विच टु टियागो इभी’ नाम दिइ ग्राहकले आफ्नो पुरानो बाइक वा स्कुटर साटेर नयाँ टाटा टियागो इभी घर लैजान सक्ने योजना ल्याएको हो। यो योजना शुक्रबारदेखि चार दिनसम्म देशभर सञ्चालन हुने कम्पनीले जनाएको छ।

नयाँ सरकार आएपछि खुल्यो बुक बिल्डिङ प्रक्रिया, आवेदन दिएका ५ कम्पनीसँग सम्झौता

Basudev Timalsina | 2 hours ago
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को सरकार आएपछि नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले बुक बिल्डिङ प्रक्रियामार्फत आइपीओ निष्काशन अघि बढाएको छ। पुरानो नेपाली कांग्रेस र नेकपा एमालेको सरकारहुँदा अनिर्णित बसेको नेप्से नयाँ आएसँगै आवेदन दिएका पाँच वटा कम्पनीको प्रक्रिया अगाडि बढाएको हो।

दीपक खड्कालाई थुनामुक्त गर्न सर्वोच्चको आदेश, अदालतको अनुमतिविना विदेश जान नपाउने

Basudev Timalsina | 2 hours ago
काठमाडौं। सम्पत्ति शुद्धीकरणको अनुसन्धानका लागि पक्राउ परेका पूर्वमन्त्री दीपक खड्कालाई सर्वोच्च अदालतले थुनामुक्त गर्न आदेश दिएको छ। सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश श्रीकान्त पौडेलको इजलासले खड्कालाई उचित विधि र प्रक्रिया पूरा नगरी हिरासतमा राखेको भन्दै थुनामुक्त गर्न बिहीबार आदेश दिएको हो। सर्वोच्चले खड्काको विदेश भ्रमणमा भने कडाइ गरेको छ।

भाइकाजी तिवारीको २५ करोडको सम्पत्ति, साढे १० करोडको स्रोत नखुलेपछि अख्तियारले हाल्यो मुद्दा

Basudev Timalsina | 3 hours ago
काठमाडौं। काठमाडौं उपत्यका विकास प्राधिकरणका पूर्वआयुक्त भाइकाजी तिवारीविरुद्ध गैरकानुनीरुपमा सम्पत्ति आर्जन गरेको अभियोगमा मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तिवारीविरुद्ध बिहीबार १० करोड ५४ लाख ९५ हजार ८७१ रुपैयाँ बिगो कायम गरी विशेष अदालतमा मुद्दा दायर गरेको हो।

कृषि क्षेत्रमा लगानी विस्तारका बारेमा एडीबीका नेपाल निर्देशकसँग कृषि मन्त्री चौधरीको छलफल

Sarala Subedi | 4 hours ago
काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री गीता चौधरी र नेपालका लागि एसियाली विकास बैंक (एडिबी) का नेपाल निर्देशक अर्नाउड काउ चोइसबीच भेटवार्ता भएको छ। शिष्टचार भेटवार्ताका क्रममा कृषि क्षेत्रको विकास, लगानी विस्तार तथा सहकार्य सुदृढ गर्ने लगायत विषयमा छलफल भएको थियो।

सामसङ नेपालले आयोजना गर्‍यो विशेष माइक्रोवेभ मास्टरक्लास

Sahayog Ranjit | 4 hours ago
सामसङ नेपालले आफ्नो माइक्रोवेभ लाइनअपसँग विशेष माइक्रोवेभ मास्टरक्लास आयोजना गरेको छ। सामसङ नेपालले स्मार्ट रअझ रमाइलो होम कुकिङलाई प्रोत्साहनदिने उद्देश्यले विशेष माइक्रोवेभ मास्टरक्ला आयोजना गरेको हो। यो मास्टर क्लास कार्यक्रममा १७ वर्षभन्दा बढी अनुभव भएका व्यावसायिक सेफ निमेश उलकको सहभागिता रहेकोथियो। सहभागीहरुले सामसङको माइक्रोवेभ रेन्जको बहुउपयोगिता प्रत्यक्ष रुपमा अनुभव गरेका थिए।

