npl.977 Nepal News Stream

BIZMANDU logo BIZMANDU

कृषि क्षेत्रमा लगानी विस्तारका बारेमा एडीबीका नेपाल निर्देशकसँग कृषि मन्त्री चौधरीको छलफल

Sarala Subedi 6 hours ago

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री गीता चौधरी र नेपालका लागि एसियाली विकास बैंक (एडिबी) का नेपाल निर्देशक अर्नाउड काउ चोइसबीच भेटवार्ता भएको छ।

शिष्टचार भेटवार्ताका क्रममा कृषि क्षेत्रको विकास, लगानी विस्तार तथा सहकार्य सुदृढ गर्ने लगायत विषयमा छलफल भएको थियो। त्यसक्रममा चौधरीले आगामी दिनमा दातृ निकायको लगानी आयोजनामा प्रशासनिक लागत कम गर्ने उद्धेश्यले ५ तारे होटलमा कार्यक्रम नराख्नी लक्षित सामुदायिक र क्षेत्रमा नै सो रकम लगानी गर्नुपर्ने बताएकी थिइन्।

छलफलका क्रममा मन्त्री चौधरीले कृषि आधुनिकीकरण, ग्रामीण अर्थतन्त्रको सुदृढीकरण तथा समग्र आर्थिक सामाजिक विकासमा एडीबीको निरन्तर सहयोगको प्रशंसा गरेकी थिइन्।

त्यस्तै, हाल संचालनमा रहेका उच्च मूल्य कृषि बाली तथा फलफूल विकाससम्बन्धी परियोजनाहरुको विषयमा समेत छलफल भएको थियो। यस्ता कार्यक्रमबाट प्राप्त उपलब्धिहरू सकारात्मक भए पनि कार्यान्वयनका क्रममा देखिएका नीतिगत तथा प्रक्रियागत चुनौतीहरू समाधान गर्नुपर्ने छलफल भएको थियो।

बीउ बिजन र नर्सरी व्यवस्थापन सम्बन्धी समस्या समाधान गर्दै परियोजना कार्यान्वयनलाई थप प्रभावकारी र द्रुत बनाउन सरकार प्रतिबद्ध रहेको मन्त्री चौधरीले त्यसक्रमकम बताएकी थिइन्।

यस अवसरमा एडीबीले प्रस्ताव गरेको नेपाल हरित तथा उत्थानशील वित्तीय सुविधालाई मन्त्रालयले सकारात्मक लिएको मन्त्री चौधरीले उलेख्ख गरेकी छन्। छलफलमा जलवायु अनुकूल कृषि, साना तथा मझौला कृषि उद्यम तथा नवप्रवर्तनमा लगानी विस्तार गर्ने लक्ष्य रहेको छ। यसैगरी, भू-जल पुनर्भरण, अनुसन्धान तथा निजी क्षेत्रको संलग्नता बढाउने विषयमा पनि छलफल भएको छ।

The post कृषि क्षेत्रमा लगानी विस्तारका बारेमा एडीबीका नेपाल निर्देशकसँग कृषि मन्त्री चौधरीको छलफल appeared first on BIZMANDU.

Read more news from BIZMANDU

Explore by Source or Category