पूर्वमन्त्री खड्कालाई थुनामुक्त गर्न सर्वोच्चको आदेश
काठमाडौँ। सर्वोच्च अदालतले पूर्वमन्त्री दीपक खड्कालाई थुनामुक्त गर्न आदेश गरेको छ।
कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश श्रीकान्त पौडेलको संयुक्त इजलासले पक्राउ पुर्जी र म्याद थप गरेको कानुनसंगत नदेखिएको भन्दै बन्दी-प्रत्यक्षीकरणको रिट निवेदन जारी गरेको छ।
‘कसुरको अनुसन्धान हिरासत बाहिर बसेर ने हुनसक्ने प्रकृतिको देखिँदा सम्बन्धित अदालतबाट अनुमति लिएर मात्रै विदेश जान दिनु र तत्काल थुनामुक्त गर्नू‚’ सर्वोच्चले बिहीबार जारी आदेशमा भनेको छ।
हाल अनुसन्धान भएको राजस्वसम्बन्धी कसुर राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐनको संशोधनले थप गरेको दफाअनुसार प्रतिवादीले बिगो र लाग्ने जरिवाना भुक्तान गरी मिलापत्र गरी पाउँ भनी निवेदन दिए मुद्दामा मिलापत्र हुनसक्ने आदेशमा उल्लेख छ।