निजी क्षेत्रलाई प्रोत्साहित गर्ने ऊर्जामन्त्रीको प्रयास, ह्विलिङ चार्ज निर्धारणदेखि पीपीए विवाद मिलाउन समयसीमा

Basudev Timalsina | 4 hours ago
काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री विराजभक्त श्रेष्ठले निजी क्षेत्रलाई जलविद्युत आयोजना बनाउन प्रोत्साहित गर्ने गरी मातहतका निकायलाई ३२ बुँदे निर्देशन दिएका छन्। उनले बिहीबार निकाय नै पिच्छे काम र समय तोकेर ३२ बुँदे निर्देशन दिएका हुन्।

गाडी भाडा फेरि बढाउन यातायात व्यवसायीको माग, ‘नभए इन्धनको मूल्यवृद्धि फिर्ता गरियोस्’

Basudev Timalsina | 6 hours ago
काठमाडौं। नेपाल यातायात व्यावसायी राष्ट्रिय महासंघले भाडा बढाउन माग गरेको छ। महासंघले बिहीबार प्रेस विज्ञप्ति निकालेर इन्धनको मूल्य बढेको अवस्थामा भाडा बढाउन माग गरेको हो। महासंघले भाडा नबढाउने अवस्थामा मूल्य वृद्धि फिर्ता गरिनुपर्ने बताएको छ।

एफवानसफ्ट इन्टरनेसनलमा सीइओको जिम्मेवारी सनतलाई, सुवास अब रणनीतिक निर्देशनमा

Basudev Timalsina | 6 hours ago
काठमाडौं। एफवानसफ्ट इन्टरनेसनलले सनतकुमार पौडेललाई प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको छ। कम्पनीले आफ्नो २२औं वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा सनतलाई सीइओ नियुक्त गरिएको घोषणा गरेको हो। कम्पनीमा यसअघि सहसंस्थापक तथा निर्देशक सुवास शर्मा सीइओको जिम्मेवारीमा थिए। सुवास अब निर्देशकको भूमिकामा एफवानसफ्ट ग्रुपको रणनीतिक निर्देशनमा संलग्न हुने कम्पनीले बिहीबार प्रेस विज्ञप्तिमार्फत जनाएको छ।

सेयर बजार ३३.८३ अंक घटेर २८३३.०३ विन्दुमा, ९ अर्ब ३१ करोडको कारोबार

Sunil Kunwar | 6 hours ago
काठमाडौं। नयाँ वर्ष २०८३ को पहिलो कारोबार दिन ३३ अंकले बढेको सेयर बजार दोस्रो दिन घटेको छ। नेप्से परिसूचक बिहीबार ३३.८३ अंक घटेर २८३३.०३ विन्दुमा आएको छ। कारोबारमा आएका सबै उपसमूहका सूचकले बजार घटाएका हुन्। फाइनान्सको सूचक सबैभन्दा धेरै १.९८ प्रतिशत ओरालो लागेको छ। बजारमा सेयर मूल्य घटेका २३६ कम्पनीका लगानीकर्ताले गुमाएका छन्।

सार्वजनिक लेखा समितिको नेतृत्व कांग्रेसलाई, भरतबहादुर खड्कालाई उम्मेदवार बनाउने निर्णय

Basudev Timalsina | 6 hours ago
काठमाडौं। नेपाली कांग्रेसका सांसद भरतबहादुर खड्का सार्वजनिक लेखा समितिको सभापति हुने भएका छन्। प्रतिनिधि सभामा करिब दुई तिहाई बहुमत रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले कांग्रेसका लागि लेखा समिति छोडेपछि खड्का सभापति हुने पक्का भएको हो। कांग्रेसले खड्कालाई सभापतिको उम्मेदवार बनाउने निर्णय गरेको छ। कांग्रेस सांसद भिष्मराज आङदेम्बेले खड्कालाई सभापतिको उम्मेदवार बनाउने निर्णय सर्वसम्मरुपमा गरेको जानकारी दिए।

Explore news by Category