npl.977 Nepal News Stream

#विविध

नेपाल न्युज logo नेपाल न्युज

संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ: नेपाली सेना

नेपालन्युज | 7 minutes ago
काठमाडौं। जेनजी आन्दोलनपछिको अवस्थालाई सहज तुल्याउने सन्दर्भमा राष्ट्रपति र कार्यपालिकाको निर्णय अधिकारको सम्मान गरेको नेपाली सेनाले उल्लेख गरेको छ । परिस्थितिलाई थप बिग्रिन नदिन जतिसक्दो छिटो सङ्कट व्यवस्थापनमा सरोकारवालाबीच संवादको वातावरण बनाउन सहजीकरण गर्नु जिम्मेवार निकायको प्रमुख दायित्व नै भएको समेत स्पष्ट पारेको छ ।
नेपाल न्युज logo नेपाल न्युज

मुस्ताङमा हिउँ चितुवाको सर्वेक्षण सुरु

नेपालन्युज | 29 minutes ago
मुस्ताङ। हिउँ चितुवाको सङ्ख्या पत्ता लगाउन मुस्ताङमा पहिलोपटक विस्तृत सर्वेक्षण सुरु गरिएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) मुस्ताङले यहाँका चार स्थानीय तहमा शनिबारदेखि क्यामेरा ट्रयापिङमार्फत हिउँ चितुवाको सर्वेक्षण सुरु गरेको हो । हिउँ चितुवाको सम्भावित बासस्थान र क्षेत्र पत्ता लगाएर एक्याप तथा अन्य सरोकारवाला सङ्घसंस्थाले क्यामेरा ट्रयापिङ गर्दै आइएको थियो ।
नेपाल न्युज logo नेपाल न्युज

भोटखोलाको सिमबोक्प डाँडामा फोरजी सेवा

नेपालन्युज | 50 minutes ago
खाँदबारी । सङ्खुवासभाको भोटखोला गाउँपालिकास्थित सिमबोक्प डाँडामा नेपाल टेलिकमको फोरजी सेवा आजदेखि सुरु भएको छ । टेलिकमको बेस ट्रान्सिभर स्टेशन (बिटीएस) अनएयर भएसँगै भोटखोला क्षेत्रका स्थानीय लाभान्वित भएका छन् । नेपाल टेलिकम खाँदबारीका प्रमुख प्रेम राईका अनुसार लामो समयदेखि सञ्चार सेवाबाट वञ्चित रहँदै आएको यस क्षेत्रका लागि फोरजी सेवा सञ्चालन हुनु महत्त्वपूर्ण उपलब्धि हो ।
नेपाल न्युज logo नेपाल न्युज

जुम्लामा ठूली भैली सुरु

नेपालन्युज | 1 hour ago
जुम्ला। कर्णालीको मौलिक पर्व संरक्षण गर्ने उद्देश्यले जुम्लामा ठूली भैली खेल्न सुरु गरिएको छ । पछिल्ला वर्षमा भैली खेल्ने चलन हराउँदै गएको उल्लेख गर्दै स्थानीयले परम्परालाई निरन्तरता दिन भैली खेल्न सुरु गरेको तिला गाउँपालिका–१ का स्थानीय शेरबहादुर रावतले जानकारी दिए । पुसको प्रतिपदाका दिनदेखि खेलिने ठूली भैली जुम्लासहित कर्णालीका पाँच वटा जिल्लामा खेलिनेछ ।
नेपाल न्युज logo नेपाल न्युज

पार्टीको महाधिवेशन सम्पन्न गरेर निर्वाचनमा भागलिनुपर्छ: महामन्त्री थापा

नेपालन्युज | 1 hour ago
काठमाडौँ। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीले १५औँ महाधिवेशन सम्पन्न गरेर निर्वाचनमा भाग लिनुपर्ने बताएका छन् । काठमाडौँ क्षेत्र नं ६ का पार्टीका कार्यकर्ता तथा मतदातालाई सम्बोधन गर्दै उनले कांग्रेसमा नियमित महाधिवेशन हुन नसके विशेष महाधिवेशन गरेर भए पनि निर्वाचनमा भाग लिनुपर्छ भने। उनले महाधिवेशनलाई टार्नका लागि पार्टीको केन्द्रीय समितिको बैठकलाई लम्ब्याइएको गुनासो गरे ।
नेपाल न्युज logo नेपाल न्युज

