npl.977 Nepal News Stream

Online Tv Nepal logo Online Tv Nepal

सभामुख अर्यालको गाडी ट्राफिक कारबाहीमा

अनलाइन टीभी नेपाल 1 day ago

काठमाडौँ । थापाथली चोकमा ट्राफिक नियम उल्लंघन गरेपछि सभामुख डिपी अर्याललाई ट्राफिक प्रहरीले बुधबार कारवाही गरेको छ। ‘लेन’ मिचेको भन्दै सभामुखको गाडीसँगै अघिपछि गरी गएका तीनवटा गाडीलाई चिट काटिएको हो । थापाथली क्षेत्रको सडकमा लेन मिच्दै अघि बढेको उक्त गाडी सिंहदरबार पुगेपछि ट्राफिक प्रहरीले कारबाही गरेको हो।

यद्यपि सभामुख अर्याल सवार भए÷नभएकोबारेमा भने प्रहरीले खुलाएको छैन । विगतमा भीआइपीको सवारीसाधन सडकमा लाइनमा नबसी अर्कै लेनबाट गुडाउने गरिन्थ्यो ।

सुशीला कार्की नेतृत्वको सरकारका पालामा एकजना मन्त्रीले पनि लेन मिचेको सुनिएन । नयाँ सरकार बनेसँगै ट्राफिक प्रहरी कडा रूपमा प्रस्तुत हुन थालेको छ । सोही कारण अहिले लेन अनुशासन मिच्ने सर्वसाधारण र भीआइपी सबैलाई कानुनअनुसार बराबर कारबाही गर्न थालिएको छ ।

Read more news from Online Tv Nepal

Explore by Source or Category