npl.977 Nepal News Stream

देशसञ्चार logo देशसञ्चार

रास्वपाले तोक्यो सांसदलाई साढे १६ हजार र मन्त्रीलाई १८ हजार लेबी

देश सञ्चार 6 hours ago

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठकले पार्टीका प्रमुख सचेतक र सचेतकहरूको जिम्मेवारी बाँडफाँट गरेको छ।

पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार संसदीय दलको बैठकले बुर्लाकोटीलाई प्रमुख सचेतकको रूपमा चयन गर्ने प्रस्ताव गरेको छ।

त्यस्तै, सचेतकमा दुई जना सांसदहरू प्रकाशचन्द्र परियार र क्रान्ति शिखा धिताललाई चयन गरिएको छ।

बैठकले पार्टीका सांसद र मन्त्रीहरूले बुझाउनुपर्ने मासिक लेबीको दर पनि तय गरेको छ। निर्णयअनुसार रास्वपाका सांसदहरूले मासिक १६ हजार ५ सय रूपैयाँ र मन्त्रीहरूले १८ हजार रूपैयाँ लेबी बुझाउनुपर्नेछ।

यसैगरी, मन्त्रीका स्वकीय सचिवहरूका लागि २ हजार रूपैयाँ लेबी तोकिएको छ। भविष्यमा सांसदका स्वकीय सचिवहरू नियुक्त भएमा उनीहरूले पनि सोही बराबरको लेबी बुझाउनुपर्ने निर्णय बैठकले गरेको महामन्त्री बुर्लाकोटीले जानकारी दिए।

Read more news from देशसञ्चार

Explore by Source or Category