अनलाइन टीभी
|
7 hours ago
काठमाडौँ । सहरी विकास मन्त्रालयअन्तर्गतको अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले काठमाडौँका नदीहरूमा तैरिने फोहर संकलन गर्न ‘ट्रास बेरियर’ जडान गरेको छ ।
अनलाइन टीभी नेपाल
|
7 hours ago
काठमाडौं । हामी नेपाल एनजिओका संयोजक सुधन गुरुङ गृहमन्त्री ओमप्रकाश अर्यालविरुद्ध खनिएका छन् । अहिलेसम्म जेनजीका माग पूरा नगरेको भन्दै रुष्ट उनले आइतबार गृहमन्त्री अर्यालकै फोन नम्बर उनले सामाजिक सञ्जालमा सार्वजनिक गरिदिएका छन् । गुरुङले पीडित परिवारहरुलाई अब न्यायका लागि सोझै गृहमन्त्री र उनको सचिवालयमा सम्पर्क गर्न आग्रह गरेका छन् ।
अनलाइन टीभी नेपाल
|
8 hours ago
काठमाडौं । वर्तमान सरकार सर्वपक्षीय बनाउनुपर्ने मागसहित मिराज ढुंगाना नेतृत्वको जेनजी समूहले आन्दोलनको घोषणा गरेको छ । आइतबार पत्रकार सम्मेलन गर्दै जेनजी समूहले सडकमा रहेका सबै जेनजी अभियन्ता,घाइते तथा सहिद परिवारलाई समेटेर लैजाने योजनासहित सोमबार संयुक्त आन्दोलन गर्ने घोषणा गरेको हो। ढुंगाना नेतृत्वको समूहसँगै अन्य ३० बढी जेनजी समूह पनि आन्दोलनमा सहभागी हुनेछन्।
अनलाइन टीभी नेपाल
|
9 hours ago
काठमाडौं । भदौ २३ र २४ को जेनजी आन्दोलनको बलमा अन्तरिम सरकारकी प्रधानमन्त्री नियुक्त सुशीला कार्कीले एक सय दिन पूरा गरेकी छन् । राजनीतिमा सय दिनलाई ‘हनिमुन पिरियड’ भन्ने गरिन्छ । सय दिनअघि प्रधानमन्त्री नियुक्त हुँदा कार्कीको स्वर जस्तो थियो, अहिले त्यसमा फरकपन आएको छ । सय दिनमा कसरी स्वर बद्लियो ?
अनलाइन टीभी नेपाल
|
10 hours ago
इस्लामाबाद । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले आफू र आफ्नी धर्मपत्नी बुशरा बिबीलाई तोसाखाना–२ भ्रष्टाचार मुद्दामा १७ वर्षको जेल सजाय सुनाइएपछि देशव्यापी प्रदर्शनको तयारी गर्न आह्वान गरेका छन् । उनले फैसलाविरुद्ध इस्लामाबाद उच्च अदालतमा चुनौती दिने बताएका छन् ।
अनलाइन टीभी नेपाल
|
10 hours ago
काठमाडौं । पछिल्लो समय धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ कार्यालयको कामभन्दा बढी पार्टी गतिविधिमा सक्रिय भएका छन् । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क संगठन विस्तारका लागि देश दौडाहामा लागेका छन् । आफैं अध्यक्ष भएर पार्टी खोलेका हर्क पछिल्ला चार दिनमै पार्टीका दुई उपाध्यक्षमाथि गरिएको कारबाहीले चर्चामा आएका छन् ।
अनलाइन टीभी नेपाल
|
10 hours ago
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने कारागारबाट बाहिर निस्केपछि रास्वपा पूर्वनेतृ सुमना श्रेष्ठलाई निकै तनाव परेको छ । केही समयअघि उनले रास्वपा छाडेकी थिइन् । सुमनाले त्यसअघि नै रास्वपाको सांसदबाट राजीनामासमेत दिइसकेकी छन् । पछिल्लो समय प्रतिनिधिसभा पुनःस्थापना हुने व्यापक चर्चा छ । सर्वोच्च अदालतमा प्रतिनिधिसभा पुनःस्थापनाको मुद्दामा सुनुवाइ जारी छ ।
अनलाइन टीभी नेपाल
|
10 hours ago
काठमाडौं । उच्च अदालत तुलसीपुर बुटवलको आदेशले धरौटीमा रिहा भएका रास्वपा सभापति रवि लामिछाने आइतबार पार्टी कार्यालय जाने भएका छन् । आइतबार दिउँसो ३ बजे रास्वपाले रविलाई पार्टी केन्द्रीय कार्यालय, वनस्थलीस्थित घण्टीघरमा स्वागत गर्ने कार्यक्रम छ।
अनलाइन टीभी नेपाल
|
11 hours ago
आशमा ढकालपुस ६, काठमाडौं । धरानका मेयर हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले आफ्ना दुई उपाध्यक्षलाई कारबाही गरेको छ।अध्यक्ष साम्पाङले प्रहरीको हिरासतमा रहेका उपाध्यक्ष राजकुमार तामाङ (देवराज लामा) लाई निलम्बन गरेको ३ दिनपछि शनिबार अर्का उपाध्यक्ष डा मित्र परियारलाई पनि कारबाही गरेका हुन्।
Online Tv Nepal
|
14 hours ago
काठमाडौँ । डिज्नी र मार्भल स्टुडियोजले गोप्य राख्न खोजेका दुई बहुप्रतीक्षित फिल्म ‘एभेन्जर्स: डुम्सडे’ र ‘स्पाइडर-म्यान: ब्रान्ड न्यु डे’ का टिजर ट्रेलरहरू अनलाइनमा लिक भएका छन् । एक निजी स्क्रिनिङ साइटबाट बाहिरिएका यी ट्रेलरहरूले सामाजिक सञ्जालमा व्यापक चर्चा र बहस सिर्जना गरेका छन् ।
