npl.977 Nepal News Stream

#विविध

नेपाल न्युज logo नेपाल न्युज

अमेरिका-इरान वार्ता : पाकिस्तानी प्रधानमन्त्री कतारमा

नेपालन्युज | 1 hour ago
दोहा। संयुक्त राज्य अमेरिका र इरानबीचको युद्धविरामको प्रमुख मध्यस्थकर्ता पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफ बिहीबार कतार पुगेका छन्। वासिङ्टन र तेहरानबीच दोस्रो चरणको शान्ति वार्ताको लागि वातावरण बनाउन उनले बुधबार साउदी अरबका उच्च पदस्थ अधिकारीसँग भेटवार्ता गरेका थिए।
नेपाल न्युज logo नेपाल न्युज

इरानको पूर्ण अधिकार सुरक्षित होस् : खमेनीका सल्लाहकार

नेपालन्युज | 2 hours ago
तेहरान। इरानका सर्वोच्च नेता खामेनीका सैन्य सल्लाहकार मोहसेन रेजाईलाई उदृत गर्दै इरानको अधिकार पूर्ण सुरक्षित नभए सम्म स्ट्रेट अफ होर्मुजबाट पछि नहट्ने इरानी मिडियाले जनाएका छन्। इरानी बन्दरगाहहरूमा सैनिक नाकाबंदी गरे पछि अमेरिकालाई कडा चेतावनी दिदै यस्तो बताएको मिडियाले जनाएका छन्।
नेपाल न्युज logo नेपाल न्युज

‘इरानको पूर्ण अधिकार सुरक्षित होस्’

नेपालन्युज | 2 hours ago
तेहरान। इरानका सर्वोच्च नेता खामेनीका सैन्य सल्लाहकार मोहसेन रेजाईलाई उदृत गर्दै इरानको अधिकार पूर्ण सुरक्षित नभए सम्म स्ट्रेट अफ होर्मुजबाट पछि नहट्ने इरानी मिडियाले जनाएका छन्। इरानी बन्दरगाहहरूमा सैनिक नाकाबंदी गरे पछि अमेरिकालाई कडा चेतावनी दिदै यस्तो बताएको मिडियाले जनाएका छन्।
नेपाल न्युज logo नेपाल न्युज

भारतमा महिला आरक्षण विधेयक बहसमा

नेपालन्युज | 3 hours ago
बेइजिङ। भारतको संसद्मा महिलाका लागि एक तिहाइ सिट आरक्षण सुनिश्चित गर्ने ऐतिहासिक विधेयकमाथि बिहीबारदेखि बहस सुरु भएको छ। यस कदमले महिलाको राजनीतिक प्रतिनिधित्व बढाउने अपेक्षा गरिए पनि निर्वाचन क्षेत्र पुनः सीमांकनसँग जोडिएकाले देशको राजनीतिक सन्तुलनमा गहिरो प्रभाव पार्न सक्ने बहस चर्किएको छ।
नेपाल न्युज logo नेपाल न्युज

बेलायतद्वारा युक्रेनलाई सहयोग घोषणा

नेपालन्युज | 4 hours ago
बेलायत। बेलायतले युक्रेनको आत्मरक्षामा सघाउन सहयोग घोषणा गरेको छ। जसमा कम्तिमा एक लाख २० हजार ड्रोन सहित, आर्थिक विकासलाई बढावा दिने र बेलायत भित्र रोजगारी सिर्जना गर्ने लक्ष्य राखिएको जनाइएको छ। घोषणा बेलायतका रक्षा सचिव जोन हेलीको युक्रेन रक्षा सम्पर्क समूहको ३४ औँ बैठकको लागि बर्लिन गएको अवसरमा भएको जनाइएको छ।
नेपाल न्युज logo नेपाल न्युज

अब चिडियाखानालाई तीन वर्गमा वर्गीकरण गरिने

नेपालन्युज | 4 hours ago
भीष्मराज ओझा/रासस काठमाडौं। सरकारले अब चिडियाखानाको वर्गीकरण गर्ने भएको छ । वन तथा वातावरण मन्त्रालयले चिडियाखानाको क्षेत्रफल, वन्यजन्तुको सङ्ख्या तथा अन्य सेवा सुविधाका आधारमा चिडियाखानालाई वर्गीकरण गर्न कानुनी प्रक्रिया अघि बढाएको छ । मन्त्रालयले ‘चिडियाखाना, वन्यजन्तु उद्धार केन्द्र तथा वन्यजन्तु अस्पताल स्थापना तथा सञ्चालनसम्बन्धी मापदण्ड, २०८२ को मस्यौदा’ उपर राय/सुझाव माग गरेको छ ।
नेपाल न्युज logo नेपाल न्युज

