npl.977 Nepal News Stream

#समाचार

RONB post logo RONB post

उपत्यकाव्यापी शैक्षिक हड्तालको प्रभाव न्यून, अधिकांश विद्यालय खुल्ला

RONB Post | 35 minutes ago
केही ठूला नाम चलेका विद्यालयले विद्यार्थी र अभिभावकलाई सूचना पठाएर आज विद्यालय बन्द रहने जानकारी दिएपनि भित्रि भगामा रहेका अधिकांस विद्यायलहरु खुल्ला रहेका छन् । The post उपत्यकाव्यापी शैक्षिक हड्तालको प्रभाव न्यून, अधिकांश विद्यालय खुल्ला appeared first on RONB post.
News of Nepal logo News of Nepal

विश्व ध्यान दिवस : ५० हजारले गरे सामूहिक अभ्यास

न्युज अफ नेपाल | 1 hour ago
काठमाडौं । संयुक्त राष्ट्रसंघले घोषणा गरेको विश्व ध्यान दिवसको अवसरमा आर्ट अफ लिभिङ नेपालले देशव्यापी रूपमा साताव्यापी कार्यक्रम गरी दोस्रो विश्व ध्यान दिवस सफलतापूर्वक सम्पन्न गरेको छ । आइतबार (डिसेम्बर २१) काठमाडौंको शंखमूलस्थित केन्द्रमा आयोजित मुख्य कार्यक्रमसहित नेपालभर ५० हजारभन्दा बढी नागरिकले सामूहिक ध्यानमा सहभागी भएर आन्तरिक शान्तिको सन्देश फैलाएका छन् ।
NepalWatch logo NepalWatch

दुई रेष्टुरेन्टलाई ५० हजारको दरले जरिवाना

Nepal Watch | 1 hour ago
काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुई वटा उद्योग तथा फर्मलाई रु ५० हजारको दरले जरिवाना गरेको छ । उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार उत्पादकले प्रत्येक वस्तुको कारखाना मूल्य तथा बिक्रेताले बिक्री वितरण गर्ने प्रत्येक वस्तुको थोक वा खुद्रा मूल्यसूची राख्नुपर्ने व्यवस्था छ ।
News of Nepal logo News of Nepal

केमिकल अभावमा एचआईभी संक्रमितको भाइरल लोड गर्ने मेसिन बेकामे

न्युज अफ नेपाल | 1 hour ago
पोखरा । रिएजेन्ट (रसायनिक पदार्थ) अभावमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा सञ्चालित एचआईभी संक्रमितको उपचार केन्द्र एआरटी (एन्टिरेट्रो भाइरल थेरापी) मा रहेको भाइरल लोड मेसिन लामो समयदेखि त्यत्तिकै थन्किएको छ । भाइरल लोड एचआईभी संक्रमितहरूको रगतमा एचआईभी भाइरसको मात्रा पत्ता लगाउन प्रयोग हुने मेसिन हो ।
NepalWatch logo NepalWatch

ताप्लेजुङको याङ्मामा ब्वाँसोको त्रास

Nepal Watch | 1 hour ago
ताप्लेजुङ । फक्ताङलुङ गाउँपालिका-७ ओलाङचुङगोलास्थित हिमाली बस्ती याङ्मामाका पशुपालन किसान बर्सेनि जंगली जनावर ब्वाँसोका कारण पीडित हुँदै आएका छन् । उनीहरूलाई याक र चौरीलाई ब्वाँसोको आक्रमणबाट मरेपछि हरेक वर्ष लाखौँको क्षति बेहोर्नु परेको छ । यस वर्ष केही दिन अघि यांमाकालोप्साङ शेर्पा र नाम्ग्या शेर्पाको गोठमा रहेका तीन चौरी ब्वाँसोको आक्रमणबाट मरेका छन् ।
News of Nepal logo News of Nepal

एम्बुलेन्स सेवालाई प्रविधिमैत्री र एकीकृत बनाइने

न्युज अफ नेपाल | 1 hour ago
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभर सञ्चालित एम्बुलेन्स सेवालाई व्यवस्थित र एकीकृत बनाउन सक्रियता बढाएको छ । मन्त्रालयले आइतबार ‘एम्बुलेन्स सेवा निर्देशिका, २०८२’ को कार्यान्वयन र यस क्षेत्रमा देखिएका चुनौतीबारे सरोकारवाला निकायहरूसँग बृहत् भर्चुअल अभिमुखीकरण तथा छलफल कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमलाई सम्बोधन गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री डा.
News of Nepal logo News of Nepal

