टक्सार न्युज
|
35 minutes ago
काठमाडाैँ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले सरकार सेवा प्रवाह सुधार र आर्थिक सुधारलाई प्राथमिकतामा राखेर अघि बढिरहेको बताएका छन् । बिहीबार अर्थ मन्त्रालयमा आयोजित अन्तरसरकारी वित्त परिषद्को बैठकलाई सम्बोधन गर्दै उनले सरकार नागरिकलाई सहज सेवा दिन डिजिटल माध्यमलाई प्राथमिकता दिँदै अघि बढिरहेको बताए । उनकाअनुसार सरकार सेवा प्रवाहमा केन्द्रित छ ।
टक्सार न्युज
|
41 minutes ago
काठमाडाैँ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सार्वजनिक लेखा समितिको सभापतिमा प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसलाई समर्थन गर्ने निर्णय गरेको छ । बिहीबार सिंहदरबारमा बसेको पार्टी संसदीय दलको बैठकले संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको शक्तिशाली सो समितिको सभापतिमा नेपाली काँग्रेसको उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको हो ।
टक्सार न्युज
|
58 minutes ago
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठकले पार्टीको प्रमुख सचेतक र सचेतकहरूको जिम्मेवारी बाँडफाँट गरेको छ । पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीकाअनुसार संसदीय दलको बैठकले बुर्लाकोटीलाई प्रमुख सचेतकको रूपमा चयन गर्ने प्रश्ताव पारित गरेको छ । त्यस्तै, सचेतकमा दुई जना सांसदहरू प्रकाशचन्द्र परियार र क्रान्ति शिखा धिताललाई चयन गरिएको छ ।
टक्सार न्युज
|
1 hour ago
काठमाडौँ । नागरिकलाई सहज, छरितो र प्रभावकारी सेवा उपलब्ध गराउने उद्देश्यका साथ सरकारले अघि सारेको रूपान्तरणकारी पहल अब व्यवहारमा देखिन थालेको छ । सेवा प्रवाहलाई नागरिकको घरदैलोमै पु¥याउने महत्वाकांक्षी योजनाअन्तर्गत राहदानी र सवारीचालक अनुमतिपत्र (लाइसेन्स) जस्ता अत्यावश्यक कागजातहरू अब घरमै पुग्न थालेका हुन् ।
टक्सार न्युज
|
1 hour ago
काठमाडौंँ । साताको कारोबारको चौथो दिन सेयरबजार दोहोरो अंकले बढेको घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार विहीबार नेप्से परिसूचक ३३.८३ अंकले घटेर २८३३.०३ अंकमा झरेको छ । आजको दिन नेप्सेमा कारोबार भएका १३ ओटै उपसमुहको सेयरमूल्य घटेको छ । विहीबार रिलायन्स स्पिनिङ मिल्सको सबैभन्दा धेरै कारोबार भएको छ ।
टक्सार न्युज
|
1 hour ago
काठमाडाैँ । वागमती प्रदेशका कृषि तथा पशुपंक्षी विकासमन्त्री मधुसुदन पौडेलले कृषि तथा पुष्प व्यवसायको प्रवर्द्धन गर्न आयातमा कडाई गर्नुपर्ने बताएका छन् । राष्ट्रिय फलफूल विकास केन्द्रले आयोजना गरेको १६ औँ वागवानी कार्यशाला गोष्ठीमा उनले केन्द्रिय सरकारले कृषि तथा पुष्पजन्य वस्तुको आयातमा कडाई गर्ने नीति लिनुपर्ने बताएका हुन् ।
टक्सार न्युज
|
2 hours ago
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले भ्रष्टाचार नियन्त्रणका लागि अनुसन्धानको दायरा निजी क्षेत्रमा समेत विस्तार गर्ने योजना अघि सारेपछि व्यवसायीहरू असन्तुष्ट बनेका छन्। आयोगले सार्वजनिक गरेको भ्रष्टाचारविरुद्धको दोस्रो राष्ट्रिय रणनीतिक योजनामा सहकारी, पब्लिक तथा प्राइभेट कम्पनीसहित निजी संघ–संस्थामा हुने भ्रष्टाचारजन्य गतिविधिलाई नियन्त्रण गर्ने उद्देश्य उल्लेख गरिएको छ।
टक्सार न्युज
|
3 hours ago
काठमाडाैँ । सिंहदरबारमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस, नेकपा एमाले र नेपाल कम्युनिष्ट पार्टीको संयुक्त बैठक बसिरहेको छ । ठकमा काँग्रेसबाट अर्जुन नरसिंह केसी, भीष्मराज आङदाम्बे, एमालेबाट पद्या अर्याल, गुरु बराल र नेकपाबाट युवराज दुलाल लगायतका नेताहरुको सहभागिता रहेको छ ।
टक्सार न्युज
|
3 hours ago
काठमाडौँ । सन् २०२६ को सुरुआती महिनाहरूमा चीनको अर्थतन्त्रले गति लिएको देखिएको छ । इरान युद्धले ऊर्जाको लागत तीव्र रूपमा बढाउनु र विश्वव्यापी मागमा जोखिम सिर्जना गर्नु अगावै निर्यातमा आएको उछालका कारण पहिलो त्रैमासिकमा चीनको आर्थिक वृद्धि दर बलियो देखिएको छ । पहिलो चीनले ४.५देखि ५ प्रतिशतको वार्षिक वृद्धिदरको लक्ष्य राखे पनि पहलो त्रैमासिकमै ५.
