npl.977 Nepal News Stream

Kendrabindu logo

Kendrabindu

kendrabindu: Trusted Nepali News for Every Reader

दमक चोकमा खुल्यो ‘माया क्याफे’, राई इज किङ राजेश पायल राईले गरे उद्घाटन

इन्द्र कमल रोक्का | 27 minutes ago
काठमाडौं । झापाको व्यापारिक मुटु दमक चोकमा नयाँ वर्ष २०८३ को अवसरमा ‘माया क्याफे’ सञ्चालनमा आएको छ । लोकप्रिय गायक राजेश पायल राई (राई इज किङ) द्धारा उद्घाटन गरिएको उक्त क्याफे पूर्व राष्ट्रिय फुटबल खेलाडी तथा सामाजिक व्यक्तित्व गजेन्द्र देवान (गजु) ले आफ्नी दिवंगत पत्नी माया राई देवानको सम्झनामा सञ्चालनमा ल्याएका हुन् ।

आइपीएल इतिहासकै सर्वाधिक सफल क्लब मुम्बईको चौथो लज्जास्पद हार, अपराजित पन्जाब शीर्षमा

इन्द्र कमल रोक्का | 1 hour ago
काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपीएल) २०२६ मा पन्जाब किङ्सले आफ्नो अपराजित यात्रा कायम राख्दै मुम्बई इन्डियन्सलाई वानखेडे स्टेडियममा ७ विकेटले पराजित गरेको छ । बिहीबार भएको यो खेलमा पन्जाबले १६.३ ओभरमै १९६ रनको लक्ष्य पूरा गर्दै सिजनको चौथो जित दर्ता गरेको हो ।

संसद्मा प्रमुख प्रतिपक्षको भूमिका प्रभावकारी रूपमा निर्वाह गर्ने कांग्रेस निर्णय

इन्द्र कमल रोक्का | 1 hour ago
काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले संसद्मा प्रमुख प्रतिपक्षको भूमिका प्रभावकारी रूपमा निर्वाह गर्ने र सरकारका सकारात्मक काममा सहयोग गर्ने निर्णय गरेको छ। बिहीबार बसेको बैठकले लोकतान्त्रिक मूल्य, अभिव्यक्ति स्वतन्त्रता र विधिको शासनमा कुनै सम्झौता नगर्ने जनाएको छ ।

ट्रम्पको कूटनीतिक दबाबमा इसराइल–लेबननबीच १० दिने युद्धविराम

इन्द्र कमल रोक्का | 1 hour ago
काठमाडौं । इजरायल र लेबनानबीच १० दिने युद्धविरामको सहमति भएको छ। नेपाली समयअनुसार आज शुक्रबार बिहान २ः४५ बजेदेखि इसराइल र लेबनानबीच १० दिने अस्थायी युद्धविराम लागू भएको हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नै सामाजिक सञ्जाल एक्समा यो घोषणा गर्दै दुवै देशका नेतासँगको प्रत्यक्ष कुराकानीपछि सहमति जुटेको बताएका छन्।

युरो, पाउन्ड र दिनारको भाउ निरन्तर ओरालो, जापानी येन र अमेरिकी डलरको अवस्था कस्तो ?

इन्द्र कमल रोक्का | 2 hours ago
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४८ रुपैयाँ ८२ पैसा र बिक्रीदर १४९ रुपैयाँ ४२ पैसा तोकिएको छ ।

आज आमाको मुख हेर्ने दिन, मातातीर्थमा भक्तजनको घुइँचो

इन्द्र कमल रोक्का | 2 hours ago
काठमाडौँ । प्रत्येक वर्ष वैशाख कृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर आमालाई मीठा–मीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ मनाइँदैछ ।