Online Tv Nepal
|
15 hours ago
काठमाडौँ । धार्मिक र सामाजिक दायित्वको भावनालाई आत्मसात् गर्दै बढ्दो उमेर, स्वास्थ्य र विदेशिएका सन्ततिप्रतिको चिन्तालाई विषयवस्तु बनाएर तयार पारिएको गीत ‘गयो गयो उमेर, बाँचौं रमेर’ सार्वजनिक गरिएको छ । अभिनेत्री मिथिला शर्मासहितका कलाकारहरूद्वारा अभिनित उक्त गीतको भिडिओमा गीतले दिएको सकारात्मक संदेशको प्रशंसा गरिएको छ ।
Online Tv Nepal
|
15 hours ago
काठमाडौँ । नेपाली फिल्म ‘परान’ले प्रदर्शनमा महत्त्वपूर्ण उपलब्धि हासिल गरेको छ । फिल्मले शनिबार प्रदर्शनको ५१ दिन पूरा गरेको हो । हाल पनि देशभरका आधा दर्जनभन्दा बढी हलमा फिल्म प्रदर्शनरत छ । यस वर्ष ५१ दिन मनाउने यो तेस्रो फिल्म बनेको छ ।
अनलाइन टीभी
|
2 days ago
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टीकोे संघीय नेतृत्व मञ्चमा १७ जना सदस्य मनोनीत गरेको छ । शुक्रबार बिहान बसेको पार्टी सचिवालयको आकस्मिक बैठकले मञ्चमा सदस्य मनोनयन गरेको प्रवक्ता मनिष झाले जानकारी दिए ।
अनलाइन टीभी
|
2 days ago
काठमाडौं । मौसम खराबीका कारण रास्वपा सभापति रवि लामिछाने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सिधै भैरहवा जान सकेनन् । उनी काठमाडौंबाट भरतपुर हवाई मार्ग र त्यहाँबाट स्थलमार्ग हुँदै रुपन्देही जाने भएका छन् । लामिछाने भैरहवा जान शुक्रबार बिहानै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए । दिउँसो १ बजेसम्म पनि भैरहवाको मौसम खराब हुँदा लामिछाने काठमाडौंमै रोकिएका थिए ।
अनलाइन टीभी
|
2 days ago
काठमाडौं । एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक शुक्रबार बस्दै छ। काठमाडौंको बबरमहलस्थित कार्की ब्यांक्वेटमा शुक्रबार दिउँसो १ बजे बस्ने गरी बैठक बोलाइए पनि २ बजेमात्रै बस्ने भएको छ । एमाले सचिव महेश बस्नेतले बैठक सरेको जानकारी दिएका हुन् ।
अनलाइन टीभी
|
2 days ago
काठमाडौँ। अमेरिकाले ग्रिन कार्ड लट्री (डीभी लट्री) नखोल्ने भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डीभी लट्री रोक्का गर्न निर्देशन दिएसँगै अब सिटिजनसिप एन्ड इमिग्रेसन सर्भिसले यो कार्यक्रम नखोल्ने भएको छ । अमेरिकाको ब्राउन युनिभर्सिटी तथा एमआईटीमा भएको गोली प्रहारको घटनापछि राष्ट्रपति ट्रम्पले यस्तो निर्णय गरेका हुन्।
अनलाइन टीभी
|
2 days ago
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईसहित १० जना उच्चपदस्थलाई ज्यान मार्ने धम्की दिने समूहका नाइके समातिएका छन् । विदेशबाट भाका राखी पटक पटक ज्यान मार्न धम्की दिने ‘एक्स्ट्रिमिस्ट ग्रुप अफ नेपाल’ नामक समूहका नाइके भनिएका प्रकाश पाठक पक्राउ परेका हुन् ।
अनलाइन टीभी
|
2 days ago
काठमाडौं । साम, दाम, दण्ड, भेदको नीति अख्तियार गरी एमाले अध्यक्षमा तेस्रो कार्यकाल पनि चुनिएका केपी ओलीले पहिलो दिन नै आफू नसुध्रिने छाँट देखाएका छन् । अध्यक्षको शपथ लिएकै दिन उनले आफू विरोधी खेमाका नेतालाई निषेधको डण्डा चलाएका छन् ।
अनलाइन टीभी
|
2 days ago
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहाइ प्रक्रियाका लागि शुक्रबार रुपन्देहीको भैरहवा जाने भएका छन् । शुक्रबार बिहान उनलाई नक्खु कारागार प्रशासनले भैरहवा लैजाने तयारी गरेको छ । रविलाई लिन बिहानै पत्नी निकिता पौडेल, रास्वपा नेता हरि ढकाललगायत नक्खु कारागार पुगेका थिए ।
अनलाइन टीभी
|
3 days ago
काठमाडौँ । बुटवलको सुप्रिम सहकारी ठगीमा हाल कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालत तुलसीपुर बुटवल इजालसले आदेश दिएको छ । तुलसीपुर उच्च अदालत, बुटवलको १ नम्बर इजलासमा मुख्य न्यायाधीश वासुदेव आचार्य र न्यायाधीश तेजनारायण पौडेलको इजलासले बिहीबार यस्तो आदेश दिएको हो ।