npl.977 Nepal News Stream

नेपाल न्युज logo नेपाल न्युज

छतबाट खसेर अजयको मृत्यु

नेपालन्युज 1 hour ago

कैलाली। भान्साको माथिल्लो तलाबाट खसेर सुदूरपश्चिम प्रदेश प्रहरी गण कार्यालय धनगढीमा कार्यरत एक कार्यालय सहयोगीको मृत्यु भएको छ।

मृत्यु हुनेमा कञ्चनपुरको कृष्णपुर ३ स्थायी ठेगाना भई हाल सोही गणमा कार्यरत २७ वर्षीय अजय चौधरी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिन्सिनाले जानकारी दिए।

उनका अनुसार मृतक चौधरी सरसफाइ गर्ने क्रममा भान्साको माथिल्लो तलाबाट खसेर बेहोस भई उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी लगिएको थियो। उनको उपचारका क्रममा मृत्यु भएको हो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Read more news from नेपाल न्युज

Explore by Source or Category