npl.977 Nepal News Stream

नेपाल न्युज logo नेपाल न्युज

यातायात व्यवसायीको माग- भाडा समायोजन होस्

नेपालन्युज 3 hours ago

काठमाडौँ। यातायात व्यवसायीहरूको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले इन्धनको मूल्यवृद्धिले व्यवसायी मारमा परेको भन्दै भाडा समायोजन गर्न माग गरेको छ।

महासङ्घका महासचिव डेकनाथ गौतमले आज (शुक्रबार) एक विज्ञप्ति जारी गरी अमेरिका, इजरायल र इरानबीचको द्वन्द्वका कारण नेपालमा आउने इन्धनको मूल्य बढेको र यातायात सञ्चालनमा समस्या परेको भन्दै भाडा समायोजन गर्न माग गरेका हुन्।

“नेपाल आयल नियमले पटकपटक गरी डिजेल/पेट्रोलमा भारी मूल्यवृद्धि गरेको हुँदा सार्वजनिक यातायात क्षेत्रमा सञ्चालन हुने यात्रुवाहक सवारीसाधन र मालवाहक सवारीसाधन सञ्चालन गर्न कठिन अवस्था सिर्जना भएकाले मूल्यवृद्धिका आधारमा भाडा समायोजन गर्न माग गर्दछौँ‚” विज्ञप्तिमा भनिएको छ।

महासङ्घले विषम परिस्थितिको मूल्याङ्कन गर्दै देशभरि सेवा सञ्चालन गर्ने महासङ्घ सदस्यले पेट्रोलियम पदार्थको खपत कम गर्न र सेवा सञ्चालन गर्दा हुने घाटालाई न्यूनीकरण गर्न व्यवसायी, व्यवसायीबीच सहकार्य गरी नेपाल सरकारबाट तोकिएको भाडा लिइ अस्वस्थ प्रतिस्पर्धा नगरी रुट मिलाएर दैनिक यात्रुको चापका आधारमा मात्र सेवा सञ्चालन गर्न अनुरोधसमेत गरेको छ।

महासचिव गौतमले नेपाल सरकारको स्वामित्व रहेको नेपाल आयल निगमबाट पटक-पटक मूल्यवृद्धिको सट्टा वैकल्पिक व्यवस्था मिलाउन माग गरेको छ।

Read more news from नेपाल न्युज

Explore by Source or Category