npl.977 Nepal News Stream

Kendrabindu logo

Kendrabindu

kendrabindu: Trusted Nepali News for Every Reader

विश्वमा प्रचलनमा रहेका वैश्विक नेतृत्व मोडेलहरू

इन्द्र कमल रोक्का | 7 hours ago
काठमाडाैं । लोकतान्त्रिक व्यवस्थामा राजनीतिक दलहरू नै राज्य सञ्चालनका मेरुदण्ड हुन् । दलहरूको व्यवस्थापन, सञ्चालन प्रणाली, संगठनात्मक ढाँचा र नेतृत्व छनोट प्रक्रिया राम्रो रहँदा ती देशहरुले राम्रो प्रगति गर्न सक्छन् । दलहरूको व्यवस्थापन अस्तव्यस्त हुँदा देशमा राजनीतिक अस्थिरता, भ्रष्टाचार, सेवा प्रवाहमा अनियमितता र राज्यले लिने नीतिहरूमा पनि अस्थिरता अवस्था रहन्छ ।

कांग्रेसको विवादसम्बन्धी सुनुवाइ ‘हेर्दादेर्है’ मा

इन्द्र कमल रोक्का | 7 hours ago
काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसको आधिकारिकता विवाद र १५औँ महाधिवेशनको कार्यतालिका स्थगनको माग गर्दै दायर भएको रिट निवेदनको सुनुवाइ ‘हेर्दादेर्है’ मा राखिएको छ । न्यायाधीशद्वय शारङ्गा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासमा आज सुनुवाइ हुँदाहुँदै नभ्याएपछि हेर्दाहेर्दैमा शुक्रबारका लागि राखिएको हो ।

पाहुनालाई स्वागत गर्न तैयार ‘एक मुठ्ठी बादल’ परिवार

इन्द्र कमल रोक्का | 7 hours ago
काठमाडाैं । एक मुठ्ठी बादल: माई सेयर अफ स्काईले आफ्नो आधिकारिक पोस्टर सार्वजनिक गरेको छ। पोस्टरले चलचित्र भित्र रहेका सम्पूर्ण कलाकारलाई चिनाउँदै चलचित्रको कथा पारिवारिक कथामा केन्द्रित रहेको संकेत गर्छ। पोस्टरको केन्द्रमा आँचल शर्मा छन् भने उनको वरिपरि परिवारका सदस्यहरू बसेका छन्। घरभित्र सजिएको अवस्थामा रहेका उनीहरूको लवाइले कसैलाई स्वागत गर्न पर्खेझैँ देखिन्छ।

एनसेल प्रयोगकर्तालाई हिमालयन जाभा कफीको प्रत्येक चुस्कीमा छुट

इन्द्र कमल रोक्का | 8 hours ago
काठमाडौं । बिहानीको कफी होस् वा व्यावसायिक बैठक अनि जमघट वा साँझको आराम, अब कफीको प्रत्येक चुस्कीले एनसेल ग्राहकहरूलाई अझ धेरै नजिक ल्याउनेछ ।

इनड्राइभको ‘राइड मोर, विन मोर’ क्याम्पेन जारी, स्मार्टफोन जित्ने मौका

इन्द्र कमल रोक्का | 8 hours ago
काठमाडौं । विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले नेपाली नयाँ वर्ष २०८३ को अवसरमा आफ्ना प्रयोगकर्ताहरूका लागि ‘राइड मोर, विन मोर’ क्याम्पेन सार्वजनिक गरेको छ । नयाँ वर्षको उमङ्ग र यात्रालाई अझ उत्साहजनक बनाउन कम्पनीले आकर्षक पुरस्कारसहितको यो योजना ल्याएको हो ।