धोबीखोला किनारामा डोजर चलाउन हच्किए कुलमान

न्युज अफ नेपाल | 1 hour ago
काठमाडौं । काठमाडौं उपत्यका विकास प्राधिकरणले माथिको आदेशका कारण धोबीखोला किनारामा बनेका अवैध संरचना हटाउन सकेन । गएको बिहीबार काठमाडौं महानगर प्रहरीलाई प्राधिकरण काठमाडौं जिल्ला आयुक्त कार्यालयले पत्र लेखेर शनिवारबाट भत्काउन आग्रह गरेको थियो । शनिवार बिहान भत्काउन तयारी गर्दै प्रहरी परिचालन हुनै लाग्दा माथिको आदेश भन्दै भत्काउन गएको टोली फिर्ता भएको थियो ।
News of Nepal logo News of Nepal

आफैंले बनाएको कार्कीे सरकार विस्थापन गर्न जेन–जीले थाले आन्दोलन

न्युज अफ नेपाल | 2 hours ago
काठमाडौं । जेन–जी संयुक्त आन्दोलनले आफूहरूको माग पूरा नगरेको भन्दै सुशीला कार्की सरकार विस्थापनलगायतका विभिन्न माग राख्दै सोमबारदेखि आन्दोलन सुरु गर्ने घोषणा गरेको छ । जेन–जीको नाममा गठन भएको सरकार विस्थापन गर्ने मामिलामा आफूहरू एक ठाउँमा रहेको उनीहरूले बताएका छन् ।
News of Nepal logo News of Nepal

अधिकृतदेखि सहसचिव सरुवामा जेन–जी अभियन्ताको दबाब

न्युज अफ नेपाल | 2 hours ago
-कर्मचारी सरुवामा नातावाद कृपावाद हाबी-जेन–जीहरूको रुचि किन कर्मचारी सरुवामा ? काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयदेखि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा हिजोआज जेन–जी अभियन्ताहरूको काम कर्मचारी सरुवाका लागि दबाब दिनमा नै बित्ने गरेको छ ।
News of Nepal logo News of Nepal

देशभर आंशिक बदली, तराईमा हुस्सु–कुहिरोको असर

न्युज अफ नेपाल | 2 hours ago
काठमाडौँ । देशभर पश्चिमी वायुको आंशिक प्रभावका कारण मौसम आंशिक बदली रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार तराई भू–भागमा तापक्रम हल्का घट्ने सम्भावना रहेको छ। साथै हुस्सु र कुहिरोका कारण बिहानको समयमा दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने देखिएको छ।
News of Nepal logo News of Nepal

पत्रकार महिलाका लागि संसदीय खोजमूलक रिपोर्टिङसम्बन्धी तीनदिने तालिम सुरु

न्युज अफ नेपाल | 9 hours ago
काठमाडौं। पत्रकार महिलाहरूका लागि संसदीय मामिलामा केन्द्रित खोजमूलक रिपोर्टिङसम्बन्धी तीनदिने तालिम आइतबारदेखि काठमाडौंमा सुरु भएको छ। युएनडिपीको सहकार्यमा क्रियाशील महिला पत्रकारहरूको संस्था डब्लु डब्लु जे (WWJ) ले संसदीय पत्रकारिता सुदृढ गर्ने उद्देश्यसहित तालिम आयोजना गरेको हो।
RONB post logo RONB post

प्रधानमन्त्री कार्की र रास्वपा सभापति रवि लामिछानेबीच भेटवार्ता

RONB Post | 12 hours ago
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार साँझ उनीहरुबीच भेटवार्ता भएको हो। भेटमा मुलुकको समसामयिक राजनीतिक अवस्था र वर्तमान परिस्थितिबारे छलफल भएको बताइएको छ। भेटवार्तामा प्रधानमन्त्री कार्की र सभापति लामिछानेसँगै सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल, रास्वपाका उपसभापति डा.
NepalWatch logo NepalWatch

गहना चोरी गरी बिक्री गर्ने दुई जना पक्राउ

Nepal Watch | 12 hours ago
काठमाडौँ- सुनका गरगहना चोरी गरी बिक्री गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरी वृत्त बालाजुको टोलीले तारकेश्वर नगरपालिका-४, माछापुच्छ्रे टोलस्थित एक व्यक्तिको डेराबाट सुनका गरगहना चोरी गर्ने तथा बिक्री गर्ने दुई जनालाई पक्राउ गरी आइतबार सार्वजनिक गरेको हो।
NepalWatch logo NepalWatch

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

Nepal Watch | 12 hours ago
काठमाडौँ । सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अनलाइन टेलिभिजन तथा अनलाइन पत्रकारिताको पेसागत सुरक्षा र संस्थागत विकासका लागि दर्ता र सूचीकरणको काम तत्काल थाल्ने बताएका छन् ।
News of Nepal logo News of Nepal

मुख्यमन्त्रीले बनाइदिए विपन्न चेपाङको घर

न्युज अफ नेपाल | 12 hours ago
हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफूले प्राप्त गर्ने सेवासुबिधाको रकमबाट खर्च गर्ने गरी मकवानपुरको कैलाश गाउँपालिका–४ का एक विपन्न चेपाङ दम्पतीको घर निर्माण गरिदिएका छन् । मुख्यमन्त्री बानियाँले कैलाश गाउँपालिका–४, धुसरका लालकुमार चेपाङ र उनकी पत्नी सानुमाया चेपाङलाई घर हस्तान्तरण गरेका हुन ।
Sutra News logo Sutra News

