npl.977 Nepal News Stream

Taksar News logo Taksar News

सोपान फर्मास्यूटिकल्सको आइपिओ सर्वसाधारणका लागि खुला

टक्सार न्युज 10 hours ago

काठमाडौँ । सोपान फर्मास्यूटिकल्स कम्पनीले सर्वसाधारणका लागि आज (वैशाख ३ गते बिहीबार) देखि प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ) खुला गरेको छ ।

कम्पनीको जारी पूँजी एक अर्ब ७१ करोड ६० लाख रुपैयाँमध्ये २५ प्रतिशत बराबरको ४२ करोड ९० लाख रुपैयाँ मूल्यको आइपिओ निष्काशन अनुमति पाएको छ।

प्रतिकित्ता १०० रुपैयाँ दरका कुल ४२ लाख ९० हजार कित्ता सेयरमध्ये केही हिस्सा (यसअन्तर्गत वैदेशिक रोजगारीमा रहेका नेपाली, कर्मचारी तथा सामूहिक लगानी कोषका लागि सेयर छुट्याइएको छ) छुट्याएर बाँकी सेयर सर्वसाधारणका लागि खुला गरिएको छ ।

कुल निष्काशनमध्ये १० प्रतिशत अर्थात् ४ लाख २९ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकमा बाँडफाँड गरिएको छ भने ५ प्रतिशत अर्थात् २ लाख १४ हजार ५०० कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ । त्यस्तै ४ प्रतिशत अर्थात् एक लाख ७१ हजार ६०० कित्ता शेयर कर्मचारीका लागि छुट्याइएको छ ।

कम्पनीले दोस्रो चरणअन्तर्गत ३४ लाख ७४ हजार ९०० कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरेको हो, जसको कुल मूल्य ३४ करोड ७४ लाख ९० हजार रुपैयाँ रहेको छ ।

यस आएपिओमा प्रति कित्ता १०० रूपैयाँका दरले न्यूनतम १० कित्ता र अधिकतम ११ हजार कित्तासम्म आवेदन दिन सकिनेछ । आइपिओ छिटोमा वैशाख ८ गते तोकिएको अवधिभित्र पर्याप्त आवेदन नपरेको खण्डमा ढिलोमा वैशाख १७ गतेसम्म खुला रहनेछ ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।

Read more news from Taksar News

Explore by Source or Category