npl.977 Nepal News Stream

Taksar News logo Taksar News

एन आई सी एशिया बैंकको शाखा समयोजन, सबैभन्दा बढी काठमाडौँमा

टक्सार न्युज 6 hours ago

काठमाडौँ । एन आई सी एशिया बैंक लिमिटेडले शाखा कार्यालय समायोजन गरेको छ। बैंकले २०८३ वैशाख ३ गतेदेखि चार वटा प्रदेशका ४४ वटा शाखा कार्यालय समायोजन गरेको हो। बैंकले सबैभन्दा धेरै काठमाडौँको शाखाहरू समायोजन गरेको छ ।

समायोजित शाखा कार्यालय पूर्ण रूपमा बन्द रहनेछन् भने समायोजनपछि सञ्चालनमा रहेका शाखा कार्यालयबाट सेवा दिइने बैंकले जनाएको छ।

बैंकले काठमाडौँका नागपोखरी, पुतलीसडक, दरबारमार्ग, ज्ञानेश्वर, बागबजार बोहोराटार, माछापोखरी, ढुङ्गेधारा–नर्सरी चोक न्यूरोड खिचापोखरी, भोटाहिटी, किलागल, तिन्चुली, चाबहिल, नरेफाट, बालुवाटार, अनामनगर, शंखमुल, मध्य बानेश्वर, खसीबजार, कपन, गोंगबु सोह्रखुट्टे, टेकु, सिनामंगल, मित्रपार्क र कालोपुल शाखा कार्यालय बन्द गरेको उल्लेख गरेको छ।

यस्तै, ललितपुरमा रहेका लगनखेल, मंगलबजार, सानेपा, ग्वार्को, खुमलटार, खोकना र चितवनमा रहेको बसेनी शाखा कार्यालय पनि गाभ्ने भएको छ। कास्की जिल्लामा रहेको पावर हाउस चोक, बुढी बजार, बाझा पाटन, महेन्द्रपुल–पोखरा, बगर र बिरौटा शाखा कार्यालय पनि बन्द भएका छन्।

साथै, मोरङमा रहेको विराटनगर मेनरोड, हाटखोला, रानी मिल्स एरिया र पर्सामा रहेको लिंक रोड, पावरहाउस चोकमा रहेको शाखा कार्यालय पनि गाभ्ने भएको छ। यसरी काठमाडौं, ललितपुर, चितवन, कास्की, मोरङ र पर्सा जिल्लामा रहेका ठुला संख्याका शाखा कार्यालय बन्द भएका छन्।

नेपाल राष्ट्र बैंकले महानगरपालिका भित्र रहेका शाखाहरू समायोजन गर्न सक्ने व्यवस्था गरेको थियो । सोही अनुसार बैंकहरूले महानगरभित्र शाखा समायोजन गरिरहेका छन् ।

Read more news from Taksar News

Explore by Source or Category