npl.977 Nepal News Stream

Kendrabindu logo Kendrabindu

दमक चोकमा खुल्यो ‘माया क्याफे’, राई इज किङ राजेश पायल राईले गरे उद्घाटन

इन्द्र कमल रोक्का 1 hour ago

काठमाडौं । झापाको व्यापारिक मुटु दमक चोकमा नयाँ वर्ष २०८३ को अवसरमा ‘माया क्याफे’ सञ्चालनमा आएको छ । लोकप्रिय गायक राजेश पायल राई (राई इज किङ) द्धारा उद्घाटन गरिएको उक्त क्याफे पूर्व राष्ट्रिय फुटबल खेलाडी तथा सामाजिक व्यक्तित्व गजेन्द्र देवान (गजु) ले आफ्नी दिवंगत पत्नी माया राई देवानको सम्झनामा सञ्चालनमा ल्याएका हुन् ।

किरात राई समुदायसँग गहिरो सम्बन्ध भएको राईले दमक जस्ता क्षेत्रमा आफ्नो कार्यक्रम र भ्रमणमार्फत स्थानीय कला, संस्कृति र व्यवसायलाई निरन्तर प्रोत्साहन दिँदै आएका छन्। उनको उपस्थितिले माया क्याफेलाई मात्र होइन, दमकको समग्र पर्यटन र कफी संस्कृतिलाई राष्ट्रिय स्तरमा चिनाउने माध्यम बनेको छ । सीमित व्यक्तित्वहरूको उपस्थितिमा बिना ठूलो तामझाम गरिएको यो उद्घाटनले क्याफेलाई अझ पारिवारिक र भावनात्मक बनाएको थियो ।

माया क्याफे दमक चोकको मुटुमा अवस्थित छ । आधुनिक डिजाइन, एसी सुविधायुक्त आरामदायी वातावरण र सुन्दर इन्टेरियरले यो क्याफेलाई दमकका युवा तथा कफी पारखीहरूको प्रिय ठाउँ बनाउने देखिन्छ । क्याफेको मुख्य आकर्षण इलाममै उत्पादित उच्च गुणस्तरीय नेपाली कफी हो । त्यसका साथै अन्तर्राष्ट्रिय ब्रान्डका कफी एस्प्रेसो, क्यापुचिनो, आटे, कोल्ड ब्रु र विशेष ब्लेन्डसम्मका विविध स्वाद यहाँ उपलब्ध छन् ।

Read more news from Kendrabindu

Explore by Source or Category