इनड्राइभको ‘राइड मोर, विन मोर’ क्याम्पेन जारी, स्मार्टफोन जित्ने मौका
काठमाडौं । विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले नेपाली नयाँ वर्ष २०८३ को अवसरमा आफ्ना प्रयोगकर्ताहरूका लागि ‘राइड मोर, विन मोर’ क्याम्पेन सार्वजनिक गरेको छ । नयाँ वर्षको उमङ्ग र यात्रालाई अझ उत्साहजनक बनाउन कम्पनीले आकर्षक पुरस्कारसहितको यो योजना ल्याएको हो ।
यो क्याम्पेन २०२६ अप्रिल १४ देखि मे ४ सम्म सञ्चालन हुने इनड्राइभले जनाएको छ । क्याम्पेन अवधिभर इनड्राइभ एपमार्फत राइड बुक गर्ने प्रयोगकर्ताहरूले विभिन्न उपहार जित्न सक्नेछन् । यसमा ‘१ राइड = १ लक्की–ड्र टिकट’को व्यवस्था गरिएको छ, जसले गर्दा जति धेरै राइड गरिन्छ, जित्ने सम्भावना पनि उति नै बढी हुनेछ ।
क्याम्पेनको मेगा गिभअवेअन्तर्गत १० भाग्यशाली विजेताले ‘अनर एक्स ७ डि’ स्मार्टफोन प्राप्त गर्नेछन् । १,००० जना प्रयोगकर्ताले १५ प्रतिशत (अधिकतम ५० रुपैयाँ) क्यासब्याक पाउनेछन् । १,००० जनालाई २०० रुपैयाँ क्यासब्याकसहित एयरलाइन प्रोमो कोड प्रदान गरिनेछ । १०० जना भाग्यशाली प्रयोगकर्तालाई ‘खल्ती प्रो’मा निःशुल्क अपग्रेड गरिनेछ ।
मेगा गिभअवेमा सहभागी हुनका लागि प्रयोगकर्ताले इनड्राइभ एपमार्फत राइड बुक गरी भुक्तानी गर्दा डिजिटल वालेट ‘खल्ती’ प्रयोग गर्नुपर्नेछ । क्याम्पेन अवधिभर प्रयोगकर्ताले आफ्नो खल्ती एपबाट इनड्राइभ ड्राइभरको खल्ती खातामा कम्तीमा दुई पटक राइडको भुक्तानी गरेको हुनुपर्ने प्रावधान राखिएको छ ।
नेपालभरका सबै प्रयोगकर्ताका लागि खुला गरिएको यस क्याम्पेनको विजेता घोषणा हरेक हप्ता गरिनेछ । विजेताहरूको विवरण इनड्राइभको आधिकारिक फेसबुक, इन्स्टाग्राम र टिकटक पेजमार्फत सार्वजनिक गरिने कम्पनीले जानकारी दिएको छ ।