सांसद बसु माया तामाङलाई एनआईसीसीआईकाे सम्मान तथा अभिनन्दन

इन्द्र कमल रोक्का | 8 hours ago
काठमाडाैं । नेपाल इटाली उद्योग वाणिज्य संघ (एनआईसीसीआई) ले नवनिर्वाचित सांसद बसु माया तामाङलाई सम्मान तथा अभिनन्दन गरेको छ । अध्यक्ष संजय अग्रवालको नेतृत्व तथा बोर्ड सदस्यको उपस्थितिमा आयोजित कार्यक्रम सिद्धार्थ वनस्थली इन्स्टिच्युटमा सम्पन्न भएको हो । संघकी सम्मानित सदस्यसमेत रहेकी तामाङलाई व्यवसायिक समुदाय र सामाजिक विकासमा दिएको योगदान, नेतृत्व तथा सक्रियताका लागि चिनिन्छ ।

बाइक-स्कुटर साटेर टियागो इभि चढ्ने मौकाः ‘स्विच टु टियागो इभी’एक्सचेन्ज क्याम्प सुरु हुँदै

इन्द्र कमल रोक्का | 8 hours ago
काठमाडौं । सिप्रदीका लागि नेपालको आधिकारिक वितरक टाटा मोर्टसले विशेष एक्सचेन्ज योजना सार्वजनिक गरेको छ । ‘स्विच टु टियागो इभी’ नाम दिइएको यो अभियान अन्तर्गत ग्राहकहरूले आफ्नो पुरानो बाइक वा स्कुटर साटेर नयाँ टाटा टाइगो इभी घर लैजान सक्नेछन् ।

दीपक खड्कालाई थुनामुक्त गर्न आदेश

इन्द्र कमल रोक्का | 8 hours ago
काठमाडौं । पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता दीपक खड्कालाई थुनामुक्त गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । सर्वोच्चकी कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश श्रीकान्त पौडेलको संयुक्त इजलासले बिहीबार खड्काले दिएको बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाई गर्दै थुनामुक्त गर्न आदेश दिएको हो ।

रुखको हाँगा काट्ने क्रममा लडेर बीचमै अड्किएका व्यक्तिको सकुशल उद्धार

इन्द्र कमल रोक्का | 8 hours ago
गुल्मी । गुल्मीको धुर्कोट गाउँपालिकामा रुखको हाँगा काट्ने क्रममा लडेर बीचमा अड्किएका एक जनालाई प्रहरीले उद्धार गरेको छ । धुर्कोट-७ वाग्लाको फूलबारीका ३४ वर्षीय मुक्तबहादुर कुमाल आज बिहान आफ्नै घर नजिकै रहेको पीपलको रुखमा चढी हाँगा काट्ने क्रममा अचानक हाँगाले लाग्दा रुखको बीचमा अड्किएका थिए ।

ऊर्जा तथा जलस्रोत क्षेत्रको संरचनात्मक सुधार गरी नतिजामुखी बनाउन निर्देशन

इन्द्र कमल रोक्का | 8 hours ago
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले ऊर्जा तथा जलस्रोत क्षेत्रको संरचनात्मक सुधार, पारदर्शिता अभिवृद्धि र कार्यसम्पादनलाई नतिजामुखी बनाउन सम्बन्धित निकायलाई निर्देशन जारी गरेका छन् । उनले आज समय सीमासहित विस्तृत कार्ययोजना पेस गर्न सम्बन्धित निकायलाई निर्देशन जारी गरेका हुन् ।

प्रतिनिधिसभाअन्तर्गत समितिका सदस्य हेरफेर

इन्द्र कमल रोक्का | 8 hours ago
काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाका विषयगत समितिमा रहने सदस्यको नामावली हेरफेर गरेका छन् । सभामुखले सङ्घीय संसद्को संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली, २०८० र प्रतिनिधिसभा नियमावली, २०७९ बमोजिम गठित समितिमा रहने सदस्यको नामावली हेरफेर गरेका हुन् ।

सरकारी छाप दुरुपयोग गरेको अभियोगमा तीन जना पक्राउ

इन्द्र कमल रोक्का | 10 hours ago
दाङ । सरकारी छाप दुरुपयोग गर्नुका साथै कीर्ते हस्ताक्षर गरी चोरीका मोटरसाइकल बिक्री वितरण गर्दै आएको आरोपमा तीन जनालाई प्रहरीले तुलसीपुरबाट पक्राउ गरेको छ ।