मनमोहक तनहुँको दुबुङ गाउँ

नेपालन्युज | 1 hour ago
डुम्रे। विगतमा पुरानो क्षेत्र तनहुँको ऋषिङको विकट क्षेत्रको रुपमा परिचित दुबुङ गाउँ फेरिएको छ । पर्यटकीय दृष्टिकोणबाट यस क्षेत्र उपयुक्त मानिन्छ । तर, विकास तथा प्रवर्द्धनको अभावले ओझेलमा परेको क्षेत्र अहिले लयमा फर्किँदै छ ।
नेपाल न्युज logo नेपाल न्युज

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

नेपालन्युज | 6 hours ago
काठमाडौँ। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आजका लागि निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४२ रुपैयाँ ५४ पैसा र बिक्रीदर १४३ रुपैयाँ १४ पैसा निर्धारण गरिएको छ ।
नेपाल न्युज logo नेपाल न्युज

निर्वाचन ७३ दिन बाँकी: यस्तो छ आयोगले तोकेको समानुपातिक तर्फ समावेशी समूहको प्रतिशत

नेपालन्युज | 6 hours ago
काठमाडौँ। राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने निर्वाचनका लागि उम्मेद्वारको बन्द सूची पेस गर्दा बढीमा ११० र कम्तीमा ११ जनाको नाम सूचीकृत गर्नुपर्ने भएको छ । आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्यको निर्वाचन हुँदैछ ।
नेपाल न्युज logo नेपाल न्युज

तपाईंको आजको राशिफल कस्तो छ?

नेपाल न्युज | 6 hours ago
काठमाडौं। आज २०८२ साल पुस ७ गते सोमबार तदनुसार सन् २०२५ डिसेम्बर २२ तारिख। पौष शुक्ल पक्षको द्वितीया तिथि। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। मेष: आज स्वास्थ्य सामान्य नै रहनेछ।
नेपाल न्युज logo नेपाल न्युज

हाङ्देवामा पशुचौपायामाथि भालुको आक्रमण

नेपालन्युज | 20 hours ago
ताप्लेजुङ। जिल्लाको फुङलिङ नगरपालिका-९ हाङ्देवामा भालुले पशुचौपायामाथि आक्रमण गरी क्षति पुर्‍याएको छ । फुङलिङ-९ का वडाध्यक्ष लक्ष्मण गुरुङले पछिल्ला केही दिनयता स्थानीय किसानका चारवटा खसी र एउटा भेँडा भालुको आक्रमणबाट मरेका जानकारी दिए । अध्यक्ष गुरुङका अनुसार नारायणप्रसाद गुरुङको एउटा भेँडा र एउटा खसी तथा भगीमान गुरुङका तीनवटा खसी भालुको आक्रमणमा मरेका हुन् ।
नेपाल न्युज logo नेपाल न्युज

भक्तपुरमा एक महिनामा १४ वटा जघन्य अपराध

नेपालन्युज | 20 hours ago
भक्तपुर। भक्तपुरमा पछिल्लो एक महिनामा १४ वटा जघन्य अपराधका घटना घटेका छन् । जिल्ला प्रहरी परिसर भक्तपुरले गत मङ्सिरभरि जिल्लामा घटेका घटनाको विवरण आज सार्वजनिक गर्दै १४ वटा गम्भीर अपराधका घटना भएका जनाएको हो ।
नेपाल न्युज logo नेपाल न्युज

राष्ट्रियसभा अध्यक्षसँग चिनियाँ राजदूतको बिदाइ भेट

नेपालन्युज | 21 hours ago
काठमाडौं। नेपालस्थित चिनियाँ राजदूत छन् सोङले राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालसँग बिदाइ भेट गरेका छन् । कार्यकाल पूरा गरेर फर्किन लागेका राजदूत सोङले आज सिंहदरबारस्थित अध्यक्ष दाहालको कार्यकक्षमा बिदाइ भेट गरेको हो । भेटमा अध्यक्ष दाहालले नेपाल बसाइका क्रममा दुई देशबीचको सम्बन्ध सुदृढ गर्न खेलेको भूमिकाको प्रशंसा गरेको राष्ट्रियसभा सचिवालयले जनाएको छ ।
नेपाल न्युज logo नेपाल न्युज