काठमाडौं महानगर र नेपाल प्रहरीबीच सहकार्य गर्ने बारे छलफल

नेपालन्युज | 5 hours ago
काठमाडौं। काठमाडौंका सडक र सहरी सुरक्षाका लागि काठमाडौं महानगरपालिकाले नेपाल प्रहरीसँग सहकार्य गर्ने भएको छ । महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोल र प्रहरी महानिरीक्षक दानबहादुर कार्कीबीच आज भेट भएको थियो । सो भेटमा काठमाडौँभित्रका सडक, सहरी सुरक्षा र सहरी व्यवस्थापन थप बलियो बनाउन सहकार्य गर्ने विषयमा छलफल भएको महानगरपालिकाले जनाएको छ ।
नेपाल न्युज logo नेपाल न्युज

युक्रेनमा रूसी आक्रमण, १४ जनाको मृत्यु

नेपालन्युज | 5 hours ago
युक्रेन। युक्रेनमा भएको पछिल्लो रूसी आक्रमणमा परी कम्तिमा १४ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन्। अधिकारीहरूका अनुसार युक्रेनमा भएको रूसी आक्रमणमा मृत्यु हुनेमा दुई जना बालबालिकाहरु समेत रहेका छन्। युद्धरत पक्षका अनुसार युद्धविराम उल्लङ्घनको आरोपले बिग्रिएको ३२ घण्टाको अर्थोडक्स इस्टर युद्धविरामको अन्त्य पछि पुनः आक्रमण भएको हो।
नेपाल न्युज logo नेपाल न्युज

पर्सामा नागरिकतासँगै राष्ट्रिय परिचयपत्र

नेपाल न्युज | 6 hours ago
काठमाडौँ। जिल्ला प्रशासन कार्यालय पर्साले आजदेखि नयाँ नागरिकता प्राप्त गर्नासाथ राष्ट्रिय परिचयपत्रका लागि ‘बायोमेट्रिक’ लिने व्यवस्था सुरुआत गरेको छ। प्रमुख जिल्ला अधिकारी भोला दाहालले नयाँ नागरिकता लिने सेवाग्राहीलाई तत्कालै राष्ट्रिय परिचयपत्रका लागि ‘बायोमेट्रिक’ लिने व्यवस्था सुरुआत गरेको बताए।
नेपाल न्युज logo नेपाल न्युज

इरान-अमेरिका वार्तामा सम्झौताप्रति आशा

नेपाल न्युज | 7 hours ago
वासिङ्टन। इरानसँगको शान्ति वार्ताको दोस्रो चरण अघि बढाउने विषयमा पाकिस्तानमार्फत कूटनीतिक प्रयास तीव्र भइरहेका बेला संयुक्त राज्य अमेरिकाले सम्झौतामा पुग्ने सम्भावनाप्रति आशावादी रहेको जनाएको छ। वासिङ्टनले पाकिस्तानमा सम्भावित नयाँ वार्ताबारे छलफल जारी रहेको पुष्टि गर्दै कूटनीतिक समाधानतर्फ सकारात्मक संकेत देखिएको बताएको हो।
नेपाल न्युज logo नेपाल न्युज

लागूऔषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ

नेपाल न्युज | 7 hours ago
काठमाडौँ। नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित १३ जनालाई पक्राउ गरेको छ। उनीहरू बुधबार पक्राउ परेका हुन्।
नेपाल न्युज logo नेपाल न्युज

लागूऔषधसहित १३ जना पक्राउ

नेपाल न्युज | 7 hours ago
काठमाडौँ। नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित १३ जनालाई पक्राउ गरेको छ। उनीहरू बुधबार पक्राउ परेका हुन्।
नेपाल न्युज logo नेपाल न्युज

अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता

नेपाल न्युज | 7 hours ago
कायरो। करिब सात हप्तादेखि जारी अमेरिका–इरान युद्धलाई कूटनीतिक बाटोबाट समाधानतर्फ लैजान प्रयास तीव्र बनिरहेका बेला पाकिस्तान नयाँ प्रमुख मध्यस्थकर्ताको रूपमा उभिएको छ। यसै क्रममा पाकिस्तानी सेना प्रमुख तेहरान पुगेर इरानी नेतृत्वसँग वार्ताको अर्को चरण अघि बढाउने तयारीमा जुटेका छन्।
नेपाल न्युज logo नेपाल न्युज