मनसुन पूर्वतयारीः २४सै घण्टा पूर्वसूचना र बाढी पूर्वानुमान सेवा सञ्चालन गरिने

इन्द्र कमल रोक्का | 11 hours ago
काठमाडौं । आगामी मनसुनलाई लक्षित गर्दै जल तथा मौसम विज्ञान विभागले सम्भावित विपद्बाट हुनसक्ने जनधनको क्षति न्यूनीकरण गर्न विस्तृत आपत्कालीन कार्ययोजना सार्वजनिक गरेको छ । विभागले मनसुन अवधिभर मौसम पूर्वानुमान, बाढी पूर्वानुमान र पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउँदै चौबिसै घण्टा सेवा सञ्चालन गर्ने जनाएको छ ।

संविधान कार्यान्वयनप्रति सरकार पूर्ण प्रतिबद्ध छ -अर्थमन्त्री डा. वाग्ले

इन्द्र कमल रोक्का | 11 hours ago
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वर्तमान संविधानप्रति सरकार पूर्ण प्रतिबद्धता रहेको बताएका छन् । आज बसेको अन्तर—सरकारी वित्तीय परिषद् तथा विषयगत समितिको बैठकमा बोल्दै उनले संविधानलाई इमान्दारीपूर्वक कार्यान्वयन गर्ने सरकारको नीति रहेको स्पष्ट पारेका हुन् । उनले संविधानका केही प्रावधानप्रति असन्तुष्टि भएपनि ती विषय संविधानभित्रै उल्लेखित धाराहरूको आधारमा संशोधन गर्न सकिने बताए ।

‘परालको आगो’काे ट्रेलर सार्वजनिक

इन्द्र कमल रोक्का | 11 hours ago
काठमाडौं । नेपाली साहित्यकार गुरुप्रसाद मैनालीको चर्चित कृति ‘परालको आगो’ मा आधारित सोही नामको चलचित्रको मर्मस्पर्शी ट्रेलर सार्वजनिक गरिएको छ। बिहीबार आयोजित पत्रकार सम्मेलनमार्फत ट्रेलर सार्वजनिक गरिएको हो । निर्देशक लक्ष्मण सुनारले तयार पारेको यस चलचित्रले नेपाली समाजको यथार्थ चित्रणलाई आधुनिक सन्दर्भसँग जोड्दै प्रस्तुत गर्ने प्रयास गरेको देखिन्छ ।

३३ अङ्कले घट्यो नेप्से परिसूचक

इन्द्र कमल रोक्का | 11 hours ago
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा गिरावट देखिएको छ । आज नेप्से परिसूचक ३३ दशमलव ८३ अङ्कले घटेर दुई हजार ८३३ दशमलव शून्य तीन अङ्कमा कायम भएको हो । यो एक दशमलव १८ प्रतिशतको गिरावट हो ।

सतर्कता केन्द्रद्वारा ६३२ कर्मचारीलाई कारबाही गर्न सिफारिस

इन्द्र कमल रोक्का | 11 hours ago
काठमाडौं । राष्ट्रिय सतर्कता केन्द्रले ६३२ जना कर्मचारीलाई कारबाही गर्न सम्बन्धित कार्यालय प्रमुखलाई सिफारिस गरेको छ । केन्द्रले विभिन्न कार्यालयमा छड्के अनुगमन गरी ती कर्मचारीलाई कारबाही गर्न सिफारिस गरेको केन्द्रका प्रवक्ता नारायणप्रसाद भट्टले जानकारी दिए ।

भरत खड्काले सार्वजनिक लेखा समिति सभापतिमा गराए उम्मेदवारी दर्ता

इन्द्र कमल रोक्का | 12 hours ago
काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद भरत खड्काले सार्वजनिक लेखा समिति सभापतिमा उम्मेदवारी दर्ता गराएका छन् । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीले लेखा समिति सभापति प्रमुख प्रतिपक्षी दललाई दिने निर्णय गरेसँगै बिहीबार खड्काले उम्मेदवारी दर्ता गराएका हुन् । उनलाई विपक्षी दलहरुको पनि समर्थन रहेको छ । खड्का डोटीबाट प्रत्यक्ष निर्वाचित सांसद हुन् ।

Explore news by Category