npl.977 Nepal News Stream

Online Tv Nepal logo Online Tv Nepal

नेपालमा पेट्रोलभन्दा डिजल र मट्टीतेल महँगो, सर्वसाधारण मारमा

अनलाइन टीभी नेपाल 14 hours ago

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । निगमले बिहीबार बिहानदेखि लागू हुने गरी डिजल, मट्टीतेल र हवाई इन्धनमा आन्तरिकतर्फ मूल्यवृद्धि गरिएको जनाएको छ । नयाँ मूल्यसूचीअनुसार डिजल/मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ र हवाई इन्धनमा प्रतिलिटर पाँच रुपैयाँ वृद्धि गरिएको छ ।

परिवर्तित मूल्यअनुसार, डिजल/मट्टीतेलको प्रतिलिटर २३७ रुपैयाँ र हवाई इन्धनको मूल्य प्रतिलिटर २५६ रुपैयाँ पुगेको छ । नेपालमा धेरैपछि पेट्रोलभन्दा डिजलर मट्टीतेल महँगो भएको छ । पेट्रोलको मूल्य बढाइएको छैन । अन्तर्राृष्ट्रिय बजारमा मूल्यवृद्धि भएको र इन्डियन आयल कर्पोरेसनले पठाएको नयाँ मूल्यसूचीअनुसार हिसाब गर्दा अझै अत्यधिक घाटा रहेको निगमको दाबी छ ।

लागत मूल्य बढी र बिक्री मूल्य कम भएकाले मूल्य समायोजन गर्दासमेत पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ ३२ पैसा, डिजलमा प्रतिलिटर ८७ रुपैयाँ ९९ पैसा, मट्टीतेलमा ३६ रुपैयाँ ७० पैसा र खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर ३३१ रुपैयाँ २५ पैसा घाटा कायम रहेको निगमले जनाएको छ ।

पाक्षिक रूपमा करिब सात अर्ब ८१ करोड ६१ लाख बराबरको घाटा रहेको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख गरेको छ । पश्चिम एसियामा देखिएको युद्धको असर नेपालीको भान्सासम्म पुगेको छ । नेपालमा हरेक वस्तुको मूल्य अकाशिएको छ । केही दिनअघि मात्रै २५ प्रतिशतसम्म यातायातको भाडा वृद्धि गरिएको थियो । आजदेखि बढेको डिजलको भाउले फेरि पनि यातायातको भाडा बढ्ने देखिएको छ ।

Read more news from Online Tv Nepal

Explore by Source or Category