बेलायतद्वारा युक्रेनलाई सहयोग घोषणा
बेलायत। बेलायतले युक्रेनको आत्मरक्षामा सघाउन सहयोग घोषणा गरेको छ। जसमा कम्तिमा एक लाख २० हजार ड्रोन सहित, आर्थिक विकासलाई बढावा दिने र बेलायत भित्र रोजगारी सिर्जना गर्ने लक्ष्य राखिएको जनाइएको छ।
घोषणा बेलायतका रक्षा सचिव जोन हेलीको युक्रेन रक्षा सम्पर्क समूहको ३४ औँ बैठकको लागि बर्लिन गएको अवसरमा भएको जनाइएको छ।
जसमा जर्मन रक्षा मन्त्री बोरिस पिस्टोरियस, युक्रेनी रक्षा मन्त्री मिखाइलो फेडोरोभ र नेटो महासचिव मार्क रुटसँगै ५० वटा देशहरू समावेश छन्। प्याकेजमा लामो दूरीको ड्रोन, टोही र खुफिया ड्रोन, र रसद समर्थन ड्रोनहरू समावेश रहेको जनाइएको छ भने ड्रोन पठाउने अभियान सुरु भइसकेको जनाइएको छ।
ड्रोनहरूले युक्रेनको प्रतिआक्रमण अपरेशनहरूमा साथै चलिरहेको रूसी आक्रमणहरू विरुद्ध रक्षामा महत्त्वपूर्ण भूमिका खेल्ने जनाइएको छ। बेलायती कम्पनीहरूको समर्थनमा गरिएको यो सहयोगमा लगानीको अधिकांश भाग बेलायतमा आधारित फर्महरूद्वारा निर्देशित हुने र युक्रेनको सुरक्षा र सार्वभौमिकतालाई सुदृढ पार्दै रोजगारी सिर्जनामा योगदान पुग्ने आशा गरिएको छ।
यो सहयोगमा बेलायतले युक्रेनलाई प्रदान गरेको सबै भन्दा ठुलो सहयोग भएको उल्लेख गदै रक्षा सचिवले सयौँ हजार तोप र हजारौँ हवाई रक्षा मिसाइलको प्रावधानको पुष्टि गरेका छन्। सहयोग बेलायत र युक्रेनबीच गत महिना भएको नयाँ रक्षा साझेदारी सम्झौता पछि आएको हो, जसको उद्देश्य ड्रोन जस्ता कम लागत, उच्च दक्षता सैन्य प्रविधिहरूको प्रसारको प्रतिक्रियामा विश्वव्यापी रक्षा क्षमताहरू सुदृढ पार्नु हो।