नेपालन्युज
|
7 hours ago
काठमाडौँ। यातायात व्यवसायीहरूको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले इन्धनको मूल्यवृद्धिले व्यवसायी मारमा परेको भन्दै भाडा समायोजन गर्न माग गरेको छ। महासङ्घका महासचिव डेकनाथ गौतमले आज (शुक्रबार) एक विज्ञप्ति जारी गरी अमेरिका, इजरायल र इरानबीचको द्वन्द्वका कारण नेपालमा आउने इन्धनको मूल्य बढेको र यातायात सञ्चालनमा समस्या परेको भन्दै भाडा समायोजन गर्न माग गरेका हुन्।
नेपालन्युज
|
7 hours ago
ललितपुर। नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण, एकतर्फी र चयनात्मक रहेको निष्कर्ष निकालेको छ।
नेपालन्युज
|
7 hours ago
वासिंटन। अमेरिकाले इरानी शासनलाई समझदारीसाथ काम गर्नका लागि आग्रह गरेको छ। अमेरिकी रक्षामन्त्री पिट हेग्सेथले पेन्टागनमा आयोजित पत्रकार सम्मेलनमा इरानले गलत निर्णय गरे अमेरिकी सेना तयारी अवस्थामा रहेको चेतावनी पनि दिए। उनले अमेरिकासँग लडाइँ अभियानमा सरिक हुने पर्याप्त सेना रहेको पनि दाबी गरे। “इरानले आफूले गुमाएका सैन्यको क्षमता प्रदर्शन गर्न सक्दैन ।
नेपालन्युज
|
7 hours ago
पेरिस । तेहरानले महत्त्वपूर्ण जलमार्गमा आवतजावतमा कडाइ गरेपछि अन्य देशहरूबाट आयात हुने ढुवानीमा कमी आएको र मार्चमा ‘स्ट्रेट अफ हर्मुज’ भएर अन्य मुलुकमा हुनेसामानको निर्यात र पैठारीमा अत्यधिक न्यूनता देखिएको बजार विश्लेषण गर्ने फर्म केप्लरको तथ्याङ्कले देखाएको छ। हर्मुज भएर हसने वस्तुहरूको शीर्ष निर्यातकर्ता इरान बनेको छ ।
नेपालन्युज
|
8 hours ago
काठमाडौँ। सडक सुरक्षा, सहरी सुरक्षा र सहरी व्यवस्थापनमा काठमाडौँ महानगरपालिका र नेपाल प्रहरीबीचको सम्बन्ध थप बलियो बनाइने भएको छ। काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख र प्रहरी महानिरीक्षक दानबहादुर कार्कीबीच भएको भेटमा सडक सुरक्षा, सहरी सुरक्षा र सहरी व्यवस्थापनमा अहिलेको अवस्था र आवश्यकतामा छलफल भएको छ।
नेपालन्युज
|
8 hours ago
कैलाली। भान्साको माथिल्लो तलाबाट खसेर सुदूरपश्चिम प्रदेश प्रहरी गण कार्यालय धनगढीमा कार्यरत एक कार्यालय सहयोगीको मृत्यु भएको छ। मृत्यु हुनेमा कञ्चनपुरको कृष्णपुर ३ स्थायी ठेगाना भई हाल सोही गणमा कार्यरत २७ वर्षीय अजय चौधरी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिन्सिनाले जानकारी दिए।
अनिल श्रेष्ठ
|
8 hours ago
नेपालन्युज
|
8 hours ago
काठमाडौँ। नेकपा एमालेले गत २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनको तल्लो तहबाट समीक्षा गर्न थालेको छ। एमाले केन्द्रीय कार्यालयका सचिव भीष्म अधिकारीले निर्वाचनमा बेहोर्नुपरेको पराजयको समीक्षाका लागि वडा कमिटी, पालिका कमिटी र जिल्ला कमिटीमा काम सञ्चालन भइरहेका बताए। उनले ती तीनै तहले समीक्षा प्रतिवेदन प्रदेश कमिटीलाई पठाउने र प्रदेश कमिटीले केन्द्रीय सचिवाललाई पठाउने जानकारी दिए।
नेपालन्युज
|
9 hours ago
काठमाडौं । नेपाली कांग्रेसले पेट्रोलियम पदार्थको बढ्दो मूल्यका कारण जनजीवनमा परेको असरलाई मध्यनजर गर्दै करका दर घटाएर पेट्रोलियम पदार्थको मूल्य नियन्त्रण गर्न सरकारसँग माग गरेको छ । पार्टी सभापति गगन कुमार थापाको अध्यक्षतामा बसेको कार्यसम्पादन समितिको बैठकले यस्तो निष्कर्ष निकाल्दै तत्काल हस्तक्षेप आवश्यक रहेको जनाएको हो ।
नेपालन्युज
|
9 hours ago
काठमाडौं । निजी सञ्चार माध्यमलाई सरकारी विज्ञापनबाट वञ्चित गर्ने बालेन्द्र शाह नेतृत्व सरकारको निर्णयप्रति नेपाली कांग्रेसले आपत्ति जनाएको छ । सरकारको यस्तो निर्णयले संविधानले प्रत्याभूत गरेको अभिव्यक्ति स्वतन्त्रता तथा प्रेस स्वतन्त्रतामाथि प्रत्यक्ष आघात पुग्ने जनाएको छ ।
