npl.977 Nepal News Stream

Online Tv Nepal logo Online Tv Nepal

मन्त्री र सांसदबाट मासिक ३० लाख कमाउँदै रास्वपा

अनलाइन टीभी 4 hours ago

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले मन्त्री र सांसदको लेबी तोकेको छ । सिंहदरवारमा बिहीबार बसेको रास्वपा संसदीय दलको बैठकले मन्त्री, सांसद र मन्त्रीका स्वकीयको लेबी तोकेको हो ।

रास्वपा महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार सांसदहरूका लागि १६ हजार पाँच सय र मन्त्रीहरूका लागि मासिक १८ हजार लेबी तोकिएको छ। मन्त्रीका स्वकीय सचिवहरूका लागि दुई हजार लेबी तोक्ने प्रस्ताव पारित भएको बुर्लाकोटीले बताए।

रास्वपाका १८२ सांसद छन् । जसबाट मासिक २७ लाख २२ हजार लेबी जम्मा हुनेछ । त्यस्तै, प्रधानमन्त्रीसहित १७ सदस्य मन्त्री छन् । जसबाट मासिक तीन लाख जम्मा हुनेछ । १७ मन्त्रीका स्वकीयको लेबी दुई हजारका दरले ३४ हजार हुन्छ । यसरी रास्वपाको पार्टी खातामा मासिक साढे ३० लाख जम्मा हुने देखिन्छ ।

Read more news from Online Tv Nepal

Explore by Source or Category