रास्वपा दलको उपनेता पराजुली, मुख्य सचेतक बुर्लाकोटी
अनलाइन टीभी
|
7 hours ago
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले संसदीय दलमा जिम्मेवारी बाँडफाँड गरेको छ । बिहीबार दलका नेता प्रधानमन्त्री वालेन्द्र शाह बालेनको सभापतित्वमा बसेको दलको बैठकले उपनेता, मुख्य सचेतक र दुई सचेतकको मनोनयन गरेको हो ।
रास्वपा दलको उपनेतामा गणेश पराजुलीलाई नियुक्त गरेको छ । रास्वपाले महामन्त्री कविन्द्र बुर्लाकोटीलाई मुख्य सचेतक, प्रकाशचन्द्र परियार र क्रान्तिशिखा धिताललाई सचेतकमा नियुक्त गरेको छ ।
रास्वपाले संसदीय दलको कामकारबाहीलाई व्यवस्थित र सक्रिय बनाउने उद्देश्यले यी नियुक्ति गरिएको जनाएको छ । प्रतिनिधिसभाको बैठकमा रास्वपाका तर्फबाट अब यिनै चार पदाधिकारीले जिम्मेवारी सम्हाल्नेछन् ।