npl.977 Nepal News Stream

BIZMANDU logo BIZMANDU

भाइकाजी तिवारीको २५ करोडको सम्पत्ति, साढे १० करोडको स्रोत नखुलेपछि अख्तियारले हाल्यो मुद्दा

Basudev Timalsina 5 hours ago

काठमाडौं। काठमाडौं उपत्यका विकास प्राधिकरणका पूर्वआयुक्त भाइकाजी तिवारीविरुद्ध गैरकानुनीरुपमा सम्पत्ति आर्जन गरेको अभियोगमा मुद्दा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तिवारीविरुद्ध बिहीबार १० करोड ५४ लाख ९५ हजार ८७१ रुपैयाँ बिगो कायम गरी विशेष अदालतमा मुद्दा दायर गरेको हो।

तिवारीको २५ करोड ६ लाख ८७ हजार रुपैयाँ बराबरको सम्पत्ति देखिएकामा १० करोड ५४ लाख ९५ हजार ८७१ रुपैयाँ बराबरको स्रोत नखुलेको अख्तियारले जनाएको छ।

२०४४ भदौ १९ गते सरकारी सेवामा प्रवेश गरेका तिवारीले २०७८ वैशाख ९ गते अवकाश पाएका थिए। अख्तियारले उनी सरकारी सेवामा रहँदा आर्जन गरेको सम्पत्तिको अनुसन्धान गरेर स्रोत नदेखिएको रकमलाई आधार मानी मुद्दा दायर गरेको हो।

अख्तियारले मुद्दा दायर गरेका तिवारीले २०७० मा सर्वोत्कृष्ट निजामती सेवा पुरस्कार पाएका थिए।

अख्तियारले गैरकानुनी सम्पत्ति जफत गर्ने प्रयोजनका लागि भाइकाजीकी पत्नी मीनादेवी र छोरी मीरालाई पनि प्रतिवादी बनाएको छ।

The post भाइकाजी तिवारीको २५ करोडको सम्पत्ति, साढे १० करोडको स्रोत नखुलेपछि अख्तियारले हाल्यो मुद्दा appeared first on BIZMANDU.

Read more news from BIZMANDU

Explore by Source or Category