npl.977 Nepal News Stream

नेपाल न्युज logo नेपाल न्युज

सुनचाँदीको मूल्य बढ्यो

नेपालन्युज 15 hours ago

काठमाडौँ। नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ।

 नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोलामा एक सय रुपैयाँले बढेर ३ लाख दुई हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार सुन तोलामा तीन लाख दुई हजार सात सय रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी ३० रुपैयाँले बढेर तोलामा पाँच हजार २५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। बुधबार चाँदी तोलामा पाँच हजार २२० रुपैयाँमा कारोबार भएको थियो।

Read more news from नेपाल न्युज

Explore by Source or Category