स्याउका बोट सेताम्मे

नेपाल न्युज | 8 hours ago
मुस्ताङ। मुस्ताङको स्याउ बगैँचा सेताम्मे भएका छन्। बगैँचाभित्रको स्याउका बोटहरू फुलेर सेताम्मे हुँदै जान थालेका हुन्। स्याउको राजधानीका रूपमा मुस्ताङ परिचित छ। यहाँस्थित कृषि तथा पशु विकास कार्यालयका प्राविधिक सहायक शेरबहादुर रावतले गर्मी बढेसँगैस्याउ बोटहरूमा फूल फुलेर सेताम्मे हुन थालेको बताए। स्याउलाई चिलिङ (चिस्यान)को आवश्यकता पर्ने प्राविधिक सहायक उनको भनाइ छ।
नेपाल न्युज logo नेपाल न्युज

सुनचाँदीको मूल्य बढ्यो

नेपालन्युज | 9 hours ago
काठमाडौँ। नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोलामा एक सय रुपैयाँले बढेर ३ लाख दुई हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार सुन तोलामा तीन लाख दुई हजार सात सय रुपैयाँमा कारोबार भएको थियो। यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ।
नेपाल न्युज logo नेपाल न्युज

इरानको विश्वकप यात्रा सुनिश्चित

नेपालन्युज | 9 hours ago
काठमाडौँ। मध्यपूर्वमा जारी तनाव र युद्धको प्रभावबीच पनि इरानको सन् २०२६ को विश्वकप सहभागिता निश्चित रहेको फिफा अध्यक्ष जियानी इन्फान्टिनोले स्पष्ट पारेका छन्। उनका अनुसार खेलकुदलाई राजनीतिक द्वन्द्वबाट अलग राख्नुपर्छ र योग्यताका आधारमा इरानले प्रतियोगितामा भाग लिन पाउने अनिवार्य छ। सिएनबिसीद्वारा आयोजित एक आर्थिक सम्मेलनमा बोल्दै इन्फान्टिनोले इरानको सहभागितामा कुनै अन्योल नरहेको बताए।
नेपाल न्युज logo नेपाल न्युज

कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने आधार के छन् ?

नेपाल न्युज | 10 hours ago
कर्णाली। प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन्। कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत गरे।
नेपाल न्युज logo नेपाल न्युज

कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने आधार के छन्?

नेपाल न्युज | 10 hours ago
कर्णाली। प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन्। कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत गरे।
नेपाल न्युज logo नेपाल न्युज

बाँकेमा व्यावसायिक बसन्ते मकैखेती

नेपाल न्युज | 11 hours ago
बाँके। नगदे बालीको रुपमा बिक्री हुन थालेपछि बाँकेका किसान बसन्ते मकैखेतीतर्फ आकर्षित भएका छन्। जिल्लाको राप्तीसोनारी गाउँपालिका, खजुरा गाउँपालिका र नेपालगञ्ज उपमहानगरपालिकाका किसानले अहिले धमाधम बसन्ते मकैखेती गर्न थालेको कृषि ज्ञान केन्द्र बाँकेका सूचना अधिकारी वरिष्ठ बागवानी विकास अधिकृत सन्तोष पाठकले जानकारी दिए।
नेपाल न्युज logo नेपाल न्युज

रगतको माग बढ्यो, दाता घट्दो : बिरामी समस्यामा

नेपाल न्युज | 11 hours ago
चितवन। रगतको माग बढ्दै जाँदा रक्तदाताहरुको सङ्ख्या बढ्न सकेको छैन। बर्सेनि रगतको माग क्रमशः बढ्दै गए पनि रक्तदान गर्नेहरुको सङ्ख्या भने बढ्न नसकेको हो। नेपाल रेडक्रस सोसाइटी प्रादेशिक रक्तसञ्चार केन्द्र भरतपुरका प्रमुख रमेशकान्त पौडेलका अनुसार जिल्लामा रगतको माग दैनिक माग बढ्दो छ। उनका अनुसार जिल्लामा दैनिक एकसय १ सय ५० युनिटसम्म रगतको माग हुने गर्दछ।

Explore by Source or Category