npl.977 Nepal News Stream

BIZMANDU logo BIZMANDU

सामसङले नेपालमा लन्च गर्‍यो ग्यालेक्सी ए५७ ५जी र ग्यालेक्सी ए३७ ५जी, मूल्य कति?

Sahayog Ranjit 5 hours ago

काठमाडौं । सामसङ नेपालले ग्यालेक्सी ए५७ ५जी र ग्यालेक्सी ए३७ ५जी सार्वजनिक गरेको छ।

नयाँ ग्यालेक्सी ए सिरिज मा सामसङको नवीनतम प्रविधि समावेश गरिएको र यसमा इन्ह्यान्ड्स्ड असम इनस्टेलिजेन्स रहेको छ। यसले स्मार्ट अन्तरक्रिया, प्रोडक्टिभिटी र कन्टेन्ट सिर्जनालाई सजिलो बनाउने कम्पनीले जनाएको छ।

यसको भ्वाइस ट्रान्सक्रिप्सन फिचरले रेकर्डिङ, कल र भ्वाइस मेललाई टेक्स्टमा रूपान्तरण गर्न सहयोगसमेत पुर्‍याउँछ। एआई सेलेक्टले स्क्रिनमा रहेका सामग्रीलाई छिटो चयन गर्ने, निकाल्ने र एपहरूबीच सजिलै सार्ने सुविधा दिने जनाइएको छ।

त्यस्तै, अब्जेक्ट इरेजर, फिल्टर्स र इडिट सजेसन्सजस्ता क्रिएटिभ टुलहरूले फोटो एडिटिङ सजिलो बनाउने भनिएको छ।
ए५७ ५जीमा बेस्ट फेस र अटो ट्रिम जस्ता थप फिचरहरू पनि समावेश छन्।

दुवै डिभाइसमा ५० एमपी मुख्य क्यामेरा सहितको ट्रिपल क्यामेरा सेटअप छ। यसले विभिन्न प्रकाश अवस्थाहरूमा स्पष्ट र डिटेल फोटो खिच्न मद्दत गर्छ।

दुवै डिभाइसमा 50MP मुख्य क्यामेरा सहितको ट्रिपल क्यामेरा सेटअप छ, जसले विभिन्न प्रकाश अवस्थाहरूमा स्पष्ट र डिटेल फोटो खिच्न मद्दत गर्छ।

यसमा अपग्रेड गरिएको सीपीयू, जीपीयू र एनपीयूले स्मूथ मल्टिटास्किङ, स्ट्रिमिङ र कन्टेन्ट क्रिएसनलाई सहयोग गर्ने कम्पनीले जनाएको छ। साथै ५ हजार एमएएच ब्याट्रीले यो फोन २ दिनसम्म प्रयोग गर्न सकिन्छ। ए५७ ५जीमा सुपर फास्ट चार्जिङ २.० पनि उपलब्ध छ।

कुन मोडलको कति पर्छ मूल्य?

The post सामसङले नेपालमा लन्च गर्‍यो ग्यालेक्सी ए५७ ५जी र ग्यालेक्सी ए३७ ५जी, मूल्य कति? appeared first on BIZMANDU.

Read more news from BIZMANDU

Explore by Source or Category