प्रधानमन्त्री र सातै प्रदेशका मुख्यमन्त्रीहरूबीच सिंहदरबारमा छलफल
देश सञ्चार
|
12 hours ago
प्रधानमन्त्री बालेन्द्र शाहले सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल सिंहदरबारस्थित कार्यालयमा छलफल गरेका छन्।
मुख्यमन्त्रीहरूसँगको छलफलमा विकास निर्माणलाई तीव्रता दिने, स्रोत–साधनको समुचित बाँडफाँड सुनिश्चित गर्ने तथा संघ–प्रदेश सहकार्य सुदृढ बनाउने विषयमा चर्चा भएको थियो।
छलफलले संघीयता कार्यान्वयनलाई अझ प्रभावकारी बनाउने दिशामा महत्वपूर्ण सन्देश दिएको प्रधानमन्त्री कार्यालयले बताएको छ।