मणि दाहाल
|
9 hours ago
नेकपा (एमाले) र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)बीच एकताको विषयमा अनौपचारिक छलफल हुन थालेको छ। २३ फागुन २०७७ मा सर्वोच्च अदालतको फैसलापछि तत्कालीन नेपाल कम्युनिष्ट पार्टी विभाजित भएर बनेका दुई घटकबीच पुन: एकताको विषयमा कुराकानी हुन थालेको हो।
नेपालन्युज
|
9 hours ago
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलले प्रधानमन्त्री बालेन्द्र शाह ‘टाइम्स म्यागाजिन’ को विश्वका १०० प्रभावशाली व्यक्तिको सूचीमा सूचीकृत भएकोमा बधाई ज्ञापन गरेको छ। बिहीबार बसेको संसदीय दलको बैठकले प्रधानमन्त्री शाहको यस उपलब्धि ऐतिहासिक भन्दै उच्च सम्मान व्यक्त गर्ने प्रस्ताव सर्वसम्मत रूपमा पारित गरेको हो।
नेपालन्युज
|
9 hours ago
मुम्बई। कृत्रिम बौद्धिकता (एआई) ले फिल्म उद्योगमा जोखिम र अवसर दुवै सिर्जना गरिरहेको छ। भारतमा एआई प्रविधिबाट पूर्ण रूपमा बनेको पहिलो सफल बलिउड फिल्म निर्माण गर्ने प्रतिस्पर्धा तीव्र बन्दै गएको छ। यही दौडमा देखिएको परियोजना ‘महाराजा इन डेनिम्स’ अहिले विशेष चासोको केन्द्र बनेको छ।
नेपालन्युज
|
9 hours ago
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह र प्रदेशका मुख्यमन्त्रीहरूबीच आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा करिब तीन घण्टा लामो छलफल भएको छ। संघीयता कार्यान्वयनका क्रममा देखिएका जटिलता समाधान गर्ने उद्देश्यले आयोजित बैठक सामान्य औपचारिकताभन्दा फरक, खुला र अन्तरक्रियात्मक शैलीमा सञ्चालन भएको बताइएको छ। छलफलका क्रममा मुख्यमन्त्रीहरूले आफ्ना क्षेत्रका समस्या तथा चुनौतीहरू प्रस्तुत गरेका थिए।
नेपालन्युज
|
9 hours ago
काठमाडौँ। सभामुख डीपी अर्यालसँग राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) नेपालमा आबद्ध फोटो पत्रकारको टोलीले भेट गरी संसदीय रिपोर्टिङका क्रममा फोटो पत्रकारले भोग्नुपरेका समस्याबारे जानकारी गराएका छन्। सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा आज (बिहीबार) भएको भेटमा एनएफपीजे नेपालका अध्यक्ष प्रदीपराज वन्तसहितको टोलीले संसदीय रिपोर्टिङका समस्याबारी जानकारी दिँदै समाधानका लागि आग्रह गरेका हुन्।
नेपालन्युज
|
10 hours ago
काठमाडौँ। सर्वोच्च अदालतले नेपाली कांग्रेसको आधिकारिकता विवाद र १५औँ महाधिवेशनको कार्यतालिका स्थगनको माग गर्दै दायर भएको रिट निवेदनको सुनुवाइ ‘हेर्दाहेर्दै’ मा राखेको छ। न्यायाधीशद्वय सारंगा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासमा आज (बिहीबार) सुनुवाइ हुँदाहुँदै नभ्याएपछि हेर्दाहेर्दैमा शुक्रबारका लागि राखिएको हो।
नेपालन्युज
|
10 hours ago
लोकेन्द्र विश्वकर्मा
|
10 hours ago
नेपालन्युज
|
10 hours ago
काठमाडौँ। सर्वोच्च अदालतले पूर्वमन्त्री दीपक खड्कालाई थुनामुक्त गर्न आदेश गरेको छ। कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश श्रीकान्त पौडेलको संयुक्त इजलासले पक्राउ पुर्जी र म्याद थप गरेको कानुनसंगत नदेखिएको भन्दै बन्दी-प्रत्यक्षीकरणको रिट निवेदन जारी गरेको छ।
नेपालन्युज
|
11 hours ago
काठमाडौँ। कृषि तथा पशुपन्छी विकास र वन तथा वातावरणमन्त्री गीता चौधरीसँग नेपालका लागि एसियाली विकास बैंक (एडिबी) का देशीय निर्देशक अर्नाउड काउचोइसले भेटवार्ता गरेका छन्। कृषि मन्त्रालयमा भएको भेटमा उनीहरूबीच कृषि क्षेत्रको विकास, लगानी विस्तार, सहकार्य सुदृढ गर्नेलगायत विषयमा छलफल भएको मन्त्री चौधरीको सचिवालयले जनाएको छ।