टक्सार न्युज
|
9 hours ago
काठमाडाैँ । राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले वित्तीय स्रोतका अभावमा स्थानीय तहरूले जनअपेक्षाअनुसार काम गर्न नसकेको बताएका छन् । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग आयोजना गरेको वित्तीय संघीयता दर्पण, २०८२ को विमोचन कार्यक्रममा उनले नेपालमा जनअपेक्षा अनगिन्ति रहेपनि बजेट अभावमा पूरा हुन नसकेको बताएका हुन्।
टक्सार न्युज
|
9 hours ago
काठमाडाैँ । मधेस सभामुख पदमा प्रदेशसभा सदस्य रामअशिष यादव निर्वाचित भएका छन् । यादव प्रदेशसभामा मत विभाजन प्रक्रियामार्फत सभामुख पदमा निर्वाचित भएका हुन् । उनको पक्षमा प्रदेश सभामा उपस्थित ९६ प्रदेशसभा सदस्यहरुमध्ये ७२ मत परेको थियो भने विपक्षमा २४ मत परेको थियो ।
टक्सार न्युज
|
9 hours ago
काठमाडौँ । काठमाडौँ उपत्यकामा खाद्य पदार्थको उत्पादन तथा बिक्री–वितरण हुने स्थानहरूमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गरेको पछिल्लो निरीक्षण अनुगमनका क्रममा सरसफाइ, भण्डारण र लेबलिङसम्बन्धी कमजोरीहरू भेटिएका छन्।
टक्सार न्युज
|
9 hours ago
काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले वर्तमान अवस्थामा निर्वाचनमा जानुको कुनै विकल्प नरहेको बताएका छन् । आइतवार पार्टी केन्द्रिय समितिको बैठकअघि चःमतिस्थित कार्यालयमा नेता कार्यकर्तालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । जेनजी विद्रोहले उठाएका मागहरु पूरा गर्नु अपरिहार्य भएको समेत उनको भनाइ छ ।
टक्सार न्युज
|
10 hours ago
काठमाडाैँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बजारमा बिक्री–वितरण हुँदै आएको ‘पिरो कागती क्यान्डी’ तत्काल फिर्ता (रिकल) गर्न आदेश दिएको छ। विभागका अनुसार ‘पिरो कागती क्यान्डी (१०० ग्राम)’ नामको खाद्य पदार्थमा खाद्य रङ्गकाे मात्रा मापदण्डभन्दा बढी भेटिएको हो।
टक्सार न्युज
|
10 hours ago
काठटमाडाैँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अनलाइन टिभी मिडियासँग सरकार सहकार्य गर्न तयार रहेको बताएका छन् । मन्त्रालयमा आइतबार आयोजित छलफल कार्यक्रममा उनले सरकारले नीतिगत रुपमा सुधार गरेर नै अनलाइन टिभी मिडियाहरूसँग सरकारले सहकार्य गर्ने बताएका हुन् । उनले अनलाईन टिभी मिडिया न्यु मेन स्ट्रिम मिडिया भएको पनि बताए ।
टक्सार न्युज
|
10 hours ago
काठमाडौं । साताको कारोबारको पहिलो दिन सेयरबजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आइतबार सेयर मापक सूचक नेप्से परिसूचक १९.९२ अंकले घटेर २५९५.१० अंकमा पुगेको छ । आज नेप्सेमा कारोबार भएका कुल १३ उपसमुहमध्ये म्युचुअल फण्ड बाहेक सबै उपसमुहको सेयरमूल्य घटेको छ ।आइतबार नेप्सेमा स्वस्तिक लघुवित्तको सबैभन्दा धेरै कारोबार भएको छ ।
टक्सार न्युज
|
10 hours ago
काठमाडौँ । जेनजी अभियन्ता मिराज ढुंगानाले वर्तमान सरकारले जेनजी आन्दोलनको नेतृत्व गर्न असमर्थ भएको बताएका छन्। उनले सोमबार माईतीघरबाट सुरू हुने आन्दोलनको घोषणा गर्दै सर्वपक्षीय सरकारको आवश्यकतालाई जोड दिएका छन्। ढुंगानाले जेन–जी आन्दोलन निर्वाचनको लागि मात्र नभई व्यवस्था सुधार, सुशासन र राज्यको चरित्र रूपान्तरणको लागि भएको बताए।
टक्सार न्युज
|
11 hours ago
काठमाडौं । चालु आर्थिक वर्ष २०८१/०८२ मा पुँजीगत लाभकर संकलन उल्लेख्य रूपमा वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा पुँजीगत लाभकर संकलन झन्डै दोब्बर पुगेको आन्तरिक राजस्व विभागको तथ्यांकले देखाएको छ । आर्थिक वर्ष २०८०/०८१ मा २२ अर्ब रुपैयाँ संकलन भएको पुँजीगत लाभकर चालु वर्षमा बढेर ४० अर्ब ११ करोड रुपैयाँ पुगेको छ ।
टक्सार न्युज
|
11 hours ago
काठमाडाैँ । कवाड व्यवसायीहरूले कवाड मजदुरमाथि भइरहेको कुटपिट, अपहरण, ज्यादती तथा संरचना भत्काउने कार्य तत्काल रोक्न माग गरेको छ । कवाड व्यवसायी संघर्ष समितिले आइतबार काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गर्दै काठमाडौँ महानगरपालिकाले कवाड संकलन व्यवसायी, मजदुर तथा गरिब वर्गमाथि विगत दुई वर्षदेखि अन्यायपूर्ण दमन गरिरहेको आरोप समेत लगाएको छ ।
