इन्द्र कमल रोक्का
|
23 minutes ago
काठमाडौं । नेपालको व्यवसायिक पारिस्थितिक प्रणालीलाई डिजिटल रूपमा सशक्त बनाउने उद्देश्यसहित नेपालमा पहिलो राष्ट्रिय व्यवसाय खोज मञ्च ‘फाउन्डर्स नेपाल’ सार्वजनिक भएकाे छ। एभरेस्ट इन्जिनियरिङ कलेजका भुवन प्रसाद जोशीको अवधारणामा विकसित यस मञ्चले साना, मझौला तथा ठूला सबै प्रकारका व्यवसायलाई एउटै डिजिटल प्लेटफर्ममा ल्याई उनीहरूको पहुँच विस्तार र बजार प्रवर्द्धनमा सहयोग गर्ने लक्ष्य लिएको छ।
इन्द्र कमल रोक्का
|
26 minutes ago
काठमाडौं । ‘नेपाल उड, इन्टेरियर तथा फर्निचर अन्तर्राष्ट्रिय प्रदर्शनी २०८२’ सफलतापूर्वक सम्पन्न भएको छ ।
इन्द्र कमल रोक्का
|
30 minutes ago
काठमाडौं । लक्ष्मी ग्रुपले आफ्नो स्थापनाको ५२औं वर्ष पूरा गरेको छ। सन् १९७३ मा ‘लक्ष्मी मिठाई भण्डार’ नामक एउटा सानो पसलबाट सुरु भएको यो यात्रा आज ५२ वर्ष पुग्दा एक ठूलो र सफल व्यावसायिक घराना (कम्पनी) को रूपमा विकसित भएको छ। विगतका वर्षहरूमा यस ग्रुपले विभिन्न क्षेत्रहरूमा आफ्नो व्यवसाय फैलाएको छ।
इन्द्र कमल रोक्का
|
35 minutes ago
काठमाडौं । घर घरमा विश्वासको साथी बनेको ब्रान्ड क्रम्प्टनले यस चिसो याममा ग्राहकहरूका लागि रोमाञ्चको नयाँ आयोजना लिएर आएको छ । ‘द अल्टिमेट विंटर ब्रेक’ अभियान अन्तर्गत अब ग्राहकहरूले क्रम्प्टनको उत्पादन खरिद गर्दै मुम्बईको वानखेडे स्टेडियममा आइसीसी टि-२० विश्वकप २०२६ को नेपाली टिमको खेल प्रत्यक्ष हेर्न पाउने ठूलो अवसर पाउनेछन् ।
इन्द्र कमल रोक्का
|
43 minutes ago
काठमडौं । अङ्ग्रेजी महिनाको अन्तिम शुक्रबार नेपालयको ‘आर’शालामा आयोजना हुँदै आएको सांगीतिक कार्यक्रममा यसपटक गायक तथा संगीतकार आभासका सांगीतिक सिर्जनाहरू प्रस्तुत हुने भएका छन् । विगत २० वर्ष पहिले सुरु भएको पलेँटी कार्यक्रमलाई संगीतकार आभासले नै संयोजन गर्दै आएका छन् । डिसेम्बरको अन्तिम शुक्रबार र शनिबार हुने पलेँटीको सहगायनमा अभिज्ञा घिमिरे रहने भएकी छिन् ।
इन्द्र कमल रोक्का
|
47 minutes ago
काठमाडाैं । गत शुक्रबार अर्थात् पौष ४ गतेबाट प्रदर्शनमा आएको सिनेमा ‘झरीपछिको इन्द्रेणी’को नयाँ गीत सार्वजनिक गरेको छ । हलमा प्रदर्शरत सिनेमाले दर्शकबाट उत्कृष्ट प्रतिक्रिया पाइरहेका बेला निर्माण टिमले सिनेमाप्रति अझै दर्शकको आकर्षण बढाउन आइतबार नयाँ गीत ‘जब फर्किन्छु घर’ सार्वजनिक गरेको हो ।
इन्द्र कमल रोक्का
|
51 minutes ago
काठमाडौं । नबिल बैंकले युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्ड, २०२५ अन्तर्गत नेपालको ‘बेस्ट ट्रान्ज्याक्सन बैंक अवार्ड’ प्राप्त गरेको छ । बैंकले ट्रान्ज्याक्सन बैंकिङ क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरको प्रविधिमैत्री र ग्राहककेन्द्रित सेवा प्रवाह गरेको उल्लेख गर्दै उक्त अवार्ड प्रदान गरिएको हो ।
इन्द्र कमल रोक्का
|
1 hour ago
काठमाडौं । बाइस्कोप सिनेमाको ब्यानरमा निर्माण भएको चलचित्र परानले देशभरका ३० बढी हलमा आफ्नो प्रदर्शनको ५१ औं दिन पुरा गरेको छ । यो अवसरमा परान टिमले बुढानिलकण्ठस्थित पवित्र समाजसेवा नेपाल आश्रममा पुगेर न्यानो कपडा वितरण गर्यो । चलचित्रका निर्माता रन्जित आचार्यका अनुसार आश्रममा आश्रित ६५ जना अनाथ तथा बृद्धबृद्धाका लागी न्यानो कपडा बितरण गरियो ।
इन्द्र कमल रोक्का
|
1 hour ago
काठमाडौं । स्मार्ट घरेलु उपकरण ब्रान्ड माइडियाले नेपाली उपभोक्ताहरूलाई विश्वस्तरीय अनुभवसँग जोड्न एक रोमाञ्चक ग्राहक अभियान सुरु गरेको छ। ‘खरिद गर्नुहोस्, जित्नुहोस्, उड्नुहोस्’ अन्तर्गत यस अभियानको मुख्य आकर्षण भनेको आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत नेपालको महत्वपूर्ण खेल मुम्बईको वानखेडे स्टेडियममा प्रत्यक्ष हेर्न पाउने सुनौलो अवसर हो।
इन्द्र कमल रोक्का
|
1 hour ago
इन्द्र कमल रोक्का
|
1 hour ago
