लेखा समितिको सभापतिका लागि कांग्रेस सांसद खड्काले गरे मनोनयन दर्ता
देश सञ्चार
|
23 hours ago
काठमाडौँ – प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिको सभापति पदका लागि नेपाली कांग्रेसका सांसद भरतबहादुर खड्काले मनोनयन दर्ता गराएका छन्।
कांग्रेस संसदीय दलको बैठकले लेखा समितिको सभापतिमा उम्मेदवारी दिने निर्णय गरेपछि खड्काले मनोनयन दर्ता गराएका हुन्।
प्रतिनिधिसभामा झन्डै दुई तिहाइ बहुमत रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सार्वजनिक लेखा समितिको सभापति पद प्रमुख प्रतिपक्षी दललाई दिने र बाँकी सबै समितिका सभापतिमा आफ्ना सांसदलाई पठाउने निर्णय गरेको छ।
विपक्षी दलहरूबीच पनि लेखा समितिको सभापतिमा कांग्रेसका उम्मेदवारलाई समर्थन गर्ने सहमति भएको छ।
तस्बिरः नेपाल फोटो लाइब्रेरी।