टक्सार न्युज
|
12 hours ago
काठमाडौँ । नबिल बैंकले युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्ड, २०२५ अन्तर्गत नेपालको ‘बेस्ट ट्रान्ज्याक्सन बैंक अवार्ड’ प्राप्त गरेको छ । बैंकले ट्रान्ज्याक्सन बैंकिङ क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरको प्रविधिमैत्री र ग्राहककेन्द्रित सेवा प्रवाह गरेको उल्लेख गर्दै उक्त अवार्ड प्रदान गरिएको हो ।
टक्सार न्युज
|
12 hours ago
काठमाडौँ । दशौं संस्करणको रुपमा आयोजना भएको ‘आइसिटी अवार्ड २०२५’ को ग्राण्ड फिनाले सम्पन्न भएको छ। लिभिङ विथ आइसिटी र आइसिटी फाउन्डेसन नेपालले संयुक्त रूपमा आयोजना गरेको कार्यक्रममा प्रविधि क्षेत्रमा उत्कृष्ट काम गरिरहेका स्टार्टअप, इन्नोभेसन, उद्यमी, व्यक्ति तथा संस्थाहरूलाई विभिन्न १७ विधामा अवार्ड प्रदान गरिएको थियो।
टक्सार न्युज
|
12 hours ago
काठमाडाैँ । राष्ट्रिय सभाका सांसदहरूले सरकारको सय दिनको कामकारबाहीप्रति असन्तुष्टि व्यक्त गरेका छन् । आइतवार सिंहदरवारमा बसेको संघीय संसद, राष्ट्रिय सभा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र विधायन व्यवस्थापन समितिको संयुक्त बैठकमा बोल्दै सांसदहरूले तोकिएकै समयमा निर्वाचन हुन्छ कि हुँदैन ? भनि सरकारलाई प्रश्न समेत गरे ।
टक्सार न्युज
|
13 hours ago
काठमाडौँ । शहरी विकास मन्त्रालयअन्तर्गतको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले काठमाडौंका नदीहरूमा तैरिने फोहोर पदार्थ सङ्कलन गर्न ट्रास बेरियर जडान गरेको छ।
टक्सार न्युज
|
13 hours ago
काठमाडौँ । एनआईसी एशिया बैंकको अध्यक्ष तुल्सीराम अग्रवालले राजीनामा दिएका छन् । बैंकको आज बसेको सञ्चालक समिति बैठकले अग्रवालको राजीनामा स्वीकृत गरेको हो । बैंकमा १.७८ प्रतिशत सेयर स्वामित्व अग्रवालको रहेको छ । यसअघि बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन न्यौपानेले पनि राजीनामा दिएका थिए ।
टक्सार न्युज
|
13 hours ago
काठमाडाैँ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले विधायन ऐन कार्यान्वयनमा सरकार सक्रिय रहेको जानकारी दिएका छन्। राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको संयुक्त बैठकमा उनले विधायन ऐन लागू भएयता सरकारले ऐन र अध्यादेशको अभिलेख व्यवस्थित गर्न सुरू गरेको बताए ।
टक्सार न्युज
|
14 hours ago
काठमाडौं । प्रभु बैंक लिमिटेडले सेयरधनीहरुलाई लाभांश नदिने निर्णय गरेको छ ।कम्पनीले गत आर्थिक वर्षको मुनाफा सञ्चित गर्ने निर्णय गरेसँगै लगानीकर्ताको हात खाली भएको छ । पुस ६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आव २०८१/८२ का लागि सेयरधनीहरुलाई कुनैपनि प्रकारको लाभांश प्रदान गर्ने निर्णय गरेको हो ।
टक्सार न्युज
|
14 hours ago
काठमाडौँ । ओशो तपोवनका संरक्षक स्वामी आनन्द अरुणले ओशो तपोवनमा हाल पनि करिब ६० देशका साधकहरू ध्यानका लागि आउने गरेको बताएका छन्। विश्व ध्यान दिवसको अवसरमा काठमाडौँको टुँडिखेलमा आयोजित ध्यान तथा योग कार्यक्रममा बोल्दै उनले योग र ध्यानको आवश्यकता नेपालभन्दा विकसित देशहरूमा अझ बढी रहेको उल्लेख गरेका हुन्।
टक्सार न्युज
|
15 hours ago
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय, वनस्थलीस्थित घण्टी घरमा प्रवेश गर्ने भएका छन्। सभापति लामिछाने साढे आठ महिनापछि पार्टी कार्यालय प्रवेश गर्न लागेका हुन्। सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि जेलमा रहेका उनी शुक्रबार धरौटीमा रिहा भएका थिए।
टक्सार न्युज
|
15 hours ago
काठमाडौँ । आइतबार छापावाल सुनको मूल्य तोलामा एक सय रूपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला २ लाख ५८ हजार ४०० रूपैयाँ रहेको छापावाल सुनको मूल्य आइतबार २ लाख ५८ हजार ३०० रूपैयाँमा कारोबार भइरहेको छ ।