npl.977 Nepal News Stream

Online Tv Nepal logo Online Tv Nepal

कांग्रेस अनुशासन समितिले पूर्णबहादुरलाई सोध्यो स्पष्टीकरण

अनलाइन टीभी नेपाल 1 day ago

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिले नेता पूर्णबहादुर खड्कालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ। बुधबार पार्टी कार्यालय सानेपामा बसेको अनुशासन समिति बैठकले खड्कालाई सात दिने स्पष्टीकरण सोध्ने निर्णय गरेको समितिका संयोजक तारामान गुरूङले जानकारी दिए।

आफूले नपाएको पद र लेटरप्याडको दुरुपयोग गरेको ठहर गर्दै सात दिनभित्र स्पष्टीकरण पेस गर्न भनिएको छ । बैठकले प्रतिनिधिसभा सदस्य निर्वाचनका सन्दर्भमा नेता कार्यकर्ताले अनुशासन उल्लंघन गरेको भए उजुरी दिन चैत मसान्तसम्म म्याद तोकिएकामा त्यसलाई बढाएर वैशाख मसान्तसम्म पुर्याइएको छ । त्यसपछि आएका उजुरीबारे कुनै कारबाही प्रक्रिया अघि नबढाइने गुरुङले बताए ।

Read more news from Online Tv Nepal

Explore by Source or Category