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अनलाइन टिभी मिडियाहरुलाई नीतिगत रुपमा सुधार गरेर लैजान आवश्यक रहेको बताएका छन् । आइतबार मन्त्रालयमा आयोजित छलफल कार्यक्रममा उनले अनलाइन टिभी मिडियाहरुलाई नीतिगत रुपमा सुधार गरेर लैजान आवश्यक रहेको बताउँदै यसमा सरकारले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताएका हुन् ।
इन्द्र कमल रोक्का
|
1 hour ago
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मुलुकमा शान्ति र स्थिरताका लागि प्रतिनिधिसभाको निर्वाचन तोकिएकै समयमा हुनुपर्ने बताएकी छन् । प्रधानमन्त्री कार्कीले इलाम क्षेत्र नं २ का निवर्तमान सांसद सुहाङ नेम्बाङ नेतृत्वको प्रतिनिधिमण्डलसँग सिंहदरबारमा आज भएको भेटमा यो सरकार चुनाव गराउनैका लागि आएकाले अब कुनै दुविधा नराखी चुनावको तयारी गर्न पनि आग्रह गरेका हुन् ।
इन्द्र कमल रोक्का
|
1 hour ago
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले आफ्नो कार्यकालको १०० दिनको प्रगति विवरण सार्वजनिक गरेका छन् । आइतबार मन्त्रालयमा आयोजित एक कार्यक्रमकाबीच उनले १०० दिनको अवधिमा भएका ३० बुँदे उपलब्धीहरु सावर्जनिक गरेका हुन् ।
इन्द्र कमल रोक्का
|
2 hours ago
काठमाडाैं । पाकिस्तानले दोस्रो पटक एसीसी यू-१९ एसिया कपको उपाधि आफ्नो पोल्टामा पारेको छ। आजकाे फाइनल खेलमा ओपनर समीर मिन्हासको कीर्तिमानी ब्याटिङ र अली रजाको धारिलो बलिङको मद्दतले पाकिस्तानले भारतलाई १९१ रनको विशाल अन्तरले पराजित गरेको हाे ।
इन्द्र कमल रोक्का
|
2 hours ago
काठमाडाैं । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश, २०८२ बमोजिम आसन्न निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ समावेशी समूहको प्रतिशत निर्धारण गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा शुक्रबार प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश, २०८२ जारी गरेका थिए ।
इन्द्र कमल रोक्का
|
2 hours ago
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जेनजीले गरेको विद्रोहलाई क्रान्तिमा परिवर्तन गर्न बाँकी रहेको बताएका छन् । आइतबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित स्वागत कार्यक्रममा उनले जेनजीले गरेको विद्रोहलाई क्रान्तिमा परिवर्तन गर्न बाँकी रहेको भन्दै अहिलेको नेतृत्व र पुस्ताले भत्किएका जलेका संरचनाहरु बनाउने मात्र होइन बदल्ने पनि काम गर्ने बताए ।
इन्द्र कमल रोक्का
|
3 hours ago
काठमाडौँ। बेलायतमा तपाई के गर्नुहुन्छ ? धेरैको बुझाई हुनसक्छ, काम गर्ने अनि कमाउने । तर, दुई दशकदेखि बेलायत (युके) मा बस्दै आएकी पुनम गुरुङका सन्दर्भमा यो बुझाइ विपरीत छ । उनी, यो प्रश्नमा सधैँ एउटै उत्तर दिन्छिन्, “बेलायतमा अरुले कमाउँछन्, म समाज सेवा गर्छु । अरुलाई सहयोग गर्छु, त्यो पनि निःस्वार्थ ।
इन्द्र कमल रोक्का
|
3 hours ago
काठमाडौं । जेनजी पुस्ता नेतृत्वको भ्रष्टाचारविरोधी आन्दोलनले नेपालको राजनीतिक भुइँचालो ल्याएपछि नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी जस्ता शीर्ष शक्तिहरू खरानीको धुलो टक्टक्याउँदै उठ्दैछन् । यो आन्दोलनले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको सरकार ढालेर अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा संक्रमणकालीन सरकार गठन गर्यो, र निर्वाचन तय भयो ।
इन्द्र कमल रोक्का
|
3 hours ago
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले संसद् पुनर्स्थापनाका लागि दौडधुप भइरहेको भन्ने सूचना आफूले पाएको भन्दै षड्यन्त्रको आँखा बन्द गर्न आग्रह गरेका छन् । आइतबार पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा पुगेका उनले यस्तो बताएका हुन् । ‘म सुनिरहेको छु, संसद् पुनर्स्थापनाका लागि दौडधुप गर्न थाले रे ।
इन्द्र कमल रोक्का
|
3 hours ago
जुम्ला। तातोपानी गाउँपालिकामा हालसम्म रु सात करोड २४ लाख ९० हजार खर्च भएको छ । चालु आर्थिक वर्ष २०८२÷८३ का लागि रु ५३ करोड ५९ लाख ८२ हजारको बजेट विनियोजन भएकामा अहिलेसम्म करिब रु सात करोड २५ लाख मात्र खर्च भएको पालिकाले जनाएको छ ।