npl.977 Nepal News Stream

#कला

देशसञ्चार logo देशसञ्चार

फिल्म ‘परालको आगो’को ट्रेलर सार्वजनिक

देश सञ्चार 13 hours ago

काठमाडौँ- गुरुप्रसाद मैनालीको कृति ‘परालको आगो’ मा आधारित सोही नामको फिल्मको मर्मस्पर्शी ट्रेलर युट्युबमा सार्वजनिक गरिएको छ। आगामी वैशाख ११ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘परालको आगो’को ट्रेलर बिहीबार निर्माण टिमले एक कार्यक्रम गर्दै सार्वजनिक गरेको हो।

ट्रेलर सार्वजनिक गर्न निर्माताले बिहीबार पत्रकार सम्मेलनसमेत आयोजना गरेका थिए।

लक्ष्मण सुनार निर्देशित फिल्मको ट्रेलर मुख्य कलाकार प्रकाश सपूत र सुहाना थापामा केन्द्रित छ। महिलाको सम्मान गर्दा घरमा उज्यालो र प्रफुल्ल हुन्छ भन्ने सन्देश दिने परालको आगो फिल्मले परिवार र दम्पतीमा आधारित छ। एक दम्पती जो धनी छ तर दैनिक झगडा गर्छ र अशान्त छ। अर्को दम्पती जो गरिब छ तर खुसी छ। पति पत्नीको सम्बन्धमा सबैभन्दा महत्वपूर्ण कुरा प्रेम, सम्मान र समझदारी महत्वपूर्ण रहेको सन्देश दिइएको छ।

पति–पत्नीबीचको सम्बन्ध परालको आगोजस्तै ह्वार्र बल्ने र तत्कालै निभ्ने भएकाले प्रेम बाँडेर जिउन सिकौं भन्ने सन्देश यसमा छ। ट्रेलर हेर्दा, प्रकाश सपुत र सुहाना थापाले शीर्ष दम्पतीको भूमिका निर्वाह गरेका छन्।

सौगात मल्ल र सिर्जना अधिकारीले गरिब तर सुखी दम्पतीको भूमिका निर्वाह गरेका छन्। ग्रामीण परिवेशमा छायांकन गरिएको यो फिल्मले हामीलाई मैनालीको कृतिको परिवेशमा यात्रा गराउँछ। दशकौंअघि मैनालीले नेपाली समाजको तत्कालिन परिवेशलाई आधार मानेर कथा लेखेपनि, यतिबेला पनि यो कथा सान्दर्भिक हुन आउँछ।

हरिओम सिने मेकर्स प्रालिको ब्यानरमा निर्माण भएको फिल्मका लगानीकर्ता सुशील पोखरेल हुन्।

Explore by Source or Category