npl.977 Nepal News Stream

#अर्थतन्त्र

RONB post logo RONB post

डिजल र मट्टीतेल ३० रुपैयाँ बढ्यो, निगम भन्छ-पाक्षिक घाटा ७ सात अर्ब ८१ करोड

RONB Post 18 hours ago

काठमाडौं । डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढेको छ । निगमले गए रातिदेखि लागू हुने गरी डिजल, मट्टीतेल र हवाई इन्धनमा आन्तरिकतर्फ मूल्यवृद्धि गरिएको जनाएको छ ।

नयाँ मूल्यसूचीअनुसार डिजल/मट्टीतेलमा प्रतिलिटर ३० र हवाई इन्धनमा प्रतिलिटर पाँच रुपैयाँ वृद्धि गरिएको छ । पेट्रोलको मूल्य भने यथावत राखिएको छ । परिवर्तित मूल्यअनुसार, डिजल र मट्टीतेलको प्रतिलिटर २३७ पुगेको छ भने हवाई इन्धनको मूल्य प्रतिलिटर २५६ रुपैयाँ पुगेको छ ।

पाक्षिक रूपमा करिब सात अर्ब ८१ करोड ६१ लाख बराबरको घाटा रहेको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख गरेको छ ।

The post डिजल र मट्टीतेल ३० रुपैयाँ बढ्यो, निगम भन्छ-पाक्षिक घाटा ७ सात अर्ब ८१ करोड appeared first on RONB post.

Explore by Source or Category