अनलाइन टीभी
|
1 hour ago
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले मन्त्री र सांसदको लेबी तोकेको छ । सिंहदरवारमा बिहीबार बसेको रास्वपा संसदीय दलको बैठकले मन्त्री, सांसद र मन्त्रीका स्वकीयको लेबी तोकेको हो । रास्वपा महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार सांसदहरूका लागि १६ हजार पाँच सय र मन्त्रीहरूका लागि मासिक १८ हजार लेबी तोकिएको छ।
अनलाइन टीभी
|
1 hour ago
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले संसदीय दलमा जिम्मेवारी बाँडफाँड गरेको छ । बिहीबार दलका नेता प्रधानमन्त्री वालेन्द्र शाह बालेनको सभापतित्वमा बसेको दलको बैठकले उपनेता, मुख्य सचेतक र दुई सचेतकको मनोनयन गरेको हो । रास्वपा दलको उपनेतामा गणेश पराजुलीलाई नियुक्त गरेको छ ।
अनलाइन टीभी नेपाल
|
3 hours ago
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मनिष झाले संसदीय समितिको सभापति पदमा उम्मेदवार बन्न अस्वीकार गरेका छन् । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बिहीबार बसेको बैठकमा पार्टी सभापति रवि लामिछाने र संसदीय दलका नेता वालेन्द्र शाह बालेनले उद्योग, वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिका लागि झाको नाम प्रस्ताव गरेका थिए ।
अनलाइन टीभी नेपाल
|
4 hours ago
काठमाडौं । रास्वपाले एकजना मुख्य सचेतक र दुईजना सचेतक चयन गरेको छ । बिहीबार बसेको पार्टीको संसदीय दलको बैठकले मुख्य सचेतकमा महामन्त्री कबिन्द्र बुर्लाकोटीलाई चयन गर्ने निर्णय गरेको छ । सचेतकमा प्रकाशचन्द्र परियार र क्रान्तिशिखा धिताललाई चयन गर्ने निर्णय गरेको हो । दुवैजना समानुपातिक निर्वाचन प्रणालीबाट चुनिएका सांसद हुन् ।
अनलाइन टीभी नेपाल
|
5 hours ago
काठमाडौं । काठमाडौं महानगरपापलिकाकी कार्यवाहक मेयर सुनिता डंगोलको आँखा पनि राजधानीका सुकुम्बासी बस्तीतिर परेको छ । मेयरमा निर्वाचित भएलगत्तै वालेन्द्र शाह बालेनले काठमाडौंका विभिन्न ठाउँमा बसोबास गर्दै आएका सुकुम्बासी बस्ती हटाएर उनीहरूको व्यवस्थापन गर्न लागेका थिए । तर उनी सफल हुन सकेनन् । बालेन अहिले प्रधानमन्त्री बनेका छन् ।
अनलाइन टीभी नेपाल
|
5 hours ago
काठमाडौं । बैंक तथा वित्तीय संस्था र लघुवित्तबाट लिएका ऋण नतिर्ने अभियान चलाएका दुर्गा प्रसाईकै पक्षमा अदालत उभिएको छ । अदालतले ६५ करोड रुपैयाँ ऋण उपलब्ध गराउन आदेश दिएपछि प्रसाईं दंग परेका छन् ।
अनलाइन टीभी नेपाल
|
6 hours ago
काठमाडौँ । नेपाली कांग्रेसको आधिकारिकताको विषयमा सर्वोच्च अदालतमा परेको रिट निवेदनको सुनुवाइका लागि बिहीबार पेसी तोकिएको छ । गगन थापा पक्षलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध निवर्तमान सभापति शेरबहादुर देउवा समूहले सर्वोच्चमा दायर गरेको मुद्दा सुनुवाइका लागि आज पेसी तोकिएको छ ।
अनलाइन टीभी नेपाल
|
7 hours ago
काठमाडौं । वालेन्द्र शाह बालेन नेतृत्वको सरकारले महत्वपूर्ण र दीर्घकालीन निर्णय गर्ने मामिलामा विगतका सरकारलाई धेरै पछाडि छाडेको छ । आमजनताले विगतदेखि भन्दै आएका र सडकमा लगाएका नारालाई सरकारले पक्डेको छ । र, सोहीअनुसार फटाफट निर्णय गर्न थालेको छ ।
अनलाइन टीभी नेपाल
|
7 hours ago
कार्यवाहक प्रमुख डंगोल र महानिरीक्षक कार्कीबीच भेट, सहरी सुरक्षामा सहकार्य बलियो बनाइने काठमाडौँ l काठमाडौँ महानगरपालिका र नेपाल प्रहरीबीच सडक तथा सहरी सुरक्षालाई थप प्रभावकारी बनाउने सहमति भएको छ। काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोल र प्रहरी महानिरीक्षक दानबहादुर कार्की बीच भएको भेटमा सहकार्यलाई सुदृढ गर्ने विषयमा छलफल गरिएको हो।
अनलाइन टीभी नेपाल
|
7 hours ago
काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । निगमले बिहीबार बिहानदेखि लागू हुने गरी डिजल, मट्टीतेल र हवाई इन्धनमा आन्तरिकतर्फ मूल्यवृद्धि गरिएको जनाएको छ । नयाँ मूल्यसूचीअनुसार डिजल/मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ र हवाई इन्धनमा प्रतिलिटर पाँच रुपैयाँ वृद्धि गरिएको छ ।
अनलाइन टीभी नेपाल
|
8 hours ago
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह बालेनले विश्व राजनीतिमा आफूलाई अग्रपंक्तिमा उभ्याएका छन् । काठमाडौंको मेयर जितेदेखि नै विश्वका मिडियामा चर्चामा रहेका बालेन प्रधानमन्त्री बनेपछि उनको लोकप्रियताको ग्राफ ह्वात्तै बढेको छ । धेरै नबोली आफ्नो प्रभाव छाड्न सफल बालेन प्रतिष्ठित अमेरिकी म्यागजिन टाइमले बर्सेनि निकाल्ने विश्वका सय प्रभावशाली व्यक्तिको सूचीमा परेका छन् ।
अनलाइन टीभी नेपाल
|
8 hours ago
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले पदभार सम्हालेपछि पहिलोपटक बिहीबार सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गर्ने भएका छन् । प्रधानमन्त्रीको मिडिया संयोजक दीपा दाहालका अनुसार दिउँसो २ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बस्ने बैठकलाई केन्द्र–प्रदेश समन्वयलाई थप प्रभावकारी बनाउने विश्वास गरिएको छ।
अनलाइन टीभी नेपाल
|
1 day ago
अनलाइन टीभी नेपाल
|
1 day ago
काठमाडौँ । थापाथली चोकमा ट्राफिक नियम उल्लंघन गरेपछि सभामुख डिपी अर्याललाई ट्राफिक प्रहरीले बुधबार कारवाही गरेको छ। ‘लेन’ मिचेको भन्दै सभामुखको गाडीसँगै अघिपछि गरी गएका तीनवटा गाडीलाई चिट काटिएको हो । थापाथली क्षेत्रको सडकमा लेन मिच्दै अघि बढेको उक्त गाडी सिंहदरबार पुगेपछि ट्राफिक प्रहरीले कारबाही गरेको हो।
अनलाइन टीभी नेपाल
|
1 day ago
काठमाडौँ । सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले मन्त्रालयको काममा नयाँ नीति अघि सारेका छन् । सञ्चार मन्त्रालयले सेवा प्रवाहलाई प्रभावकारी बनाउने उद्देश्यले नयाँ आचारसंहिता लागू गरेको छ ।
अनलाइन टीभी नेपाल
|
1 day ago
काठमाडौं । भारतीय जनता पार्टीका नेता सम्राट चौधरीले बुधबार बिहारको मुख्यमन्त्रीका रूपमा शपथ लिएका छन् । यससँगै बिहारमा लामो समयदेखि राज्य राजनीतिमा प्रभाव जमाउँदै आएका नितिश कुमारको युग समाप्त भएको संकेत गरिएको छ ।
अनलाइन टीभी नेपाल
|
1 day ago
काठमाडौं । सत्ताको नेतृत्व गरिरहेको रास्वपाले संसदीय दलको बैठक बोलाएको छ । दलको बैठक बिहीबार रास्वपा संसदीय दलको कार्यालय सिंहदरबारमा दिउँसो सवा १२ बजे बस्ने भएको छ । रास्वपा महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार प्रतिनिधिसभाका संसदीय समितिका सभापतिहरूको निर्वाचनका सम्बन्धमा छलफल गर्न बैठक बोलाइएको हो । प्रतिनिधिसभामा १२ संसदीय समितिका सभापतिहरूको निर्वाचन हुँदैछ ।
अनलाइन टीभी
|
1 day ago
काठमाडौँ । वर्तमान रास्वपा सरकारले नेपाललाई बफर स्टेट उल्लेख गरेकामा आपत्ति जनाएको छ । विगतमा दलका नेताहरूले अनौपचारिक रूपमा यस्तो शब्द उल्लेख गर्ने गरे पनि लिखत केही थिएन । तर वालेन्द्र शाह बालेन नेतृत्वको सरकारले नेपाललाई बफर स्टेट भनेर उल्लेख गरेको छ ।
अनलाइन टीभी
|
1 day ago
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समिति बैठक बुधबार बिहान ११ बजे बस्दैछ । आजै केन्द्रीय कार्यसम्पादन समितिको बैठक पनि बोलाइएको छ । बैठकमा पदाधिकारी र वरिष्ठ केन्द्रीय सदस्य सहभागी हुने छन्। बैठकका मुख्य एजेन्डामा पार्टीको क्रियाशील सदस्यता अद्यावधिक र संसदीय दलको नेता चयन छन्।
अनलाइन टीभी नेपाल
|
2 days ago
काठमाडौं । वास्तु तथा ज्योतिषविद्हरूले नव वर्ष २०८३ शुभ फल बढी प्राप्त हुने वर्षका रूपमा रहेको बताएका छन् । धार्मिक, सांस्कृतिक पत्रकार समाज, नेपाल (रेक्जोन) ले नववर्ष २०८३ का अवसरमा आयोजना गरेको ‘ज्योतिष शास्त्रीय शास्त्रीय दृष्टिमा विसं २०८३ कस्तो रहला ?