‘टाइम्स १००’ मा सूचीकृत भएकोमा प्रधानमन्त्रीलाई रास्वपाको बधाई
नेपालन्युज
|
4 hours ago
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलले प्रधानमन्त्री बालेन्द्र शाह ‘टाइम्स म्यागाजिन’ को विश्वका १०० प्रभावशाली व्यक्तिको सूचीमा सूचीकृत भएकोमा बधाई ज्ञापन गरेको छ।
बिहीबार बसेको संसदीय दलको बैठकले प्रधानमन्त्री शाहको यस उपलब्धि ऐतिहासिक भन्दै उच्च सम्मान व्यक्त गर्ने प्रस्ताव सर्वसम्मत रूपमा पारित गरेको हो।
पार्टी सभापति रवि लामिछानेको प्रस्तावमा संसदीय दलले प्रधानमन्त्री शाहलाई सम्मान दिने निर्णय गरेको रास्वपाका मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले जानकारी दिए।
रास्वपाले यस उपलब्धिलाई नेपाल र नेपालीका लागि गौरवको विषयका रूपमा लिएको छ।