फेसबुकले ल्यायो १८ वर्षपछि हराएको छोरा डम्बरबहादुर नेगीको खबर

इन्द्र कमल रोक्का | 2 hours ago
काठमाडौं । सामाजिक सञ्जाल फेसबुकमा अपलोड गरिएको एउटा भिडियोले १८ वर्षदेखि हराएको छोराको खबर ल्याएपछि शुक्लाफाँटा नगरपालिका–१२ का डम्बरबहादुर नेगीको परिवारमा खुसीयाली छाएको छ। लामो समयदेखि सम्पर्कविहीनरहेका छोरा दीपक जीवित रहेको खबर पाएपछि परिवार पुनर्मिलनको प्रतीक्षामा छ।

पश्चिमी र स्थानीय वायुको प्रभावको कारण आज केही स्थानमा वर्षा र हिमपात, तराईमा गर्मी

इन्द्र कमल रोक्का | 2 hours ago
काठमाडौँ । हाल पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभावका कारण देशका अधिकांश भागमा आंशिक बदली भएको छ । हिमाली भागमा साधारणतया बदली, पहाडी क्षेत्रमा आंशिक बदली तथा तराईमा मुख्यतया सफा मौसम रहेको छ । कोशी प्रदेशका पहाडी भेगका एकदुई स्थानमा हल्का वर्षा तथा हिमपात भइरहेको छ ।

विश्वमा प्रचलनमा रहेका वैश्विक नेतृत्व मोडेलहरू

इन्द्र कमल रोक्का | 13 hours ago
काठमाडाैं । लोकतान्त्रिक व्यवस्थामा राजनीतिक दलहरू नै राज्य सञ्चालनका मेरुदण्ड हुन् । दलहरूको व्यवस्थापन, सञ्चालन प्रणाली, संगठनात्मक ढाँचा र नेतृत्व छनोट प्रक्रिया राम्रो रहँदा ती देशहरुले राम्रो प्रगति गर्न सक्छन् । दलहरूको व्यवस्थापन अस्तव्यस्त हुँदा देशमा राजनीतिक अस्थिरता, भ्रष्टाचार, सेवा प्रवाहमा अनियमितता र राज्यले लिने नीतिहरूमा पनि अस्थिरता अवस्था रहन्छ ।

कांग्रेसको विवादसम्बन्धी सुनुवाइ ‘हेर्दादेर्है’ मा

इन्द्र कमल रोक्का | 13 hours ago
काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसको आधिकारिकता विवाद र १५औँ महाधिवेशनको कार्यतालिका स्थगनको माग गर्दै दायर भएको रिट निवेदनको सुनुवाइ ‘हेर्दादेर्है’ मा राखिएको छ । न्यायाधीशद्वय शारङ्गा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासमा आज सुनुवाइ हुँदाहुँदै नभ्याएपछि हेर्दाहेर्दैमा शुक्रबारका लागि राखिएको हो ।

पाहुनालाई स्वागत गर्न तैयार ‘एक मुठ्ठी बादल’ परिवार

इन्द्र कमल रोक्का | 13 hours ago
काठमाडाैं । एक मुठ्ठी बादल: माई सेयर अफ स्काईले आफ्नो आधिकारिक पोस्टर सार्वजनिक गरेको छ। पोस्टरले चलचित्र भित्र रहेका सम्पूर्ण कलाकारलाई चिनाउँदै चलचित्रको कथा पारिवारिक कथामा केन्द्रित रहेको संकेत गर्छ। पोस्टरको केन्द्रमा आँचल शर्मा छन् भने उनको वरिपरि परिवारका सदस्यहरू बसेका छन्। घरभित्र सजिएको अवस्थामा रहेका उनीहरूको लवाइले कसैलाई स्वागत गर्न पर्खेझैँ देखिन्छ।

एनसेल प्रयोगकर्तालाई हिमालयन जाभा कफीको प्रत्येक चुस्कीमा छुट

इन्द्र कमल रोक्का | 13 hours ago
काठमाडौं । बिहानीको कफी होस् वा व्यावसायिक बैठक अनि जमघट वा साँझको आराम, अब कफीको प्रत्येक चुस्कीले एनसेल ग्राहकहरूलाई अझ धेरै नजिक ल्याउनेछ ।

