npl.977 Nepal News Stream

नेपाल न्युज logo नेपाल न्युज

अमेरिकी सेना तयार छ : रक्षामन्त्री हेग्सेथ

नेपालन्युज 3 hours ago

वासिंटन। अमेरिकाले इरानी शासनलाई समझदारीसाथ काम गर्नका लागि आग्रह गरेको छ।

अमेरिकी रक्षामन्त्री पिट हेग्सेथले पेन्टागनमा आयोजित पत्रकार सम्मेलनमा इरानले गलत निर्णय गरे अमेरिकी सेना तयारी अवस्थामा रहेको चेतावनी पनि दिए। उनले अमेरिकासँग लडाइँ अभियानमा सरिक हुने पर्याप्त सेना रहेको पनि दाबी गरे।

“इरानले आफूले गुमाएका सैन्यको क्षमता प्रदर्शन गर्न सक्दैन । हामी सूक्ष्म रूपमा नियालिरहेका छौँ‚” हेग्सेथले भने, “अमेरिका र इरानको क्षमता समान छैनन्। यो समान सर्तमा लडाइँ होइन। हामी बलियो छौँ। इरानका लन्चर र मिसाइलहरूको प्रयोगमा क्रमिक रूपमा कमी भइरहेका छन्।”

उनले अमेरिकी सेना पहिलेभन्दा बढी शक्तिका साथ तयारी अवस्थामा रहेको पनि दाबी गरे। उनले भने‚ “हामी हाम्रा राष्ट्रपतिको आदेश प्राप्त हुनासाथ कारबाहीका लागि तयारी अवस्थामा छौँ।”

Read more news from नेपाल न्युज

Explore by Source or Category