npl.977 Nepal News Stream

BIZMANDU logo BIZMANDU

सार्वजनिक लेखा समितिको नेतृत्व कांग्रेसलाई, भरतबहादुर खड्कालाई उम्मेदवार बनाउने निर्णय

Basudev Timalsina 10 hours ago

काठमाडौं। नेपाली कांग्रेसका सांसद भरतबहादुर खड्का सार्वजनिक लेखा समितिको सभापति हुने भएका छन्।

प्रतिनिधि सभामा करिब दुई तिहाई बहुमत रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले कांग्रेसका लागि लेखा समिति छोडेपछि खड्का सभापति हुने पक्का भएको हो।

कांग्रेसले खड्कालाई सभापतिको उम्मेदवार बनाउने निर्णय गरेको छ। कांग्रेस सांसद भिष्मराज आङदेम्बेले खड्कालाई सभापतिको उम्मेदवार बनाउने निर्णय सर्वसम्मरुपमा गरेको जानकारी दिए। उम्मेदवारी दर्ताका लागि बिहीबार अपराह्न ४ बजेसम्मको समय तोकिएको छ।

खड्का डोटीबाट प्रत्यक्ष निर्वाचित सांसद हुन्।

The post सार्वजनिक लेखा समितिको नेतृत्व कांग्रेसलाई, भरतबहादुर खड्कालाई उम्मेदवार बनाउने निर्णय appeared first on BIZMANDU.

Read more news from BIZMANDU

Explore by Source or Category