इरान सामान्यतया कच्चा तेल र अन्य पेट्रोलियम पदार्थ, तरल प्राकृतिक ग्याँस (एलएनजी) र मलसहित सुख्खा थोकजस्ता वस्तुहरूको पाँचौं ठूलो निर्यातकर्ता हो ।
हर्मुज भएर हुने साउदी अरब, संयुक्त अरब इमिरेट्स, इराक र कतारको निर्यात अघिल्लो १२ महिनाको औसतको तुलनामा मार्चमा कम्तिमा ९६ प्रतिशतले घटेको छ। इरानको ढुवानीमा पनि २६ प्रतिशतले गिरावट आएको तथ्याङ्कले देखाएको छ ।
फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमा आक्रमण गरेपछि तेहरानको सेनाले हर्मुज घाँटीलाई अवरुद्ध गरेको थियो । त्यसबेलादेखि इरानले अन्य मुलुक सम्वद्ध अत्यधिक न्यून जहाजहरूलाई मात्र पार गर्न अनुमति दिएको छ ।
विश्वको कच्चा तेल र एलएनजीको लगभग २० प्रतिशत हिस्सा सामान्यतया हर्मुज घाँटी हुँदै जान्छ तर युद्धपछि तेहरानले यसलाई अस्तव्यस्त बनाउँदा विश्वव्यापी ऊर्जा सङ्कटको चिन्ता बढाएको छ । विशेष गरी एसियाली देशहरू हालैका हप्ताहरूमा प्रभावित भएका छन् ।
अमेरिकाले इरानी बन्दरगाहमाथिको नाकाबन्दीले पछिल्ला दिनहरूमा इरानी सेनाले ठप्प पारेको व्यापार मार्गको आवागमनमा थप प्रभाव पारेको देखिन्छ। बहराइन र कुवेतले मार्चमा हर्मुज घाँटी भएर कुनै पनि सामान पठाएनन् ।
सामान्यतया एक प्रमुख एलएनजी आपूर्तिकर्ता कतारले मार्चमा हर्मुजमार्फत केवल ४५ हजार टन ‘ब्यूटेन’ र ‘प्रोपेन’ निर्यात गर्यो तर यो कुनै एलएनजी थिएन । गत महिना ‘स्ट्रेट अफ हर्मुज’ मार्फत पार भएको कच्चा तेलमा इरानको निर्यातको ८१ प्रतिशत रहेको थियो, जुन मार्च २०२५ देखि फेब्रुअरी २०२६ सम्म औसतमा ६२ प्रतिशत थियो ।