npl.977 Nepal News Stream

Taksar News logo Taksar News

डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो,निगमलाई अझै ७ अर्ब घाटा

टक्सार न्युज 16 hours ago

काठमाडौँ । नेपाल आयल निगमले डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँले मूल्य वृद्धि गरेको छ ।

आजैदेखि लागु हुने गरी डिजेल, मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँले मूल्य वृद्धि गरिएको हो यस्तै हवाई इन्धनको आन्तरिक तर्फ ५ रुपैयाँ मूल्य बृद्धि गरिएको छ ।

नयाँ मूल्यअनुसार डिजल/मट्टीतेलको प्रतिलिटर २३७ पुगेको छ भने हवाई इन्धनको मूल्य प्रतिलिटर रु २५६ पुगेको छ ।

लागत मूल्य बढी र बिक्री मूल्य कम भएकाले मूल्य समायोजन गर्दासमेत पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ ३२ पैसा, डिजलमा प्रतिलिटर ८७ रुपैयाँ ९९ पैसा, मट्टीतेलमा ३६ रुपैयाँ ७० पैसा तथा खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर ३३१ रुपैयाँ २५ पैसा अझै घाटा रहेको निगमले जनाएको छ ।

निगमकाअनुसार पाक्षिक रूपमा अझै सात अर्ब ८१ करोड ६१ लाख रुपैयाँ बराबरको घाटा रहेको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख गरेको छ।

Read more news from Taksar News

Explore by Source or Category