npl.977 Nepal News Stream

BIZMANDU logo BIZMANDU

एनसेल प्रयोगकर्तालाई हिमालयन जाभामा ३० प्रतिशतसम्म छुट, यस्तो छ सर्त

Basudev Timalsina 8 hours ago

काठमाडौं। एनसेलका ग्राहकले हिमालयन जाभाका देशभरका आउटलेटमा प्रिमियम कफी, पेय पदार्थ र खानेकुरामा विशेष छुट पाउने भएका छन्। यसका लागि एनसेलले हिमालयन जाभासँग सम्झौता गरेको छ।

सम्झौता अनुसार ४९९ रुपैयाँ वा सोभन्दा बढीको एनसेल प्याक प्रयोग गर्ने सबै ग्राहकले एक कफ कफी खरिद गर्दा अर्को एक कप निःशुल्क प्राप्त गर्नेछन्। तेस्रो कप कफी खरिदमा ग्राहकले ३० प्रतिशत छुट प्राप्त गर्ने एनसेलले जनाएको छ।

त्यसै गरी २५ वर्ष वा सोभन्दा कम उमेरका युवा तथा एनसेल प्रयोग गर्ने पर्यटकले ९९ रुपैयाँ वा सोभन्दा माथिको योग्य प्याक प्रयोग गर्दा सबै किसिमका खानेकुरा तथा पेय पदार्थमा २० प्रतिशत छुट पाउनेछन्।

यसबाहेक ९९ रुपैयाँ वा सोभन्दा माथिको प्याक चलाउँदै गरेका वा रेन्टल प्लानमा सक्रिय रहेका एनसेल प्रयोगकर्ताले हिमालयन जाभाका खानेकुरा तथा पेय पदार्थहरुमा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन्।

एनसेलका प्रमुख कार्यकारी अधिकृत माइकल फोलेले आफ्ना ग्राहकलाई खुशी राख्न हिमालयन जाभासँग सम्झौता गरेको बताए।

‘सम्बन्धहरूलाई राम्रा अनुभवका साथ झन् प्रगाढ बनाउनुपर्छ भन्नेमा हामी विश्वास गर्दछौं। हिमालयन जाभासँगको यो साझेदारीमार्फत हामीले हाम्रा ग्राहकलाई व्यस्त दैनिकीबाट केही समय निकाल्न, एक अर्कासँग जोडिन अनि जीवनका साना–साना खुसी साट्न थप कारण दिइरहेका छौं। यो अफरले कफीको हरेक कपलाई अझ अर्थपूर्ण बनाँउछ,’ उनले भने।

यो अफर उपयोग गर्न एनसेलका ग्राहकले कुनै किसिमको दर्ता प्रक्रियाको झन्झट लिन पर्दैन। एनसेलको सक्रिय योग्य प्याक वा रेन्टल प्लान भएको हुनुपर्छ।

छुट प्राप्त गर्नका लागि ग्राहकले एनसेल एपमा गएर ‘पार्टनर्ड सर्भिसेस’भित्र रहेको ‘हिमालयन जाभा कफी’ छानेर छुट अफरका लागि आफ्नो व्यक्तिगत योग्यता हेर्न सक्छन्। एउटा बिलमा एउटा मात्र छुट लागू हुन्छ र ग्राहकको योग्यताका आधारमा उपलब्ध सबैभन्दा धेरै छुट स्वतः लागू हुने एनसेलले जनाएको छ।

यो योजनाको लाभ लिन ग्राहकले अर्डर दिने बेला एनसेल एपको ‘लाइभ’ स्क्रिन हिमालयन जाभाका कर्मचारीलाई देखाउनु पर्छ, स्क्रीनसट मान्य हुँदैन। प्याक सक्रिय रहेको अवधिभर यो अफरको फाइदा पटकपटक लिन सकिने एनसेललको विज्ञप्तिमा उल्लेख छ।

The post एनसेल प्रयोगकर्तालाई हिमालयन जाभामा ३० प्रतिशतसम्म छुट, यस्तो छ सर्त appeared first on BIZMANDU.

Read more news from BIZMANDU

Explore by Source or Category