Taksar News
सिंहदरबारमा प्रतिपक्षी तीन दलको बैठक जारीः सार्वजनिक लेखा समितिको सभापतिमा साझा उम्मेदवार उठाउने तयारी
काठमाडाैँ । सिंहदरबारमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस, नेकपा एमाले र नेपाल कम्युनिष्ट पार्टीको संयुक्त बैठक बसिरहेको छ ।
ठकमा काँग्रेसबाट अर्जुन नरसिंह केसी, भीष्मराज आङदाम्बे, एमालेबाट पद्या अर्याल, गुरु बराल र नेकपाबाट युवराज दुलाल लगायतका नेताहरुको सहभागिता रहेको छ । बैठकले संसदको सार्वजनिक लेखा समितिको सभापति चयनका लागि साझा उम्मेदवार उठाउने विषयमा महत्वपूर्ण निर्णय गर्ने अपेक्षा गरिएको छ ।
विपक्षी दलहरूबिचको यो सहकार्यले संसदमा सरकारलाई जवाफदेही बनाउन थप बल पुग्ने नेताहरुले बताएका छन् । लेखा समितिको सभापति प्रतिपक्षी दलले पाउने संसदीय परम्पराअनुसार साझा उम्मेदवारको खोजी भइरहेको हो ।
यद्यपि श्रम संस्कृति पार्टीले पनि उम्मेदवारी दिने बताइसकेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीको समर्थन प्राप्त उम्मेदवारले समितिको नेतृत्व गर्ने निश्चित छ ।