दीपक खड्कालाई थुनामुक्त गर्न सर्वोच्चको आदेश, अदालतको अनुमतिविना विदेश जान नपाउने
काठमाडौं। सम्पत्ति शुद्धीकरणको अनुसन्धानका लागि पक्राउ परेका पूर्वमन्त्री दीपक खड्कालाई सर्वोच्च अदालतले थुनामुक्त गर्न आदेश दिएको छ।
सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश श्रीकान्त पौडेलको इजलासले खड्कालाई उचित विधि र प्रक्रिया पूरा नगरी हिरासतमा राखेको भन्दै थुनामुक्त गर्न बिहीबार आदेश दिएको हो।
सर्वोच्चले खड्काको विदेश भ्रमणमा भने कडाइ गरेको छ। उनले विदेश जान अदालतको अनुमति लिनुपर्नेछ।
‘निजको पक्राउ पुर्जी र म्याद थप कानुन सम्मत देखिएन। निजमाथि दाबी कसुरको अनुसन्धान हिरासतबाहिर बसेर नै हुन सक्ने प्रकृतिको देखिँदा सम्बन्धित अदालतबाट अनुमति लिई मात्र निवेदकलाई विदेश जान दिनू, निजलाई तत्काल थुनामुक्त गर्नु भनी बन्दी प्रत्यक्षीकरणको आदेश जारी हुने ठहर्छ,’ संक्षिप्त आदेशमा भनिएको छ।
खड्का चैत १५ गते पक्राउ परेका थिए। त्यसपछि उनकी पत्नी विनिता थापाले सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दायर गरेकी थिइन्।
The post दीपक खड्कालाई थुनामुक्त गर्न सर्वोच्चको आदेश, अदालतको अनुमतिविना विदेश जान नपाउने appeared first on BIZMANDU.