npl.977 Nepal News Stream

BIZMANDU logo BIZMANDU

नेपाल विद्युत प्राधिकरणले भन्यो- हाइड्रोलोजी पेनाल्टी हटाउने निर्णय भएको छैन

Bigyan Adhikari 5 hours ago

काठमाडौं। नेपाल विद्युत प्राधिकरणले हाइड्रोलोजी पेनाल्टी हटाउने निर्णय नभएको जिकिर गरेको छ।

प्राधिकरणले बिहीबार विज्ञप्ति जारी गर्दै स्वतन्त्र ऊर्जा उत्पादकको संस्था(इप्पान)को माग अनुसार नदी प्रवाहमा आएको परिवर्तन तथा अनिश्चितताले विद्युत उत्पादनमा परेको प्रभावलाई सम्बोधन गर्न इनर्जी टेबललाई घटाएर तीन वर्षमा झार्न सकिने व्यवस्था गरिएको बताएको हो।

प्राधिकरणले वर्षायाम र सुक्खायामको ऊर्जा अनुपात साविकभन्दा नबढ्ने तथा आवश्यक परेमा वर्षायामको अतिरिक्त ऊर्जालाई रिजर्भ मार्जिनका रुपमा सुरक्षित राखेर आवश्यकता अनुसार प्रयोग गर्न सक्ने जिकिर समेत गरेको छ।

प्राधिकरणले एभाइबलिटी डिक्लिरेसन सम्बन्धी व्यवस्थालाई सरलीकृत गरी साप्ताहिक विवरण एक साता अगाडि पेस गर्न सकिने गरिएको दाबी गरेको छ।

‘ऊर्जा तालिका तथा मासिक पूर्वानुमानलाई बढी यथार्थपरक, लचिलो र व्यवस्थापनयोग्य बनाउने लक्ष्य राखिएको हो,’ विज्ञप्तिमा भनिएको छ।

The post नेपाल विद्युत प्राधिकरणले भन्यो- हाइड्रोलोजी पेनाल्टी हटाउने निर्णय भएको छैन appeared first on BIZMANDU.

Read more news from BIZMANDU

Explore by Source or Category