इनड्राइभको ‘राइड मोर, विन मोर’ क्याम्पेन जारी, स्मार्टफोन जित्ने मौका

इन्द्र कमल रोक्का | 13 hours ago
काठमाडौं । विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले नेपाली नयाँ वर्ष २०८३ को अवसरमा आफ्ना प्रयोगकर्ताहरूका लागि ‘राइड मोर, विन मोर’ क्याम्पेन सार्वजनिक गरेको छ । नयाँ वर्षको उमङ्ग र यात्रालाई अझ उत्साहजनक बनाउन कम्पनीले आकर्षक पुरस्कारसहितको यो योजना ल्याएको हो ।

सांसद बसु माया तामाङलाई एनआईसीसीआईकाे सम्मान तथा अभिनन्दन

इन्द्र कमल रोक्का | 13 hours ago
काठमाडाैं । नेपाल इटाली उद्योग वाणिज्य संघ (एनआईसीसीआई) ले नवनिर्वाचित सांसद बसु माया तामाङलाई सम्मान तथा अभिनन्दन गरेको छ । अध्यक्ष संजय अग्रवालको नेतृत्व तथा बोर्ड सदस्यको उपस्थितिमा आयोजित कार्यक्रम सिद्धार्थ वनस्थली इन्स्टिच्युटमा सम्पन्न भएको हो । संघकी सम्मानित सदस्यसमेत रहेकी तामाङलाई व्यवसायिक समुदाय र सामाजिक विकासमा दिएको योगदान, नेतृत्व तथा सक्रियताका लागि चिनिन्छ ।

बाइक-स्कुटर साटेर टियागो इभि चढ्ने मौकाः ‘स्विच टु टियागो इभी’एक्सचेन्ज क्याम्प सुरु हुँदै

इन्द्र कमल रोक्का | 14 hours ago
काठमाडौं । सिप्रदीका लागि नेपालको आधिकारिक वितरक टाटा मोर्टसले विशेष एक्सचेन्ज योजना सार्वजनिक गरेको छ । ‘स्विच टु टियागो इभी’ नाम दिइएको यो अभियान अन्तर्गत ग्राहकहरूले आफ्नो पुरानो बाइक वा स्कुटर साटेर नयाँ टाटा टाइगो इभी घर लैजान सक्नेछन् ।

दीपक खड्कालाई थुनामुक्त गर्न आदेश

इन्द्र कमल रोक्का | 14 hours ago
काठमाडौं । पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता दीपक खड्कालाई थुनामुक्त गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । सर्वोच्चकी कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश श्रीकान्त पौडेलको संयुक्त इजलासले बिहीबार खड्काले दिएको बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाई गर्दै थुनामुक्त गर्न आदेश दिएको हो ।

रुखको हाँगा काट्ने क्रममा लडेर बीचमै अड्किएका व्यक्तिको सकुशल उद्धार

इन्द्र कमल रोक्का | 14 hours ago
गुल्मी । गुल्मीको धुर्कोट गाउँपालिकामा रुखको हाँगा काट्ने क्रममा लडेर बीचमा अड्किएका एक जनालाई प्रहरीले उद्धार गरेको छ । धुर्कोट-७ वाग्लाको फूलबारीका ३४ वर्षीय मुक्तबहादुर कुमाल आज बिहान आफ्नै घर नजिकै रहेको पीपलको रुखमा चढी हाँगा काट्ने क्रममा अचानक हाँगाले लाग्दा रुखको बीचमा अड्किएका थिए ।

ऊर्जा तथा जलस्रोत क्षेत्रको संरचनात्मक सुधार गरी नतिजामुखी बनाउन निर्देशन

इन्द्र कमल रोक्का | 14 hours ago
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले ऊर्जा तथा जलस्रोत क्षेत्रको संरचनात्मक सुधार, पारदर्शिता अभिवृद्धि र कार्यसम्पादनलाई नतिजामुखी बनाउन सम्बन्धित निकायलाई निर्देशन जारी गरेका छन् । उनले आज समय सीमासहित विस्तृत कार्ययोजना पेस गर्न सम्बन्धित निकायलाई निर्देशन जारी गरेका हुन् ।

Explore news by Category