वाग्मतीमा तैरिने फोहर पदार्थ सङ्कलन गर्न ‘ट्रास बेरियर’

नेपालन्युज | 22 hours ago
काठमाडौं। सहरी विकास मन्त्रालयअन्तर्गतको अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले काठमाडौंका नदीहरूमा तैरिने फोहर सङ्कलन गर्न ‘ट्रास बेरियर’ जडान गरेको छ ।
नेपाल न्युज logo नेपाल न्युज

तिला लघुजलविद्युत् आयोजनाका उपकरण अलपत्र

नेपाल न्युज | 22 hours ago
जुम्ला। जिल्लाको तिला गाउँपालिका-२ स्थित तिला लघुजलविद्युत् आयोजनाका करोडौँ मूल्यका विद्युतीय उपकरण अलपत्र परेका छन्। लामो समयदेखि जलविद्युत् आयोजना बन्द हुँदा विद्युत् उत्पादन गर्ने विभिन्न उपकरण सडकमा अलपत्र परेका हुन् । जिल्लाका दुर्गम क्षेत्रमा विद्युत् विस्तार गर्ने उद्देश्यले निर्माण गरिएको उक्त जलविद्युत् आयोजना बन्द भएपछि लाखौँ खर्चेर खरिद गरिएका सामग्री प्रयोगविहीन बनेका स्थानीय बताउँछन्।
नेपाल न्युज logo नेपाल न्युज

कञ्चनपुर कारागारको घटना छानबिन गर्न समिति गठन

नेपाल न्युज | 22 hours ago
कञ्चनपुर। दुई दिनअघि कञ्चनपुर कारागारभित्र कैदीबन्दी र नाइकेबीच भएको झडप विवाद घटना छानबिन गर्न स्थानीय प्रशासनले समिति गठन गरेको छ। गत शुक्रबार कैदीबन्दी र नाइकेबीच कारागारभित्र विवाद हुँदा भएको झडपमा आठ कैदीबन्दी घाइते भएका थिए। घाइतेमध्ये दुई जना कारागार फर्किएका छन् भने छ जनाको महाकाली प्रादेशिक अस्पतालमा उपचार हुँदै ।
नेपाल न्युज logo नेपाल न्युज

सभामुख घिमिरेसँग चिनियाँ राजदूतले गरे बिदाई भेट

नेपाल न्युज | 22 hours ago
काठमाडौं। प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत छन् सोङले आज बिदाइ भेट गरेका छन्। सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको भेटमा द्विपक्षीय सम्बन्ध सुदृढीकरण, आर्थिक तथा विकास सहकार्य विस्तारलगायत विषयमा छलफल भएको थियो।
नेपाल न्युज logo नेपाल न्युज

व्यावसायिक वातावरण निर्माणमा सरकार प्रतिबद्ध छ- सचिव घिमिरे

नेपाल न्युज | 23 hours ago
काठमाडौँ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रामप्रसाद घिमिरेले मुलुकमा व्यावसायिक वातावरण निर्माण गर्न सरकार प्रतिबद्ध र क्रियाशील रहेको बताएका छन्। नेपाल एलपी ग्यास उद्योग सङ्घको २७औँ वार्षिकोत्सवका अवसरमा शनिबार साँझ आयोजित कार्यक्रममा उनले जेनजी आन्दोलनका कारण खस्किएको व्यवसायीको मनोबल उकास्न सरकारले योजनाबद्ध काम गरिरहेको बताए।
नेपाल न्युज logo नेपाल न्युज

ओढारमा रात कटाउनुपर्ने अवस्थाको अन्त्य

नेपाल न्युज | 23 hours ago
म्याग्दी। रघुगङ्गा गाउँपालिका–७ चिमखोलामा अवस्थित पर्यटकीयस्थल सोवाङ धुरीमा आश्रयस्थल निर्माण भएपछि ओडारमा रात कटाउनुपर्ने अवस्थाको अन्त्य भएको छ। चिमखोलाका तारा गर्बुजा पुन, लोकिन पुन, गोपिन पुन र हिरे पुनले काठ तथा जस्तापाटाको प्रयोग गरेर समुन्द्री सतहदेखि तीन हजार ८४० मिटर उचाइमा रहेको सोवाङधुरीमा आश्रयस्थल भवन निर्माण गरेका हुन् ।

Explore by Source or Category