npl.977 Nepal News Stream

राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक) logo राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)

रास्वपा संसदीय दलको उपनेतामा पराजुली चयन

राजधानी समाचारदाता 14 hours ago

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको उपनेतामा गणेश पराजुली चयन भएका छन्।

बिहीबार बसेको संसदीय दलको बैठकले पराजुलीलाई उपनेता चयन गरेको रास्वपा सभापति रवि लामिछानेले बताए । संघीय संसद् परिसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै सपभाति लामिछानेले प्राविधिक कारणले उपनेता चयनको निर्णय सार्वजनिक गर्न छुटेको बताए ।

यसअघि नै रास्वपा संसदीय दलको नेता बालेन्द्र शाह चयन भएका थिए । संसदीय दलको नेता चयन भएसँगै उनी प्रधानमन्त्री नियुक्त भएका थिए ।

यस्तै, रास्वपा संस्दीय दलको मुख्य सचेतकमा महामन्त्री कविन्द्र बुर्लाकोटी चयन भएका छन् । रास्वपा संसदीय दलले सचेतकमा प्रकाशचन्द्र परियार र क्रान्तिशिखा धिताललाई चयन गरेको छ ।

The post रास्वपा संसदीय दलको उपनेतामा पराजुली चयन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

Read more news from राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)

Explore by Source or Category