बंगलादेशमा हिन्दु युवा मारिए, त्यसको विरोधमा जनकपुरमा प्रदर्शन

सुत्र न्युज | 12 hours ago
रौतहट । जनकपुरधाममा हिन्दूवादीहरुले बांगलादेश विरुद्ध प्रदर्शन गरेका छन् । आईतबार साँझ विभिन्न हिन्दूवादी संघ संस्थाले संयुक्त रुपमा बांगलादेश विरुद्ध प्रदर्शन गर्नुका साथै पुतला दहनसमेत गरेका छन् । २ दिनअघि बांगलादेशमा निर्ममतापूर्वक हिन्दू समुदयाका दिपु चन्द्र दासलाई केही मुस्लिम समुदायका व्यक्तिहरुले कुटपीट गरी जिउँदै जलाएको घटनाप्रति आक्रोस जनाउँदै जनकपुरधामका हिन्दूवादीहरुले विरोध गरेका छन् । उनीहरुले हिन्दू समुदायलाई एक हुनसमेत आग्रह गर्दै नारा लगाए । उनीहरुले जेहादी आतंकवादी मुर्दावाद, जाग जाग हिन्दू जाग, हिन्दू विरोधी नेता मुर्दावादलगायतका नारा लगाएका छन् । उनीहरुले आजबाट बांगलादेशका कुनै पनि सामान प्रयोग नगर्न आग्रह गरेका छन् ।
Sutra News logo Sutra News

विश्वकप क्रिकेटका लागि नेपाली खेलाडी छनोट

सुत्र न्युज | 13 hours ago
काठमाडौं । आगामी फेब्रुअरी ७ देखि मार्च ८ तारिखसम्म भारत र श्रीलङ्कामा संयुक्त रूपमा आयोजना हुने आइसिसी टी–२० विश्वकप क्रिकेट २०२६ का लागि नेपाली क्रिकेट टोलीको प्रारम्भिक चरणमा २४ खेलाडी छनोट भएका छन् । सोमबारदेखि सुरु हुने प्रशिक्षण क्याम्पका लागि २४ जना खेलाडी छनोट गरिएको नेपाल क्रिकेट सङ्घ (क्यान) ले जनाएको छ । छनोट हुने खेलाडीमा रोहित पौडेल, कुशल भुर्तेल, सन्दीप जोरा, दीपेन्द्र सिंह ऐरी, नन्दन यादव, सन्दीप लामिछाने र आरिफ सेख छ्न ।
News of Nepal logo News of Nepal

नाबालिकाको चरित्र हत्या गर्ने युवक पक्राउ

न्युज अफ नेपाल | 15 hours ago
काठमाडौं । सामाजिक सञ्जालमार्फत नाबालिकाको चरित्र हत्या गरेको अभियोगमा एक युवक पक्राउ परेका छन्। साइबर ब्यूरोमा प्राप्त निवेदनअनुसार आरोपीले सामाजिक सञ्जालमा नाबालिकाको तस्बिर प्रयोग गरी फेक एकाउन्ट बनाएको र साथी बनेर कुराकानी सुरु गरेको खुलेको छ।
News of Nepal logo News of Nepal

जनपक्षीय विद्यार्थी युनियनद्वारा सोमबार उपत्यकाव्यापी शैक्षिक हडतालको घोषणा

न्युज अफ नेपाल | 15 hours ago
काठमाडौँ। जनपक्षीय विद्यार्थी युनियन, नेपालले भोलि सोमबार उपत्यकाव्यापी शैक्षिक हडताल गर्ने घोषणा गरेको छ। जनविरोधी शिक्षा प्रणाली, शिक्षाको व्यापारीकरण, असमानता र राज्यको गैरजिम्मेवारीका विरुद्ध हडताल आयोजना गर्न लागिएको संगठनले जनाएको छ। युनियनकी अध्यक्ष सुनिता बुढाथोकीद्वारा जारी विज्ञप्तिमा गलत शिक्षा नीतिका विरुद्ध विद्यार्थीहरू एकजुट भएर संघर्षमा उत्रनुपर्ने उल्लेख गरिएको छ।
News of Nepal logo News of Nepal

अमेरिका पठाइदिने भन्दै ठगी गर्ने युवक पक्राउ

न्युज अफ नेपाल | 15 hours ago
काठमाडौं । आकर्षक तलबको प्रलोभन देखाएर बेरोजगार युवायुवतीलाई रोजगारीका लागि अमेरिका लैजाने भन्दै ठगी गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। विदेश पठाइदिने भन्दै लामो समयसम्म पीडितहरूलाई झुक्यानमा राखी विदेश नपठाई सम्पर्क बिहीन भएको उजुरी परेपछि अनुसन्धान गरिएको थियो।

Explore by Source or Category