npl.977 Nepal News Stream

देशसञ्चार logo देशसञ्चार

नयाँ पात्रहरूको आगमनले लोकतन्त्र र सार्वभौमिकतामाथि नै प्रश्न उठेको छः विद्या भण्डारी

देश सञ्चार 7 hours ago

काठमाडौँ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले एकताबद्ध भएर अघि बढ्न एमालेका नेता–कार्यकर्तालाई आग्रह गरेकी छन्।

बिहीबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले मुलुकको राष्ट्रिय एकता, सार्वभौमिता, स्वतन्त्र र लोकतन्त्रमाथि नै प्रश्न उठ्ने अवस्था आएकाले त्यसलाई जोगाउनका लागि पनि सिंगो एमाले पंक्ति एकताबद्ध भएर अघि बढ्नुपर्ने अवस्था आएको बताएकी हुन्।

पूर्वराष्ट्रपति भण्डारीले अनुभव नभएका नयाँ पार्टीहरुको उदयले मुलुकमाथि थुप्रै प्रश्नहरु खडा भएकाले पनि त्यसलाई जोगाउनका लागि एमाले नेता, कार्यकर्ताहरुले सक्रियतापूर्वक देश र जनताको पक्षमा गम्भीरतापूर्वक काम गर्नुपर्ने बेला आएको उल्लेख गरिन्।

मुलुकमा प्राप्त मौलिक हक, स्वतन्त्रता, लोकतन्त्र नै के हुने हो भन्ने प्रश्न उठन थालेकाले त्यो संकटबाट देशलाई जोगाउन एमाले पंक्ति सक्रियतापूर्वक अघि बढ्नुपर्ने बेला आएको पूर्वराष्ट्रपति भण्डारीको भनाइ थियो।

‘अनुभव नभएका नयाँ पात्रहरुको आगमनले गर्दाखेरी एउटा ठूलो प्रश्न चिन्ह अब के हुने हो? हाम्रो राष्ट्रिय परिस्थिति के हुने हो? भन्ने धेरै कुराहरु हाम्रो राष्ट्रिय एकताका कुराहरुमा, हाम्रो स्वाभिमानको कुराहरुमा, हाम्रो सार्वभौमिकताको कुरामा, हाम्रो भोलिका जनजीविकाका कुरामा, अरु पनि प्रश्नहरु यहाँ उठिराखेका छ,’ उनले भनिन्, ‘हामीले प्राप्त गरिराखेको मौलिक हक र स्वतन्त्रताका कुराहरु, लोकतन्त्रको कुरामा के हुने भन्ने एउटा प्रश्न चाहीँ उठिराखेको छ। यस्तो बेलामा यहाँहरुको सक्रियता देशले पनि मागेको छ।’

पूर्वराष्ट्रपति भण्डारीले विशेष परिस्थितिमा सम्पन्न भएको निर्वाचनले पुराना राजनीतिक दलहरुलाई सोचनीय भएर सावधानीपूर्वक आफ्ना गतिविधि अघि बढाउनुपर्ने अवस्थामा पुर्‍याएकोसमेत बताइन्।

Read more news from देशसञ्चार

Explore by Source or Category