npl.977 Nepal News Stream

नेपाल न्युज logo नेपाल न्युज

काठमाडौं महानगर र नेपाल प्रहरीबीच सहकार्य गर्ने बारे छलफल

नेपालन्युज 6 hours ago

काठमाडौं। काठमाडौंका सडक र सहरी सुरक्षाका लागि काठमाडौं महानगरपालिकाले नेपाल प्रहरीसँग सहकार्य गर्ने भएको छ ।

महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोल र प्रहरी महानिरीक्षक दानबहादुर कार्कीबीच आज भेट भएको थियो । सो भेटमा काठमाडौँभित्रका सडक, सहरी सुरक्षा र सहरी व्यवस्थापन थप बलियो बनाउन सहकार्य गर्ने विषयमा छलफल भएको महानगरपालिकाले जनाएको छ ।

कार्यवाहक प्रमुख डङ्गोलले सडक सुरक्षा र ट्राफिक व्यवस्थापन, अतिक्रमित सार्वजनिक जग्गा संरक्षण र उपयोग, अव्यवस्थित बसोबास व्यवस्थापन, सहरी व्यवस्थापन, सडक मानवमुक्त बनाउने अभियानलगायत विषयमा महानगरपालिकाले नेपाल प्रहरीसँग सहकार्य गर्न चाहेको बताइन् ।

भेटमा प्रहरी महानिरीक्षक कार्कीले महानगरपालिकालाई आवश्यक पर्ने सुरक्षा सहयोग उपलब्ध गराउन आफू तयार रहेको बताए । “उपत्यका प्रहरी कार्यालयमार्फत महानगरपालिकाका काममा समन्वय हुनेछ, यसका लागि हामीले ‘फोकल पर्सन’ तोकेका छौँ,” महानिरीक्षक कार्कीले भने ।

Read more news from नेपाल न्युज

Explore by Source or Category