टक्सार न्युज
|
4 hours ago
काठमाडाैँ । नेपाल राष्ट्रिय व्यवसायी महासंघले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेटेर उद्योगी व्यवसायीका समस्याप्रति संवेदनशिल हुन आग्रह गरेको छ । मुलुकको वर्तमान आर्थिक शिथिलता र साना तथा मझौला व्यवसायीले भोग्नुपरेका समस्याबारे महासंघले अर्थमन्त्री वाग्लेलाई भेटेर ध्यानाकर्षण गराएको हो ।
टक्सार न्युज
|
4 hours ago
काठमाडौंँ । सिटि होटल लिमिटेडको लकइन अवधि आगामी जेठ महिनामा सकिने भएको छ । कम्पनीको कुल २ करोड ७२ लाख ३९ हजार ३२८ कित्ता सेयरको लकइन अवधि जेठ ५ गते सकिने भएको हो ।
टक्सार न्युज
|
5 hours ago
टक्सार न्युज
|
5 hours ago
काठमाडौँ । सोपान फर्मास्यूटिकल्स कम्पनीले सर्वसाधारणका लागि आज (वैशाख ३ गते बिहीबार) देखि प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ) खुला गरेको छ । कम्पनीको जारी पूँजी एक अर्ब ७१ करोड ६० लाख रुपैयाँमध्ये २५ प्रतिशत बराबरको ४२ करोड ९० लाख रुपैयाँ मूल्यको आइपिओ निष्काशन अनुमति पाएको छ।
टक्सार न्युज
|
5 hours ago
काठमाडाैँ । प्रधानमन्त्री वालेन्द्र शाहले पदभार सम्हालेपछि पहिलोपटक आज सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गर्ने भएका छन् । बैठक दिउँसो २ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने जनाइएकाे छ।
टक्सार न्युज
|
5 hours ago
काठमाडौँ । विहीबार छापावाल सुनको मूल्य तोलामा एक सय रूपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ३ लाख २ हजार ७०० रूपैयाँ रहेको छापावाल सुनको मूल्य सोमबार २ लाख २ हजार ८०० रूपैयाँ कायम भएको हो ।
टक्सार न्युज
|
5 hours ago
काठमाडाैँ । काठमाडौँ महानगरपालिकाले सडकमा अलपत्र परेका बेसहारा र सहयोगापेक्षी व्यक्तिहरूको उद्धार तथा व्यवस्थापन कार्यलाई तिब्रता दिएको छ । महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोलले पशुपति क्षेत्र लगायतका विभिन्न स्थानमा पुगेर सडकमा रहेका नागरिकहरूको उद्धार कार्यको नेतृत्व गरिरहेकी छिन् ।
टक्सार न्युज
|
9 hours ago
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलरको मूल्य स्थिर छ । आज अमेरिकी डलर एकको खरिददर १४९ रुपैयाँ १० पैसा र बिक्रीदर १४९ रुपैयाँ ७० पैसा तोकिएको छ ।
टक्सार न्युज
|
9 hours ago
काठमाडौँ । नेपाल आयल निगमले डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँले मूल्य वृद्धि गरेको छ । आजैदेखि लागु हुने गरी डिजेल, मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँले मूल्य वृद्धि गरिएको हो यस्तै हवाई इन्धनको आन्तरिक तर्फ ५ रुपैयाँ मूल्य बृद्धि गरिएको छ ।
टक्सार न्युज
|
13 hours ago
२०८३ वैशाख ३ गते विहीबारकाे राशिफल मेषमनमा अशान्ती रहने छ । शरिरमा पिडा हुनसक्छ । अनावश्यक कार्यको लागि धेरै खर्च हुन सक्दछ । व्यापारमा हानी हुनसक्हुने भएकोले व्यापार गर्दा सोच विचार पुर्याउनु होला । आप्mन्तसँग कारोबार गर्दा विचार पुर्याउनु होला । वृषवृष राशी हुनेहरुको लागि आजको दिन शुभ रहेको छ ।
टक्सार न्युज
|
19 hours ago
काठमाडौँ । सरकारले २०६२/०६३ देखि ०८२/०८३ सम्म उच्च सार्वजनिक पदमा बसेका व्यक्तिको सम्पत्ति छानबिन गर्न आयोग गठन गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको संयोजकत्वमा ५ सदस्यीय आयोग गठन गर्ने निर्णय गरेको हो ।