npl.977 Nepal News Stream

नेपाल न्युज logo नेपाल न्युज

इजरायलको आक्रमणमा दक्षिणी लेबनानको अन्तिम पुल ध्वस्त

नेपालन्युज 8 hours ago

तेलअबिब। इजरायलले लेबनानमा आक्रमण गरेको छ।

पछिल्लो आक्रमणबाट दक्षिणी लेबनानको अन्तिम पुल ध्वस्त भएको छ।

लितानी नदीको उत्तरमा अवस्थित लगभग ४० हजार जनसंख्या भएको सहर नाबाटियाह सहरबाट धुवाँको मुस्लो उडिरहेको तस्बिर रोयटर्सले सार्वजनिक गरेको छ।

तटनजिकै रहेको कास्मियाहका मानिसहरूले आक्रमणबाट भएको क्षतिको आकलन गरिरहेका थिए। एक वरिष्ठ लेबनानी सुरक्षा अधिकारीका अनुसार आक्रमणले दक्षिणी लेबनानलाई देशको बाँकी क्षेत्रसँग सम्पर्क स्थापित गर्ने अन्तिम पुल पनि ध्वस्त भएको छ।

यी सबै लेबनानमा इजरायलको आक्रमणका पछिल्ला तस्बिरहरू हुन्।

Read more news from नेपाल न्युज

Explore by Source or Category